सातौं राष्ट्रिय खेलकुदःअझै तयार भएन धरान रंगशाला
धरान । पुर्वाञ्चलमा पहिलो पटक हुन लागेको वृहत राष्ट्रिय खेलकुदको सातौं सँस्करण शुरु हुन चार दिन मात्र बाँकी छ, तर सबैभन्दा धेरै खेलकुद हुने शहर धरान र विराटनगरको रंगशाला भने अझै तयार भइसकेको छैन । विराटनगरमा पुष ८ गते उद्घाटन हुने सातांै राष्ट्रिय खेलकुदको धरानमा समापन हुने भनिएको छ । यस्तै, यी दुवै शहरमा थुप्रै खेल प्रतियोगिता पनि आयोजना हुदैछ । सातौं संघारमा आइसक्दा पनि दुवै शहरको रंगशाला भने खेलको लागि तयार छैन ।
आयोजकले जनाएअनुसार विराटनगरको शहीद रंगशालामा उद्घाटन समारोह मात्र हुनेछ भने धरान रंगशालामा पनि समापन समारोह मात्र हुनेछ । खेल खेलाउन रंगशालाको मैदान तयार नभएकै कारण विराटनगरमा हुने भनिएको महिला फुटबल सुनसरीको दुहबीमा सारिएको छ भने पुरुष फुटबल धरान रंगशालामा नभई धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुनेछ । खेलकुदको उद्घाटन राष्ट्रपतिबाट हुनेछ भने समापनमा प्रधानमन्त्री आउनेछन् ।
आयोजकले फाइनल खेलको लागि मात्र भए पनि धरान रंगशालाको मैदान तयार गर्ने र समापन त्यही गर्ने दाबी गरिरहे पनि सम्भावना न्युन छ । २०७० सालमा नै पुर्वाञ्चलमा हुनुपर्ने सातौं खेलकुदको मिति पटक पटक सर्दा निर्माण गर्ने पर्याप्त समय हुदा हुदै पनि यी दुई रंगशाला खेल खेलाउन योग्य भने बन्न सकेन । ‘विराटनगरको शहीद रंगशालामा उद्घाटन समारोह मात्र हुन्छ, धरानमा चाहि पुरुष फुटबलको फाइनल खेल र समापन गर्ने कुरा छ । तर, मैदानको अवस्था के हुन्छ अहिल्यै भन्न सक्दैनौं’–पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले भने ।
उनका अनुसार विराटनगरको रंगशालामा पर्याप्त मात्रामा घास नउम्रिएको कारण खेल आयोजना गर्न नसकिएको हो । समयमै मैदान तयारीमा लागेपनि नेपाल सरकारले ३ महिना बालुवा, गिट्टी निकासीमा रोक लगाउने नीतिले काम हुन नसकेर ढिलाई भएको नगरकोटीको भनाई छ । ‘बर्खाले पनि मैदान धेरै बिग्रिएको थियो, समयमै काम गर्न नपाउदा पनि ढिलाई भयो । तर, अबको ६, ७ महिनामा नमुना रंगशाला बन्छ’–उनले भने–‘अरु पुर्वाधारलाई हेर्ने हो भने त धेरै उपलब्धी भएको छ, यतिको पुर्वाधारमा अहिलेसम्म राष्ट्रिय खेलकुद भएकै थिएन ।’ पुर्वमा थुप्रै नयाँ खेल संरचना बनेको र स्तरोन्नती भएको उनको दाबी छ ।
धरान १६ स्थित रंगशाला भने २०६८ सालदेखि नै राष्ट्रिय खेलकुद परिषदले अन्र्तराष्ट्रिय मापदण्डअनुसारको नयाँ संरचना बनाउन शुरु गरेको थियो । त्यसयता रंगशालामा खेलकुद गतिविधि शुन्य छ । यसअघि, स्थानीयस्तरमा धरान रंगशाला भौतिक निर्माण तथा मर्मत संम्भार समितिले करिब ८ लाख रुपैया खर्च गरेर दुबो(झार) उमारेको थियो । तर, सुरक्षा अभावले सवारीको सिकारु थलो बनेपछि मैदानको घास झार नष्ट भएको थियो । २०६८ सालमा सुदुरपश्चिमाञ्चलमा छैटौं सँस्करण समापनमा पुर्वाञ्चलमा सातौं सँस्करण हुने घोषणा भएदेखि नै खेलकुदको पुर्वाधारलाई प्राथमिकता दिइनुपथ्र्यो । दुई बर्षको अन्तरालमा हुनुपर्ने राष्ट्रिय खेलकुद विविध कारणले २०७० सालमा हुन सकेन । राष्ट्रिय खेलकुदको मिति ४ पटक स¥यो । तर, पुर्वाधार निर्माणले पनि गति लिन सकेन । ‘धरान रंगशालाको मैदान तयार गर्न ढिलाई भएकै हो । २०७० सालमा सातौं नहुदा यो ३ बर्षमा पनि बन्न सकेन, तर यसमा दोष हाम्रो होइन । अर्थ मन्त्रालयबाटै बजेट निकासा ढिलाई भयो र मैदान तयार गर्न सकेनौं’–सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राईले भने–‘राज्यले खेलकुदलाई प्राथमिकता दिदैन, नत्र यो रंगशाला उहिल्यै तयार भइसक्नुपथ्र्यो ।’ रंगशालामा पश्चिमतर्फ भिआइपी प्याराफिट र पुर्वतर्फ जेनरल प्याराफिट भने तयार भइसकेको छ । कुनै खेल नहुने भएपनि अहिले धरान रंगशालालाई रंगरोगन गरेर चिटिक्क पारिएको छ ।
धरान रंगशालामा पनि माटोको चपरी र घास छैन । फुटबल खेल्न योग्य बनाउन माटोको चपरी राख्न तयारी गर्दा ६५ लाख खर्च हुने स्टिमेट निस्किएको थियो । सातौं खेलकुद संघारमै आइसकेकोले आयोजकले त्यो खर्च गर्ने रिस्क लिएन । पुरुष फुटबलको फाइनलसँगै समापन समारोह गर्ने भनिएपनि घासे मैदान विना सम्भव देखिदैन । जसले गर्दा फाइनल खेल र समापन समारोहस्थलमा पनि अन्यौल कायमै छ । केही दिनअघि समापन तयारीबारे राखेपको टोली धरान आएर छलफल गरेको थियो । त्यसबेला टोली पनि अन्यौलमा परेको थियो । ‘जहाँ फुटबलको फाइनल हुन्छ, त्यही समापन गर्नुपर्ने हुन्छ । तर, यहाँ फुटबल एउटा मैदानमा हुन्छ र समापनको तयारी अर्को मैदानमा हुदैछ’–एक खेलकुदकर्मीले भने–‘फाइनल खेल रंगशालामा गर्ने र समापन त्यही गर्ने भनेपनि त्यतिबेलासम्म घास उम्रिएर मैदान तयार हुने छाटकाट छैन ।’यद्यपी, सुनसरी जिल्ला खेलकद समितिका अध्यक्ष राई भने फाइनल खेल हुने गरी मैदान तयार गर्न लगेको दाबी गर्छन् ।

Comments
Post a Comment