डिपोका पुर्वविद्यार्थीहरु विद्यालयलाई सहयोग

धरान । डिपो उच्च माविका पूर्व विद्यार्थीहरुको संस्था पुर्व डिपो विद्यार्थी संगठनले धरान १७ बीचघोपास्थित निम्न माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । संगठनले शुक्रबार विद्यालयलाई ल्यापटप र पुस्तक प्रदान गरको हो ।
विद्यालय प्राङगणमा आयोजित एक कार्यक्रममा प्रअ रवि भुजेल र विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नरबहादुर थापालाई संगठनका अध्यक्ष प्रविण राईले ल्यापटप र पुस्तक प्रदान गरेका थए । २०२६ सालमा स्थानीयको पहलमा प्रावि तहबाट यो विद्यालय शुरुवात भएको थियो । हाल यो विद्यालयमा कक्षा ८ सम्म अध्यापन हुन्छ । विद्यार्थीहरुलाई कम्प्युटर शिक्षाको थालनीसंगै प्रविधिमा पहुच पु¥याउने उद्देश्यले दुई वटा ल्यापटप र विभिन्न जानकारी मुलक पुस्तक सहयोग गरेको पूर्व डिपो विद्यार्थी संगठनका सचिव विकास राईले बताए ।
धरान १८ स्थित डिपोका पूर्वविद्यार्थी मधुकुमार राईको पहलमा हङकङ्गमा संकलित रकम संगठनलाई सामाजिक कार्यको लागि उपलब्ध गराएको थियो । संगठनलाई प्राप्त भएको १ लाख ४४ हजार रकम मध्येबाट ८० हजार रुपैंया बराबरको सामाग्री वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए । बाँकी रकम धरानकै सयपत्री बालविकास केन्द्रलाई सहयोग गर्ने योजना रहेको पनि उनेल खुलाए । यो बालविकासमा अधिकांश सुकुम्बासी वस्तीका निम्न आय भएका बालबालिकाहरु अध्ययनरत छन् ।
पूर्व विद्यार्थी संगठनले यसअघि धरान ९ बगैंचाटोलकी असहाय एवं मुटु रोगी मिठु कटुवालको उपचार खर्च र राशन खर्चमा सहयोग गर्दै आएको थियो । उनको हाल निधन भइसकेको छ । यस्तै, खोटाङका एक असहायलाई उपचार खर्च, ताप्लेजुङमा पहिरोमा परी घाइते तथा विस्थापित भएकाहरुलाई सहयोग, वैसाख १२ मा गएको भुकम्पपीडितलाई राहत तथा सहयोग प्रदान गर्नुका साथै आर्थिक स्थिती कमजोर भएका पूर्व विद्यार्थीलाई समेत सहयोग गरिसकेको अध्यक्ष राईले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे