साकेला उभौलीको समापन(फोटोफिचर)

धरान । प्राकसस्तरीय प्रतियोगितात्मक साकेला सिली प्रर्दशनी गर्दै किरात राई जातिको मौलिक साँस्कृतिक चाड साकेला उभौलीले यो बर्षबाट विदा लिएको छ ।  किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले धरान १७ स्थित साकेला पार्कमा सिली प्रर्दशनी गर्दै साकेला उभौलीको समापन गरेको हो ।
यायोक्खाले गत जेठ ८ गते बैशाख पुर्णेमा धरानको विजयपुरस्थित हाङ बुद्धिकर्णको भग्न दरबारस्थलमा भुमि पुजा गरी उभौलीको शुरुवात गरेका थिए । चार किरात राई, लिम्बु, याक्खा, सुनुवारमध्ये राईहरुले उभौलीमा १५ दिनसम्म गाउँ, टोल, चोकहरुमा साकेला नाचेर भव्यरुपमा मनाउने गर्छ । उभौलीको समापनमा यायोक्खा सुनसरीले ०५७ सालदेखि धरानमा प्रतियोगितात्मक प्राकसस्तरीय बृषमान जसरानी राई साकेला सिली प्रर्दशनी आयोजना गर्दै आईरहेको छ ।
उभौलीको समापनमा शनिबार सुनसरी जिल्लाको यायोक्खा अन्र्तगतका प्रारम्भिक कार्यसमितिहरुसँगै छिमेकी जिल्लाबाटसमेत विभिन्न टोलीहरु साकेला पार्कमा सिली प्रर्दशनी गर्न आएका थिए । साकेला पार्क शनिबार दिनभर साकेला सिलीमय बनेको थियो । जिल्लाअन्र्तगतका २४ वटा प्राकसहरु सिली प्रतियोगितामा भाग लिएको थियो । ‘यसपाली आजको दिनदेखि साकेला उभौलीको समापन गरेका छौं, अबको ६ महिनासम्म ढोल र झ्याम्टा बजाउदैनौं’–यायोक्खा अध्यक्ष कमला राईले भनिन् ।
सिली प्रर्दशनीमा प्राकस प्रकाशपुर प्रथम भयो भने प्राकस धरान १८ दोस्रो र प्राकस हाँसपोशा तेस्रो भयो । उत्कृष्ट लयमा प्राकस धरान १८ प्रथम, धरान १९ दोस्रो र दुहबी प्राकस तेस्रो भयो । धरान बाहिरको उत्कृष्ट प्रर्दशनीमा हाँसपोशा प्राकस, शान्तिनगर र पाकली प्राकस भएको छ भने धरान भित्रको उत्कृष्ट सहभागीतामा धरान १५ प्राकस प्रथम, धरान ८ दोस्रो र धरान १९ तेस्रो भएको छ । उत्कृष्ट साँस्कृतिक सामग्री प्रर्दशनमा धरानबाहिरबाट इटहरी प्राकस प्रथम, पकली दोस्रो र इटहरी ५ र ६ तेस्रो भयो । धरानभित्रको उत्कृष्ट साँस्कृतिक सामग्रीमा धरान १५ प्रथम, धरान ८ दोस्रो र धरान १९ तेस्रो भयो भने उत्कृष्ट भेषभुषामा प्राकस धरान १९ प्रथम, धरान ९ र १० दोस्रो तथा इटहरी ६ र ६ तेस्रो भयो ।
साकेला उभौली समापन एवं प्रर्दशनी समारोहलाई सम्बोधन गर्दै यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले सास्ँकृतिक पर्वलाई मनोरञ्जनकोरुपमा मात्रै नलिन आग्रह गर्दै अधिकारमुखी आन्दोलनकोरुपमा अघि बढाउनुपर्ने धारणा राखे । साँस्कृतिक अभियानको रुपमा किरात स्वायत्त राज्यको मुद्दा यायोक्खाले बोकेको उनले बताए । ‘हामीले चाहदैमा मात्र राज्य प्राप्ती हुदैन, जसरी साकेलामा गैरकिराती, गैर जनजाति समुदायले अपनत्व महसुस गरी नाच्नुहुन्छ, त्यसैगरी किरात राज्यमा पनि अपनत्व महसुस गर्नुहुन्छ भन्ने ठान्छौं’–अध्यक्ष राईले भने ।

















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे