धरानमा चासोक तङ्नाम उत्सव
धरान । पुर्वी नेपालका प्रकृति पुजक लिम्बू जातिको भाषा, संस्कृति जगेर्ना गर्ने उद्देश्यले उधौलीको अवसरमा धरानमा ६ दिने चासोक तङ्नाम साँस्कृतिक पर्यटन उत्सव शुरु भएको छ । किरात याक्थुङ चुम्लुङ धरान नगर समितिको आयोजनामा शनिबारदेखि धरान १५ स्थित चुम्लुङ हिम परिसरमा चासोक तङ्नाम उत्सव शुरु भएको हो ।चुम्लुङले शनिबार उत्सवबारे पत्रकार सम्मेलन गर्नुका साथै चासोकबारे अन्र्तक्रिया गर्दै उत्सवको शुरुवात भएको जनाएको छ । उधौली अर्थात चासोक तङ्नामलाई लिम्बु जातिले आफ्नो प्रमुख चाडकोरुपमा मनाउदै आएको छ । परम्परादेखि नै आआप्m्नो घरमा मनाउदै आएको चासोक पछिल्लो समय भने सामुहिकरुपमा मनाउन थालेपछि सामाजिक महत्व बढेको चुम्लुङ अध्यक्ष सुवास हुक्पा चोङवाङले बताए ।
उनका अनुसार चासोक तङनामको अवसरमा भेटघाट हुने, शुभकामना आदनप्रदान गरिने, माङलाई पाकेको अन्नवाली चढाउने, अग्रजहरुबाट आर्शिवाद लिने र मनोरञ्जन गर्ने गरिन्छ । पोहोर सालदेखि बच्चाहरुलाई टिका लगाइदिएर दशैंको विकल्पमा चासोकलाई मौलिक चाडकोरुपमा मनाउने चलन पनि शुरु गरेको उनले बताए । ‘दशैं आदिबासी जनजातिहरुको मौलिक चाड होइन भने त्यसको विकल्पमा आप्mनै मौलिक चाडपर्व मनाउनुपर्छ भनेर पोहोरदेखि टिका पनि शुरु गरेका छौं’–उनले भने ।
उत्सवअवधिभर परम्परागतरुपमा चासोक पुजा, हाक्पारे, पालाम, ख्याली, साम्लोको प्रस्तुती रहनेछ भने एक राते मुन्धुम अनुसार तङसिङ, लिम्बु जातिको परम्परागत भेषभेषा प्रर्दशनी पनि हुनेछ । यस्तै, मुन्धुममा उल्लेख भएअनुसार छेलो, लङजम्प, गुलेली, तिर हान्ने, माछा मार्ने, तान बुन्ने जस्ता लिम्बु जातिको मौलिक सास्ँकृतिक खेलहरु पनि आयोजना हुनेछन् भने केलाङ(च्याबु्रङ नाच) प्रर्दशनी पनि हुने आयोजकले जनाएको छ ।
कृर्षिमा आधारित जीवनशैली अपनाइरहेका लिम्बु, राई, याक्खा, सुनुवारलगायत किराती जातिहरुले ऋतु परिवर्तनसँगै खेतीपाती लगाउने र बटुल्ने समयलाई ध्यान दिएर चाडपर्वहरु मनाउने गर्छन् । लिम्बुहरुले खेतीपाती गर्ने समयलाई उभौली(यक्वा पुजा) गर्छन् भने अन्नबाली पाकेपछि उधौली(चासोक तङनाम) गर्छन् । उत्सवअवधिभर मौलिक साँस्कृतिक तथा खेल प्रर्दशनीहरुसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने चुम्लुङको भनाई छ । उत्सवस्थलमा २० वटा स्टलहरु रहनेछन् ।



Comments
Post a Comment