युनिभर्सल आइकोन २०१६ सम्पन्न(फोटोफिचर)


धरान । टप युनिभर्सल एकेडेमीद्धारा आयोजित युनिभर्सल आइकोन २०१६ अन्र्तगतको गायनतर्फ १६ बर्षीय किसोर सुनुवार र नृत्यतर्फ १६ बर्षीय प्रतिमा तामाङले उपाधि जितेका छन् । धरान ८ स्थित सभागृहमा शुक्रबार राती सम्पन्न ग्राण्ड फेनालीमा सुनुवार र तामाङले उपाधि जितेका हुन् ।
उपाधि ट्रफीसँगै दुवै विजेताले नगद १० हजार र उच्च शिक्षामा छात्रवृत्तिसमेत हात पारे । गायनतर्फका विजेता १६ बर्षीय किसोरले माउण्ट हार्मोन एकेडेमीबाट एसएलसी परीक्षा दिएर रिजल्टको पखाईमा छन् । यस्तै, नृत्यतर्फकी विजेता १६ बर्षीय प्रतिमाले सेन्ट जोफेस सेकेण्डरी बोर्डिङ स्कुलबाट एसएलसी दिएकी हुन् । आइकोन एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुको खाली समय सदुपयोग गर्न र प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना भएको हो ।
गायनतर्फ जोन राई द्धितिय भए भने प्रमु गुरुङ तेस्रो भइन् । दुवैले ट्रफीसहित क्रमशः नगद ५ हजार र ३ हजार पाए । सोह्र बर्षीय जोनले डिपोट उच्चमाविबाट एसएलसी दिएका हुन् भने प्रमुले कार्मेल हाई स्कुलबाट परीक्षा दिएकी हुन् । यसैगरि, नृत्यतर्फ पवन तामाङ द्धितिय भए भने सुभेच्छ सुनुवार तेस्रो भइन् । दुवैले ट्रफीसहित क्रमशः नगद ५ हजार र ३ हजार हात पारे । विजेताहरुलाई समिट उच्चमावि, एम्स एकेडेमी, धरान आदर्श उमावि, युएन कलेजमा छात्रवृत्ति पनि उपलब्ध गराउने आयोजकले जनाएको छ । प्रतियोगितामा गायनतर्फ संगीतकार भानु थापा, सृर्जन नेपाल निर्णायक थिए भने नृत्यतर्फ नृत्य प्रशिक्षक मणिकुमार राई र कोरियोग्राफर प्रियारानी लामा निर्णायक थिइन् ।
विजेताहरुलाई आयोजक संस्थाका प्रबन्ध निर्देशक प्रकाश लाकान्द्री, बिशेष अतिथि एवं बराह ज्वेलरी इष्ड्रष्ट्रिज प्रालिका धरान शाखा प्रमुख मानबहादुर विश्वकर्मा, युएन कलेजका प्रिन्सिपल डम्बर तुम्बापो, धरान आदर्शका प्रिन्सिपल नेत्र सुवेदी, ताप्लेजुङ सन्थाक्रा ज्वेलर्सका प्रोपाइटर राजेन्द्र ल्वागुन, डिजाइन हब कन्सल्टेन्सी दमकका सुमन न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए ।
गायनतर्फका उपाधि विजेता किसोरले वेष्ट डिसिप्लिन(अनुशासन)को टाइटल पनि हात पारे । यस्तै, वेष्ट फ्रेण्डसिपको टाइटल नृत्यतर्फकी प्रतियोगी पवन तामाङले पाइन् भने वेष्ट पर्सनालिटीको टाइटल स्वास्तिका श्रेष्ठले हात पारिन् । उनीहरुले ट्रफीसहित जनही नगद २ हजार पारे । आइकोनको फाइनलमा गायनतर्फ १५ र नृत्यतर्फ १३ प्रतियोगी छात्रछात्राहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । । टप युनिभर्सलमा ०७२ सालको एसएलसी परीक्षा दिएर ब्रिजकोर्ष, नर्सिङ तयारी कक्षा अध्ययनरत छात्रछात्राहरुले युनिभर्सल आइकनमा भाग लिएका थिए ।
आइकोनको फाइनल समारोहमा गत साता सम्पन्न मिनि म्याराथुनका विजेताहरुलाई पनि मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । म्याराथुनमा पुरुषतर्फ निसान शंकर, प्रमेश राई र विवेक राई क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए भने महिलातर्फ पुनम राई, युङछोमा चेम्जोङ र मनिषा रसाइली क्रमशः प्रथम, दोसो र तेस्रो भएका थिए ।
























































Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे