आसरा भवन बनाउन जनस्तरबाट लाखौं सहयोग

धरान । लागुऔषध प्रयोगकर्ता एवं दुव्र्यसनीहरुलाई आवासियरुपमा उपचार गराएर पुनः परिवार तथा समाजमा पुर्नस्थापना गराउने उद्देश्यले धरान २३ पानवारीमा निर्माणाधिन पुर्वाञ्चल आसरा सुधार केन्द्रलाई जनस्तरबाट आर्थिक सहयोग जुट्न थालेको छ ।
केन्द्रको भवन निर्माण गर्न आर्थिक अभाव भएपछि स्रोत संकलन र समन्वय गर्न स्थानीयस्तरमा गठन भएको समितिको पहलमा स्थानीयबासी एवं संघसंस्थाहरुले मंगलबार मात्रै करिब ८ लाख आर्थिक सहयोग गरेका छन् । पानवारीका दाताहरुले मंगलबार भवन निर्माणस्थलमा भेला भई निर्माण समितिलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए । भवन निर्माणको लागि पानवारीस्थित निसान वचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार १ सय ११ रुपैया दिएको छ । यस्तै, कृष्णप्रसाद गौतमले १ लाख १ रुपैया, शिक्षा सन्देश सेकेण्डारी बोर्डिङ स्कुलले २५ हजार ५ सय २५, सुन्दर समाज निर्माण समुहले २५ हजार १ सय, उज्वल तारा एकेडेमीले वचन दिएको २५ हजार मध्ये पहिलो किस्ता नगद १० हजार हस्तान्तरण गरेको थियो ।
यसैगरि, पानवारी निवासी विष्णुबहादुर कुँवरले १० हजार १ सय ५५, पदम बहादुर कार्कीले २५ हजार ५ सय २५, वडा नागरिक मञ्च धरान २३ का संयोजक हेमराज सुवेदीले २५ हजार ५ सय २५,पुष्पबहादुर निरौलाले २५ हजार ५ सय २५, धरान १३ निवासी सपना राईले २५ हजार सहयोग गरेका छन् भने कोशी बस व्यावसायी संघले पनि मंगलबार नै वचन दिएको २ लाख मध्ये ७५ हजार रुपैया समितिलाई हस्तान्तरण गरेको छ । संस्थाका प्रतिनिधि एवं दाता व्यक्तिहरुले भवन निर्माण समिति संयोजक मनोज कुमार मेन्याङ्बोलाई चेक तथा नगद हस्तान्तरण गरेका थिए । यस्तै, पानवारी सामुदायिक वन उपभोक्ता समुहले १ लाख ३१ ह्जार ३ सय बराबरको काठ सहयोग गरेको छ भने सयपत्री वन समुहले ३५ हजार र पाँचकन्या वन समुहले ६१ ह्जार २ सय बराबरको सहयोग गरेको स्थानीयस्तरको स्रोत संकलन तथा समन्वय समितिका संयोजक हेमराज सुवेदीले जानकारी दिए । उनका अनुसार पानवारीबासीबाट मात्रै करिब ११ लाख रुपैया बराबरको आर्थिक सहयोग गर्ने वचन दिएका छन् र सहयोग जुट्ने क्रम जारी छ ।
धरानसँगै पुर्व क्षेत्रलाई दुव्र्यसनमुक्त शहर बनाउने लक्ष्य लिएर पुर्वक्षेत्रीय प्रहरी प्रमुख एवं तत्कालीन डिआइजी नवराज सिलवालको पहलमा केन्द्र निर्माण शुरुवात भएको थियो । केन्द्रमा उपचारसँगै सिपमुलक तालिम सञ्चालन गर्ने र समाजमा पुर्नस्थापना गराउने उद्देश्य राखिएको छ । केन्द्रमा जिम हल, साउना वाथको पनि सुविधा हुनेछ । केन्द्रको भवन ३ तले हुनेछ भने २ सयको क्षमता हुनेछ । भवन निर्माणमा करिब ३ करोड २५ लाख लागत अनुमान गरिए पनि बजेट अभावले निर्माणमा समस्या छ । ‘यो सहयोगले निर्माणको कामलाई धेरै सहज बनाउनेछ । भवनको मुख्य जग हाल्ने काम सकेका छौं । एक महिनाभित्र पहिलो तला सकेर ढलाई गछौं । यसरी नै सहयोग जुट्दै गयो भने अबको ६ महिनामा फिनिसिङबाहेक भवन निर्माण भइसक्छ’–निर्माण समितिका संयोजक मेन्याङ्बोले भने ।
समितिकी कोषाध्यक्ष शिला बज्रचार्यका अनुसार भवन निर्माणको लागि हालसम्म विभिन्न दाताहरुले ७७ लाख रुपैया सहयोगको वचन दिएका छन् । त्यसमध्ये २७ लाखको हाराहारीमा संकलन भइसकेको छ । संकलित रकममध्ये पनि २१ लख रुपैया हार्डवेयर, मजदुरलाई भुक्तानी दिइसकेको उनले बताइन् । ‘यो सुविधा सम्पन्न उपचार केन्द्र हो, नाफामुलक होइन, सेवा मुलक हो । त्यसैले सबैबाट निर्माणमा सहयोगको अपेक्षा गरेका छौं’–उनले भनिन् ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे