कविता महोत्सवमा रोल्पाका विष्णु प्रथम(फोटोफिचर)
धरान । स्वर्गीय कवि विमल गुरुङको स्मृतिमा आयोजित २६ औं राष्ट्रिय कविता महोत्सव २०७३ मा रोल्पाली युवा कवि विष्णु सन्यास प्रथम भएका छन् । शनिबार धरानमा सम्पन्न दुई दिने महोत्सवअन्र्तगत कविता प्रतियोगितामा विष्णुको ‘आन्दोलनमा ईश्वरहरु’ शिर्षकको प्रथम भएको हो । तेइस बर्षीय उनी रोल्पाको जेलवाङ गाविस ९ का बासिन्दा हुन् । स्नातक तहमा अध्ययन गर्न दाङ झरेपछि ५ बर्षदेखि उनी साहित्य लेखनमा छन् । प्रथम हुदै उनले नगद २० हजार र प्रमाणपत्र पनि पाए ।
सोही प्रतियोगितामा धादिङकी सुनिता खनालको गर्भिणी थियो मेरो नाम शिर्षकको कविता दोस्रो भयो भने खोटाङका नविन प्यासीको झुसिलकिरा शिर्षकको कविताले तेस्रो पुरस्कार हात पा¥यो । उनीहरुले क्रमशः नगद १५ हजार, १० हजार र प्रमाणपत्र थापे । पुरस्कृत कविहरुलाई स्व.विमल गुरुङ स्मृति पुस्तकालयका अध्यक्ष पुर्णबहादुर गुरुङ, प्रमुख अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवं काव्य विभाग प्रमुख डा.अमर गिरी, प्रमुख निर्णायक कवि जसराज किरातीले पुरस्कार प्रदान गरे ।
महोत्सवअन्र्तगतको कविता प्रतियोगिताको लागि देश तथा विदेशका गरि कुल १ सय ६९ वटा कविताहरु प्राप्त भएको आयोजकले जनाएको छ । ती मध्ये निर्णायकहरुले प्रतियोगिताको लागि उत्कृष्ट २० कविताहरु छनौट गरेको थियो । शनिबार स्वयम कविहरु उपस्थित भएर तिनै कविताहरु वाचन गरेका थिए । निर्णायकहरुमा जसराज किराती, मनु मञ्जिल, वम देवान र महेश पौड्याल थिए । ‘यहाँ वाचन भएका कविताहरुमा दर्शकको ध्यान आकर्षण गर्न र नियन्त्रणमा राख्नसक्ने क्षमता छ । यो महत्वपुर्ण पक्ष हो । उत्कृष्ट २० मा पर्नु नै तपाईहरुका कविताको सफलता हो’–निर्णयक मध्येका कवि मनु मञ्जिलले भने ।
सोही समारोहमा निरन्तर साहित्य साधनामा लागिरहेकी ७० बर्षीया अम्बिका शाक्यलाई बिशेष अभिनन्दन गरिएको थियो भने समाजसेवी चन्द्रकला गुरुङ र राम अधिकारीलाई पुस्तकालयले सम्मान गरेको थियो । पुस्तकालयले बर्षेनी धरान १८ स्थित आफ्नै भवनमा राष्ट्रिय कविता महोत्सव गर्दै आइरहेको छ । प्रखर कविताहरु सृर्जना गर्ने कवि विमल गुरुङको उन्नाइस बर्षको कलिलै उमेरमा देहान्त भएपछि उनका माता पिताले स्मृतिमा पुस्तकालय स्थापना गरेका थिए । बिगतमा एक दिन मात्र महोत्सव गरिदै आएकोमा यो बर्ष २ दिने कार्यक्रमसहित कविता महोत्सव आयोजना गरिएको थियो । महोत्सवको पहिलो दिन कवि विमल गुरुङका कविताहरुमाथि वहस भएको थियो भने समकालीन नेपाली कवितामा पुर्वको योगदान बिषयमा प्रा.डा.भिम खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Comments
Post a Comment