पुलिसलाई फुटबलमा काँस्य(फोटोफिचर)

धरान । सातौं वृहत राष्ट्रिय खेलकुदअन्र्तगत पुरुष फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले काँस्य पदक जितेको छ ।धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहिबार मध्यमाञ्चल क्षेत्रलाई ४–३ गोलअन्तरले पराजित गर्दै पुलिसले काँस्य पदक जितेको हो ।

मध्यमाञ्चलको लागि टंकबहादुर स्याङ्देनले २ र श्याम बाबु क्याप्छाकी मगरले एक गोल गरे । दोस्रो हाफको ५ मिनेटमा टंकबहादुरले पहिलो गोल गरेका थिए । यस्तै, १८ औं मिनेटमा श्याम बाबुले हेडमार्फत दोस्रो गोल गरे भने ३९ औं मिनेटमा टंकबहादुरले तेस्रो गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच पुलिसका तीर्थ राना मगर घोषित भए । उनले नगद ५ हजार हात पारे । स्वर्ण पदकको लागि शुक्रबार नेपाल आर्मी र सशस्त्र प्रहरी वलको एपिएफ क्लबबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।
Comments
Post a Comment