डिपोटमा सेपाक ताक्रो र बास्केटवल जारी



.......................................................................................
महिला बास्टेवलको सेमीफाइनलमा समीकरण पुरा
सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटवलको सेमीफाइनलको लागि समीकरण पुरा भएको छ ।बास्केटवलमा समुह ‘ए’बाट मध्यमाञ्चल क्षेत्र विजेता बन्दै सेमीफाइनल पुगेको छ भने नेपाली सेना पनि उपविजेता हुदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । यस्तै, समुह ‘बी’बाट मध्यपश्चिमाञ्चल विजेता बन्दै सेमीफाइनल पुग्दा पुर्वाञ्चल भने रनरअप हुदै सेमीफाइनल यात्रा तय ग¥यो । पश्चिमाञ्चल क्षेत्र भने अंकविहिन हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।सेमीफाइनलमा समुह ए को विजेता मध्यमाञ्चलले समुह बीको उपविजेता पुर्वाञ्चलसँग खेल्नेछ भने समुह बी को विजेता मध्यमाञ्चलले समुह ए को उपविजेता नेपाली सेनाको टिमसँग खेल्नेछ । आइतबार डिपोट उच्चमाविको कोर्टमा भएको खेलमा मध्यपश्चिमाञ्चलले र पुर्वाञ्चललाई २७–७ स्कोरले हराएको थियो । मध्यमाञ्चलले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमशः१०,२,१२ र ३ स्कोर जोड्दा पुर्वाञ्चलले भने ०,३,२ र २ स्कोर मात्र जोड्न सक्यो ।
यसैगरि, पुरुष बास्केवटलमा समुह ‘बि’ को विजेता बन्दै नेपाल आर्मीको टिम सेमीफाइनल पुगेको छ भने उपविजेता हुदै मध्यपश्चिमाञ्चल क्षेत्रले पनि सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । आइतबार भएको खेलमा नेपाल आर्मीले मध्यपश्चिमाञ्चललाई १४०–३५ को फराकिलो स्कोरले हरायो । आर्मीले प्रत्येक क्वाटरमा ३३,४८,२२ र ३७ स्कोर ग¥यो भने मध्यपश्चिमाञ्चलले क्रमशः ०, ८,१६ र ११ स्कोर गरेको थियो । समुह बीबाट पश्चिमाञ्चल अंकविहिन हुदै प्रतियोगिताबाट बाहिरीएको छ ।
समुह ‘ए’ मा पनि मध्यमाञ्चल र पुर्वाञ्चल क्षेत्र सेमीफाइलन पुगे पनि समुहको विजेता र उपविजेता घोषणा हुन भने बाँकी नै छ । समुह एको विजेता र उपविजेता चयनको लागि सोमबार बिहान लिग चरणको एक खेल मध्यमाञ्चल र पुर्वाञ्चलबीच हुनेछ । यो समुहबाट सुदुरपश्चिमाञ्चल क्षेत्र अंकविहिन हुदै प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार भएको खेलमा पुर्वाञ्चलले र सुदुरपश्चिमाञ्चललाई ९५–३५ स्कोरले हराएको थियो । पुर्वाञ्चलले प्रत्येक क्वार्टरमा क्रमश ः२८,१७,२९ र २१ स्कोर गर्दा सुदुरपश्चिमाञ्चलले क्रमश ः११,३,११ र १० स्कोर ग¥यो ।

Comments
Post a Comment