क्रस कन्ट्री माउण्टेन बाइकमा बुद्धि र लक्ष्मी प्रथम

धरान १४ विजयपुर गढीस्थित पञ्चकन्या मन्दिर र पार्क क्षेत्रमा आयोजित प्रतियोगितामा च्याम्पियन हुदै दुवैले स्वर्ण पदक हात पारे । तामाङले निर्धारित ९ ल्यापको दुरी १ घण्टा २७ मिनेट १ सेकेण्डमा पुरा गरेका थिए भने मगरले निर्धारित ६ ल्यापको दुरी १ घण्टा १४ मिनेट २९ सेकेण्डमा पुरा गरिन् । प्रतियोगितामा एक ल्याप बराबर ३.२ किलोमिटर दुरी थियो । पुरुष खुलातर्फ १ घण्टा २७ मिनेट ४६ सेकेण्डमा दुरी पार गरेका काठमाण्डौंका नारायण गोपाल महर्जन दोस्रो हुदै रजतमा चित्त बुझाए भए भने १ घण्टा ३३ मिनेट २४ सेकेण्डमा दुरी पुरा गरेका काठमाण्डौंकै राजकमार श्रेष्ठ तेस्रो हुदै कास्य पदक थापे ।
महिला खुलातर्पm निर्धारित दुरी १ घण्टा १७ मिनेट ३४ सेकेण्डमा पार गर्दै नेपाल आर्मीकी मञ्जुकुमारी खड्का दोस्रो र आर्मीकै पुष्पाकुमारी भण्डारीले १ घण्टा २० मिनेट २४ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरिन् । दुवैले क्रमशः रजत र कास्य पदक थापे । यस्तै, पुरुष जुनियरतर्फ सिन्धुपाल्चोकका सुरज राना मगरले निर्धारित ६ ल्यापको दुरी ५९ मिनेट २१ सेकेण्डमा पार गर्दै स्वर्ण जिते । सोही स्पर्धामा १ घण्टा १ मिनेटमा निर्धारित दुरी पार गरेका काठमाण्डौका प्रचित थापा मगर दोस्रो हुदै रजतमा चित्त बुझाउदा सुनसरीका अनिष तामाङले भने तेस्रो स्थानमा चित्त बुझाए ।
यसैगरि, ३० बर्ष माथिको पुरुषतर्फको स्पर्धामा रौतहटका विक्रम राईले निर्धारित ६ ल्यापको दुरी १ घण्टा ११ मिनेट २४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जिते । सोही स्पर्धामा प्युठानका दामोदर बुढा मगरले १ घण्टा ११ मिनेट ३६ सेकेण्डमा पार गर्दै रजत र सशस्त्र प्रहरीका आश नारायण चौधरीले १ घण्टा १३ मिनेट २४ सेकेण्डमा निर्धारित समय पार गर्दै कास्यमा चित्त बुझाए ।
........................................................................................................................................
पदक तालिकामा गणना नहुदा असन्तुष्टी

महिला खुल्ला स्पर्धामा स्वर्ण पदक जितेकी लक्ष्मी मगरले आफुहरु सातौं खेलकुद भनेरै प्रतियोगितामा सहभागी भएको तर आफुले जितेको पदक गणना नहुने भनेको सुन्दा छक्क परेको बताइन् । ‘हामी राष्ट्रिय खेलकुद भनेरै खेल्न आएका हौं । खेलाडीले जितेको पदक काउण्ट नहुने भनेर त मैले आजै थाह पाए’–अचम्मित हुदै उनले भनिन्–‘यस्तै हो भने त नयाँ खेलाडीहरुलाई हतोत्साहित बनाउछ । हरेक खेलकुदलाई राज्यले समान प्राथमिकता दिनुपर्छ ।’
राखेपले साइक्लिङको पदकलाई पदक तालिकामा समावेश नगर्ने भनेपनि विजेताहरुलाई सातौं राष्ट्रिय खेलकुदकै स्वर्ण, रजत र कास्य पदक वितरण गरिएको थियो । सातौं खेलकुदमा साइक्लिङसँगै आर्चरी, स्क्वास र फेन्सिङको पदकलाई पदक तालिकामा समावेश नगर्ने परिषदले जनाएको छ । पदक तालिकामा समावेश हुन कम्तीमा ४ वटा क्षेत्रका क्षेत्रीय संघमार्फत सहभागी हुनुपर्ने परिषदको भनाई छ । साइक्लिङले पनि ४ क्षेत्रीय खेलकुद समितिमार्फत शुरुमा खेलाडी समावेश नगराएको परिषदले जनाएको छ । नेपाल साइक्लिङ संघका अनुसार प्रतियोगितामा विभिन्न ६० जिल्लाका खेलाडीहरु सहभागी थिए ।
प्दक तालिकामा साइक्लिङ गणना नहुने परिषदको भनाईप्रति विश्व साइकल यात्री एवं नेपाल साइक्लिङ एशोसिएशनका उपाध्यक्ष पुष्कर शाहले पनि असन्तुष्टी जनाए । ‘यहाँ ६० जिल्लाका खेलाडीहरु पदकको लागि भिड्दैछन्, तर पदक गणना नहुने भन्छन् भने दुर्भाग्य हो’–उनले भने–‘हामीले पदक गणना गर भन्नै नपर्ने हो, किनभने यो प्रर्दशनी खेल त होइन । सातौं अन्र्तगतकै प्रतियोगिता हो, सातौंकै ब्यानरमा भइरहेको छ । साहसिक खेलमा जितेको पदक मान्यता नदिने हो भने त खेलाडीहरु निराश हुन्छन् ।’
Comments
Post a Comment