प्रमुलाई तेस्रो मिस एसएलसीको ताज(फोटोफिचर)

धरान । तेस्रो टेस्टी टेस्टी मिस एसएलसी २०१६ को उपाधि धरानकी १६ बर्षीय प्रमु गुरुङले जितेकी छिन् । धरान ८ स्थित सभागृहमा शुक्रबार राती सम्पन्न फाइनलमा अन्य ३० प्रतिस्पर्धी भन्दा आफु अब्बल सावित गर्दै गुरुङले ताज पहिरिन सफल भएकी हुन् । उनी धरान १८ स्थित कार्मेल बोर्डिङ स्कुलबाट एसएसली परीक्षा दिएर रिजल्टको पखाईमा छिन् ।
मुख्य निर्णायक रहेकी पुर्व मिस नेपाल वल्र्ड २०१५ इभाना मानन्धरले उपाधि दौडमा रहेका उत्कृष्ट ५ प्रतियोगी छात्राहरुलाई सोधेको प्रश्नमा आत्मविश्वासपुर्ण जवाफले प्रमुलाई ताज पहिराईदियो । निर्णायक मानन्धरले ‘उच्चशिक्षा अध्ययनको लागि नेपाल वा विदेशको कलेज के गुणहरुको आधारमा छनौट गर्नुहुन्छ ? अध्ययन पछि ज्ञानलाई नेपालमा कसरी सदुपयोग गर्नुहुन्छ ?’ भन्ने सोधेकी थिइन् । लिखित जवाफमा प्रमुले भनिन्–‘म नेपालमै कमर्श बिषय पढ्न चाहन्छु र भविष्यमा मेहनती महिला उद्यमी बन्न चाहन्छु । सानैदेखिको मेरो सपना छ, बालबालिका र महिलाको हेल्थ अर्गनाइजेशन खोलेर काम गर्ने । बालबालिका देशका भविष्य हुन्, गरिब सहारविहिन पीछडिएका बालबालिकालाई सेवा गर्न चाहन्छु ।’
उपाधि ताजसँगै प्रमुले नगद ३५ हजार, सिल्ड पाइन् भने धरान उच्चमाविमा पुर्ण छात्रवृत्ति, एक थान आकर्षक मोवाइल सेट पनि पाइन् । उनलाई प्रतियोगिताको प्रायोजक क्वालिटी प्रोडक्टहरुमा ब्राण्ड एम्बेसडरकोरुपमा प्रर्वद्धन गरिने पनि आयोजकले जनाएको छ । प्रमुलाई गत बर्षकी विजेता एलिसा लिम्बुले ताज पहिराइदिएकी थिइन् । भविष्यमा सफल उद्यमी बन्न चाहे पनि प्रमुको गायन, भ्रमण र नयाँ कुराको सिक्ने रुचि हो । उनले गत साता सम्पन्न युनिभर्सल आइकोनअन्र्तगत गायनतर्फ तेस्रो भएकी थिइन् ।
यस्तै, प्रतियोगितामा विष्णु मेमोरियल उच्चमाविबाट एसएलसी दिएकी आश्मा लिम्बु फष्ट रनरअप भइन् भने विष्णुकै श्वेता ढकाल सेकेण्ड रनरअप भइन् । आश्माले ताजसँगै नगद २५ हजार र शिल्ड थापिन् भने श्वेताले नगद २० हजार र शिल्ड पाइन् । दुवैलाई धरान उच्चमाविले ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने आयोजक धरान जेसिजले जनाएको छ । आश्मालाई गत बर्षकी विजेता नेहा प्रधान र श्वेतालाई सुदिक्षा श्रेष्ठले ताज पहिराइदिएका थिए । प्रतियोगिताको फाइनलमा एसएलसी परीक्षा दिएर बसेका ३१ छात्राहरु स्टेजमा उत्रिएका थिए । ती मध्ये उत्कृष्ट १० जना छनौट भए । निर्णायकहरुको प्रश्नको जवाफको आधारमा टप १० बाट पनि उत्कृष्ट ५ जना छनौट भएका थिए । टप ५ मा प्रमु, आश्मा, श्वेतासँगै मिसरन राई र डिना तामाङ परेकी थिइन् ।
उपाधि विजेता प्रमुले मिस क्याटवक, मिस पर्सनालिटी र मिस ब्युटिफुलको टाइटल पनि जितिन् । यस्तै, मिस डिसिप्लीनको टाइटल सुजता राई, मिस फ्रेण्डसिपको टाइटल अनुषा राई, मिस फोटोजेनिकको टाइटल एलिसा श्रेष्ठ, मिस ट्यालेण्टको टाइटल शिखा मोक्तान र मिस बेष्ट ड्रेसको टाइटल प्रिन्जा लिम्बुले हात पारिन् । विजेताहरुलाई मुख्य निर्णायक इभाना मानन्धर, निर्णायकहरु मनु मञ्जिल, श्यामबाबु काब्रा, डाक्टर बिक्रम श्रेष्ठ, प्रमोदरत्न कंसाकार, बराह ज्लेसरी इष्ड्रष्टिज प्रालिका शाखा प्रमुख मानबहादुर दियाली, धरान जेसिजका अध्यक्ष अतुलदिप श्रेष्ठ, क्रिएटिभ डाइरेक्टर दोर्पध्वज राईलगायतले पुरस्कार वितरण गरेका थिए ।




































Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे