युवा पुस्तामा साकेला क्रेज
बैशाखे पुर्णेबाट किरात राई जातिको चाड साकेला उभौली शुरु भएदेखि धरान ८, श्रीटोलका २८ बर्षीय अमर राईलाई फुर्सद छैन । उनी युवाहरुको नेतृत्व गरेर धरानको विभिन्न वडा र चोकमा मात्रै होइन, मोरङको लेटाङ, केराबारीदेखि सुनसरीकै चक्रघट्टी, प्रकाशपुरतिर पनि साकेला नाच्न पुगिसकेका छन् । साकेला कसैको हातमा चौरीको पुच्छर हुन्छ त कसैको हातमा छिन्द्रिङ्गे बाजा । हरेक साँझमा धरानको बुद्धचोक, रत्न चोक, कल्याण चोकमा ढोल र झ्याम्टा घन्किरहेकै हुन्छ । त्यहाँ छुट्ने कुरै भएन । के वृद्ध, के युवा र बच्चाहरु । सबै गोलाकार भएर साकेला सिलि नाचिरहेको भेटिन्छ । बैशाख पुर्णेदेखि शुरु भएको साकेला उभौलीको यो रौनक जेठ २२ गते(१५ दिन)सम्म जारी रहन्छ ।
सिन्कौली सेउली सेलेले
नाचीमा जाउ है पेलेले...
सोइ ढोले सोइ
अर्को ढोले खोई ?
अमरले साकेला नाच्न थालेको एक दशक भइसक्यो । अहिले त उनीभन्दा पछिल्लो युवा पुस्ता पनि मौलिक पहिरनमा साकेला मजाले नाच्न थालिसकेका छन् । युवाहरुमा आप्mनो सँस्कृति जोगाउनुपर्छ भन्ने भावनाको विकास भएको छ । त्यही भएर आधुनिक पहिरनमा डान्स पार्टीमा रम्ने तिनै युवा पुस्ता साकेला सिली नाच्न लालयित छन् । ‘डान्स पार्टी, कन्सर्टमा पनि रमाइलो गर्न जान्छौं, तर साकेला हाम्रो सँस्कृति हो नि । यसलाई हामीले नै जोगाउनुपर्छ’–धरान १५ का सनम चाम्लिङ भन्छन् ।
सँस्कृतिप्रतिको मोहकै करण धरान ८, दुर्गापथकी ३५ बर्षीय ममता राईले फरिया र मखमली चोली सिलाइन् । उनले शिरवन्दी, जन्तर, ढुंग्री लगाएर साकेला नाच्न थालेको मात्र ३ बर्ष पुग्यो । ‘पहिला साकेला सिक्न पनि पाएनौं, सिली नआउने भएकोले पछिसम्म लाजले पनि सिकिन’–उनले भनिन्–‘अहिले त सबै नाच्न थाले, म पनि आफ्नो सँस्कृति हो भनेर सिके, अनि ३ बर्ष भो नाच्न थालेको ।’
यस्तै, नयाँ अन्नबाली लगाउने बेला जिमी भुमि, खोला नाला, हावापानी जस्ता प्रकृतिको पुजा गरेर प्राकृतिक प्रकोप नहोस, अन्नबाली सप्रियोस, सबै प्राणीहरुमा सुखशान्ति होस् भन्ने कामना गर्दै बैशाखे पुर्णेदेखि १५ दिनसम्म गाउँघर, टोलछिमेकमा साकेला नाचिन्छ । यसलाई साकेला उभौली भनिन्छ । उभौली लागेपछि बेसी झरेका क¥याङकुरुङ र माछाहरु लेकतिर चढ्छन् । यसले अब बर्षायाम शुरु भएको र खेतीपाती गर्ने समय आएको पनि जनाउ दिन्छ ।
किरात राईहरुको पुख्यौली भुमि, थातथलो रहेको ठाउँ र राई बाहुल्य क्षेत्रमा नाक्छोङ(मुन्धुमविद)ले विधिपुर्वक पुजाआजा गरी साकेला नाचिन्छ । पुर्वी नेपालको भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, धनकुटा, संखुवासभा, इलाममा मात्रै होइन, राजधानी र भारत, अमेरिका, अष्ट्रेलिया, बेलायत, कोरिया, कतार, यु.ए.ई., हङकङ, जापानलगायत देशहरुमा पनि साकेला धुमधामले नाचिन थालेको छ । साकेला सिली किरात राईहरुको पहिचान र राईहरुलाई एकताको सुत्रमा बाँध्ने साँस्कृतिक अमुल्य निधी भएको किरात राई यायोक्खा, जिल्ला कार्य समिति सुनसरीकी अध्यक्ष कमला राईको भनाई छ ।
युवा सहभागीताले साकेला प्रर्वद्धनमा योगदान पु¥याएपनि किन नाच्छौं भन्ने बुझाउन आवश्यक रहेको उनको ठहर छ । यसको लागि युवाहरुलाई प्रशिक्षण दिएर आफ्नो सँस्कृतिको महत्वप्रति चासो, उत्सुकता बढाउनुपर्ने उनले बताए । ‘हामीलाई मात्रै राम्रो होस भनेर पुजा गर्दैनौं, सारा जीवजन्तु, जगतलाई भलो होस भन्ने कामना गरेर पुजा गछौं । उभौली र उधौलीको मौलिकतालाई बुझ्नुपर्छ’–उनले थपे ।
यस्तै, तायामा खियामा सिलीले कपास टिप्ने, तान बुन्ने, हातले नापेर च्यात्ने, लुगा सिउने जस्ता हाउभाउ दर्शाइरहेको हुन्छ । वाप्मा वामा सिलीले पशुपंक्षी, जनावरले खोर्सेको, क¥याङकुरुङ उडेको अभिनय प्रस्तुत गरिरहेको हुन्छ । पितृ(मुन्धुम) सिलीले चुला पुज्ने, ढोल झ्याम्टा, कुल पितृ पुज्ने तरिका देखाइएको हुन्छ । यायोक्खा जिल्ला अध्यक्ष कमला राईका अनुसार मानव सृष्टि र विकास कसरी भयो भनेर सिलीले प्रस्तुत गरिरहेको हुन्छ । ‘मानव सृष्टि कसरी भयो, खेतीपाती कसरी शुरु भयो र कुल बुझाउने, पितृ पुजा गर्ने मुख्य यी तीन वटा सिली हो, यसैलाई विभिन्न शैली(सिली)मा विकास गरेर साकेला नाचिने गरेको छ’–अध्यक्ष राईले भनिन्–‘७५ वटासम्म सिली प्रर्दशनी भएको पाएका छौं ।’ उनका अनुसार सिली अनुसारको गीत भएपछि मात्र साकेलाको सँस्कृतिक महत्व र मौलिकता झल्कन्छ । सिली लोप हुन नदिन यायोक्खा सुनसरीले ०५७ सालदेखि धरानमा प्रतियोगितात्मक प्राकसस्तरीय बृषमान जसरानी राई साकेला सिली प्रर्दशनी आयोजना गर्दै आइरहेको छ ।
सिन्कौली सेउली सेलेले
नाचीमा जाउ है पेलेले...
सोइ ढोले सोइ
अर्को ढोले खोई ?
अमरले साकेला नाच्न थालेको एक दशक भइसक्यो । अहिले त उनीभन्दा पछिल्लो युवा पुस्ता पनि मौलिक पहिरनमा साकेला मजाले नाच्न थालिसकेका छन् । युवाहरुमा आप्mनो सँस्कृति जोगाउनुपर्छ भन्ने भावनाको विकास भएको छ । त्यही भएर आधुनिक पहिरनमा डान्स पार्टीमा रम्ने तिनै युवा पुस्ता साकेला सिली नाच्न लालयित छन् । ‘डान्स पार्टी, कन्सर्टमा पनि रमाइलो गर्न जान्छौं, तर साकेला हाम्रो सँस्कृति हो नि । यसलाई हामीले नै जोगाउनुपर्छ’–धरान १५ का सनम चाम्लिङ भन्छन् ।
सँस्कृतिप्रतिको मोहकै करण धरान ८, दुर्गापथकी ३५ बर्षीय ममता राईले फरिया र मखमली चोली सिलाइन् । उनले शिरवन्दी, जन्तर, ढुंग्री लगाएर साकेला नाच्न थालेको मात्र ३ बर्ष पुग्यो । ‘पहिला साकेला सिक्न पनि पाएनौं, सिली नआउने भएकोले पछिसम्म लाजले पनि सिकिन’–उनले भनिन्–‘अहिले त सबै नाच्न थाले, म पनि आफ्नो सँस्कृति हो भनेर सिके, अनि ३ बर्ष भो नाच्न थालेको ।’
साकेलाको महत्व
उभौली र उधौली किरातीहरुको महत्वपुर्ण चाड, सँस्कृति हो । किरात राईहरुले बर्षमा दुई पटक प्रकृतिको पुजा गर्छन् । आफ्नो पुर्खाहरुको स्मरण गरेर घरभित्रको पवित्र चुलालाई पुज्छन् । किरातीहरु प्रकृतिलाई सबथोक मान्छन् र पुजा गर्छन् । यस्तै, पुर्खाहरुकै कारण आफ्नो अस्तित्व भएकोले पुर्खाहरुको सम्मान गर्छन् । बैशाखे पुर्णेलाई साकेला उभौली र मंसिरे पुर्णेलाई साकेला उधौली भनिन्छ । मंसिरे पुर्णेमा पाकेको अन्नबाली घरभित्र हुलेपछि आफ्ना पितृहरुलाई चढाएर आफन्तजनसँग भेट गरी नयाँ बाली खाने र हर्षउल्लासले साकेला नाचिन्छ । यसलाई उधौली भनिन्छ । उधौली लागेपछि क¥याङकुरुङ र माछाहरु बेसी झर्छन् ।यस्तै, नयाँ अन्नबाली लगाउने बेला जिमी भुमि, खोला नाला, हावापानी जस्ता प्रकृतिको पुजा गरेर प्राकृतिक प्रकोप नहोस, अन्नबाली सप्रियोस, सबै प्राणीहरुमा सुखशान्ति होस् भन्ने कामना गर्दै बैशाखे पुर्णेदेखि १५ दिनसम्म गाउँघर, टोलछिमेकमा साकेला नाचिन्छ । यसलाई साकेला उभौली भनिन्छ । उभौली लागेपछि बेसी झरेका क¥याङकुरुङ र माछाहरु लेकतिर चढ्छन् । यसले अब बर्षायाम शुरु भएको र खेतीपाती गर्ने समय आएको पनि जनाउ दिन्छ ।
किरात राईहरुको पुख्यौली भुमि, थातथलो रहेको ठाउँ र राई बाहुल्य क्षेत्रमा नाक्छोङ(मुन्धुमविद)ले विधिपुर्वक पुजाआजा गरी साकेला नाचिन्छ । पुर्वी नेपालको भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, धनकुटा, संखुवासभा, इलाममा मात्रै होइन, राजधानी र भारत, अमेरिका, अष्ट्रेलिया, बेलायत, कोरिया, कतार, यु.ए.ई., हङकङ, जापानलगायत देशहरुमा पनि साकेला धुमधामले नाचिन थालेको छ । साकेला सिली किरात राईहरुको पहिचान र राईहरुलाई एकताको सुत्रमा बाँध्ने साँस्कृतिक अमुल्य निधी भएको किरात राई यायोक्खा, जिल्ला कार्य समिति सुनसरीकी अध्यक्ष कमला राईको भनाई छ ।
रुप पक्षमा आकर्षण
डिस्को थेक, डान्सपार्टीतिर रुमल्लिने युवा पुस्ता साकेलामा रमाउन थाल्दा किरात राई यायोक्खाको नेतृत्व खुशी छ । सँस्कृतिप्रति युवाहरुको ध्यान तानिनु आफैमा खुशीको कुरा हो । तर, युवाहरुमा साकेलाको रुप पक्षको मात्र आकर्षण भएकोमा यायोक्खा नेतृत्व चिन्तित पनि छ । खास गरी शहरिया युवाहरु साकेलाको गर्विलो परम्परागत, शैली र महत्वसँग अनभिज्ञ रहेको यायोक्खाका केन्द्रीय सह कोषाध्यक्ष सदर राईको भनाई छ । ‘युवा पुस्ता साकेला नाच्छन्, हाम्रो सँस्कृति हो भन्ने भावना विकास भएको छ, यो खुशीको कुरा हो । तर, युवाहरु साकेलामा आकर्षित हुनु भनेको रुप पक्ष मात्रै हो’–उनले भने–‘सार पक्ष भनेको परम्परा हो, साकेलाको अर्थ, महत्व , परम्परागत शैली के हो भनेर युवाहरुले बुझिसकेको छैन ।’युवा सहभागीताले साकेला प्रर्वद्धनमा योगदान पु¥याएपनि किन नाच्छौं भन्ने बुझाउन आवश्यक रहेको उनको ठहर छ । यसको लागि युवाहरुलाई प्रशिक्षण दिएर आफ्नो सँस्कृतिको महत्वप्रति चासो, उत्सुकता बढाउनुपर्ने उनले बताए । ‘हामीलाई मात्रै राम्रो होस भनेर पुजा गर्दैनौं, सारा जीवजन्तु, जगतलाई भलो होस भन्ने कामना गरेर पुजा गछौं । उभौली र उधौलीको मौलिकतालाई बुझ्नुपर्छ’–उनले थपे ।
साकेलाको ‘सिली’
ढोलको ढ्याङ्कुढ्याङकु र झ्याम्टाको झ्याम्झ्याम आवाजसँगै राई युवायुवतीहरु हातले विभिन्न हाउभाउ देखाउदै साकेला नाच्न थाल्छन् । त्यो हाउभाउलाई सिली भनिन्छ । साकेला नाचलाई सरसर्ति हेर्दा हात हल्लाए जस्तो र खुट्टा यता उता चलाएजस्तो मात्र लाग्न सक्छ । तर, गहिरिएर बुझ्ने हो भने सिलीले मानव सृष्टि र सम्भ्यताको इतिहास कथिरहेको हुन्छ । मानव सृष्टि भएपछि भष्मे खोरिया फाडेर खेतीपाती गर्दा गरिने कामहरुको अभिनय गरी नाचिन्छ । जसलाई सुम्दी सिली, चासुम सिली, सुम्निमा सिली जस्ता विभिन्न नामले पुकारिन्छ । यो सिलीमा भष्मे खोरिया फाडेको, विउ छरेको, धान रोपेको, बाली काटेको, धान झाटेको, उठाएको, सुकाएको, ओखलीमा कुटेको, निफनेको, पकाएर खाएको जस्ता अनेक अभिनय गरिएको हुन्छ ।यस्तै, तायामा खियामा सिलीले कपास टिप्ने, तान बुन्ने, हातले नापेर च्यात्ने, लुगा सिउने जस्ता हाउभाउ दर्शाइरहेको हुन्छ । वाप्मा वामा सिलीले पशुपंक्षी, जनावरले खोर्सेको, क¥याङकुरुङ उडेको अभिनय प्रस्तुत गरिरहेको हुन्छ । पितृ(मुन्धुम) सिलीले चुला पुज्ने, ढोल झ्याम्टा, कुल पितृ पुज्ने तरिका देखाइएको हुन्छ । यायोक्खा जिल्ला अध्यक्ष कमला राईका अनुसार मानव सृष्टि र विकास कसरी भयो भनेर सिलीले प्रस्तुत गरिरहेको हुन्छ । ‘मानव सृष्टि कसरी भयो, खेतीपाती कसरी शुरु भयो र कुल बुझाउने, पितृ पुजा गर्ने मुख्य यी तीन वटा सिली हो, यसैलाई विभिन्न शैली(सिली)मा विकास गरेर साकेला नाचिने गरेको छ’–अध्यक्ष राईले भनिन्–‘७५ वटासम्म सिली प्रर्दशनी भएको पाएका छौं ।’ उनका अनुसार सिली अनुसारको गीत भएपछि मात्र साकेलाको सँस्कृतिक महत्व र मौलिकता झल्कन्छ । सिली लोप हुन नदिन यायोक्खा सुनसरीले ०५७ सालदेखि धरानमा प्रतियोगितात्मक प्राकसस्तरीय बृषमान जसरानी राई साकेला सिली प्रर्दशनी आयोजना गर्दै आइरहेको छ ।
Comments
Post a Comment