एकल महिलालाई नागरिकता समस्या

नागरिकता हुदो हो त उनले राज्यबाट मासिक ५ सय भत्ता पाउने थिइन् । त्यसले थोरै भएपनि आवश्यकता पुरा गर्थिन् वा औषधि उपचारमा नै सघाउ पुग्थ्यो । नागरिकता नभएकै कारण उनी यो सुविधा उपभोग गर्न पाएकी छैनन् । उनी विगत ३ बर्षदेखि इटहरी ४ स्थित छोरी पवित्रा पोख्रेलको आश्रयमा छिन् । ‘उहाँको अरु कोही छैन, मसँग बस्नुहुन्छ, विरामी हुनुहुन्छ । नागरिकता भइदिए भत्ता पाउनुहुन्थ्यो, उपचारमा सघाउ पुग्थ्यो’–छोरी पवित्राले भनिन् । उनी स्वयम पनि एकल महिला हुन् ।
धरान ८ की कमला तामाङको २२ र २० बर्षका दुई छोरा छन् । तर, बुबाको नामबाट आमा कमलाको नागरिकता नहुदा अहिलेसम्म दुवै छोराको नागरिकता बनेको छैन । दुवै छोराको जन्मदर्तामा बुबाको नाम छ । श्रीमानको मृत्युदर्ता छ । वडा समितिको मुचुल्कामा मृतककै छोरा हो भनि ७ जना छरछिमेकले सनाखत गरिदिएको कागजात छ । प्रहरीको रिपोर्टमा पनि मृतक र कमलाको नाता खुलाइएको छ । तर, श्रीमान्को परिवारको सनाखत गरिदिने नजिकको आफन्त नभइदिदा दुवै छोरा नागरिकताबाट बञ्चित छन् । ‘मैले इलाका प्रशासन धेरै पटक धाए, कागजात सबै तयार छ । तर, छोराहरुको नागरिकता बनेन’–उनले भनिन्–‘छोराहरुको नागरिकता भइदिए गरिखाने बाटो हुन्थ्यो, ज्यादै दुःख भयो ।’
बिहिबार धरानमा छैटौं अन्र्तराष्ट्रिय एकल महिला दिवस मनाइउदै गर्दा सुनसरीका यी दुई एकल महिलाको नागरिकता समस्या प्रमुख मुद्दाकोरुपमा उठ्यो । एकल महिला समुहको धरान १७ स्थित छहारी भवनमा आयोजित कार्यक्रममा दुवैले नागरिकता समस्यालाई उठान गरे । नागरिकता समस्या भएका लक्ष्मी र कमला त नेपालका एकल महिलाहरुका प्रतिनिधि पात्र मात्र भएको समुहकी सदस्य शान्ता अधिकारीको भनाई छ । उनका अनुसार माइतीबाट मात्र नागरिकता भएका एकल महिलाहरुले आफ्ना छोराछोरीलाई नागरिकता दिलाउन नसक्दा थुप्रै समस्याहरु झेल्नु परिरहेको छ ।

छ जनालाई छात्रवृत्ति प्रदान

यसैगरि, सोही कार्यक्रममा एकल महिलाहरुलाई संगठित र सशक्तिकरण गर्दै हक अधिकार दिलाउन योगदान पु¥याएवापत समुहको सुनसरी संस्थापक अध्यक्ष सविता राई र पुर्वअध्यक्ष सुशिला गेगाललाई संस्थाले सम्मान गरेको छ । दुवैलार्य प्रजिअ चापागाई र उपाध्यक्ष इन्दुदेवी श्रेष्ठले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सोही कार्यक्रममा छहारी भवनमा निर्माणाधिन महिला पुर्नस्थापना केन्द्रको लागि विभिन्न व्यक्तिले आर्थिक सहयोगको घोषणा गरेका थिए । भवनको लागि जमुना त्रिखत्री मोक्तानले १५ हजार १ सय १, नैनकला न्यौपानेले ५ हजार १ सय, मधु स्थापितले ५ हजार १ सय, मिना पुलामीले ११ हजार, सकुन्तला भुषालले २१ हजार १ सय ५१, एमाले उपमहानगर उपााध्यक्ष नायायण सुबेदीले १० हजार १ सय र मनिष कसजु श्रेष्ठले ५ हजार १ सय रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
Comments
Post a Comment