छ महिनामा बालिका र महिला बलात्कारको घटना अत्यधिक



धरान । सुनसरी जिल्लामा पछिल्लो छ महिनाको अवधिमा मानवअधिकार हनन्का घटनामा बालअधिकार र महिला अधिकार हनन अत्यधिक बृद्धि भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र(इन्सेक)को अर्धबार्षिक प्रतिवेदनअनुसार सुनसरीमा महिला र बालअधिकार हनन्अन्र्तगत बलात्कारको घटना अत्यधिक भएको पाइएको हो ।
इन्सेकले बुधबार धरानमा मानवअधिकार बर्ष पुस्तक २०१७ को अर्धबार्षिक पुर्व समिक्षा कार्यक्रममा दिएको तथ्यांक अनुसार सुनसरीमा पछिल्लो छ महिनामा २७ वटा गम्भीर प्रकृतिको मानवअधिकार हनन्का घटना भएको छ । ती मध्ये एउटा महिला हत्याको घटना हो भने अर्को मावन वेचविखन तथा ओसारपसारको घटना हो । अरु बसै बालिका र महिला बलात्कार तथा बलात्कार प्रयासका घटना हुन् । यो तथ्यांक जनवरी २०१६ देखि जुन महिनासम्मको हो ।
‘महिला र बालअधिकार हनन्मा बलात्कारको घटनाहरु अत्यधिक भएको छ, पछिल्लो छ महिनामा भएको यी घटनाहरु गत बर्ष २०१५ अवधिकै दोब्बर हो’–इन्सेक जिल्ला प्रतिनिधि शेखर ढकालले भने–‘राजनीतिक आन्दोलन, घटनाक्रम सकिदै गएपछि महिलामाथिको हिंसा बढ्ेको देखिन्छ । यसबारेमा राज्यपक्ष र सरोकारवाल पक्षहरु गम्भीर हुनुपर्ने देखिन्छ ।’ उनका अनुसार सन् २०१५ को अवधिमा सुनसरी जिल्लामा १७ जना बालिका र ३ जना महिला बलात्कारको घटना भएको प्रहरी तथ्यांक छ । तर, २०१६ को जनवरीदेखि जुनसम्म (छ महिना) मा १२ जना बालिका बलात्कृत भएकी छिन् भने ६ जना बालिकामाथि बलात्कार प्रयास भएको छ । यस्तै, ५ जना महिला बलात्कृत भएको घटना छ भने २ जना महिलालाई बलात्कार प्रयास भएको छ । ‘राजनीतिक घटनाक्रम हुदा महिला र बालअधिकार हनन्को घटना कम भएको हो वा त्यसबेला सार्वजनिक नभएर हो । यसको विश्लेषण हुनुपर्छ’–ढकालले भने ।
समीक्षामा सहभागी वक्ताहरुले मानवअधिकार हनन्का घटनालाई अभिलेख राखेसँगै घटना न्युनीकरणको लागि इन्सेकले सचेतनामुलक अभियान सञ्चालन गर्न सुझाएका थिए । पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले वैदेशिक रोजगारीमा हुने ठगीको विविध पाटालाई पनि उजागर गर्न आवश्यक रहेको बताएका थिए । महिला सञ्जाल धरानकी सदस्य यशोदा कायस्थले महिला र बालअधिकार हनन्को घटना बढी देखिनु दुःखद् भएको उल्लेख गर्दै इन्सेक र राज्यले न्युनीकरणको लागि आवश्यक पहल गर्न माग गरिन् । पत्रकार सन्तोष काफ्लेले प्रहरी हिरासतमा राखिएका बन्दीहरुको अवस्था ज्यादै अमानवीय रहेकोले उनीहरुको मानवअधिकार संरक्षणतर्फ इन्सेक जस्ता अधिकारवादी संस्थाहरुको ध्यान नपुगेको बताए ।
इन्सेकका पुर्वाञ्चल क्षेत्रीय संयोजक सोमराज थापाले सन् १९९२ देखि मानवअधिकार हनन्का घटनाहरु संकलन गरेर पुस्तक प्रकाशन गर्दै आएको र यसले पीडितलाई न्याय दिलाउन सहयोग पुग्ने धारणा व्यक्त गरे । पीडकलाई कारबाही गराउन र मानवअधिकार हनन्का घटनाको विविध पाटाहरुबारे पुस्तकले राज्य पक्षको ध्यानाकर्षण गराउने उनको भनाई छ । ‘मानवअधिकार हननका गम्भीर घटनाबारे पुस्तकले राज्य पक्षको ध्यानाकर्षण गराउछ र त्यसको न्युनिकरण गर्न योजना, कार्यक्रम तय गर्न सघाउ पु¥याउछ । सरोकारवाला र सरकारी निकायहरुलाई मानवअधिकार संरक्षणप्रति जिम्मेवार पनि बनाउछ’–थापाले भने । कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहानगर संयोजक राम आङबुहाङ, एमाले उपमहानगर उपाध्यक्ष नारायण सुवेदी, कांग्रेस उपमहानगर सचिव युवराज शंकर, नेकपा संयुक्तका पोलिटब्युरो सदस्य डम्बर बुढाथोकीले राजनैतिक दलकोतर्फबाट मानवअधिकारको पक्षमा प्रतिवद्धता जनाएका थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे