वंगुरपालन र कृर्षिमा भूपू लाहुरेहरु
धरान । धरान ८ का ६३ बर्षीय पुन्याबहादुर राई भूपू ब्रिटिश लाहुरे हुन् । स्टाफ सार्जेन्टबाट अवकास पाएका उनको मासिक पेन्सन ५० हजार आउछ । घरपरिवार चलाउन यो पेन्सन पर्याप्त हो । उनीसँग बेलायतको आवासिय भिषा पनि छ । उनका थुप्रै नम्बरी(पल्टनका साथी)हरु बेलायत भासिए । अपवादमा उनी भने स्वदेशमा कृर्षि र वंगुरपालनमा रमाएका छन् ।
करिब ४० बर्ष विदेशमा नोकरी गरेर फर्किएका राईले सर्दु खोला परी धरान २६, माछामारामा ११ कट्टा जमिन खरीद गरेका थिए । ०६५ सालदेखि उनले त्यहाँ वंगुरपालन गरेका छन् । सय भन्दा बढी रुद्राक्षको बोटमा फल लाग्न थालिसकेको छ । तेजपात, कागती, कफी र केरा खेती पनि छ । माछामारा डाँडामा हुर्किएको त्यही बोटविरुवा र वंगुर स्याहार्दै उनी समय कटाउछन् । उनको वंगुर फर्ममा अहिले अढाई सयको हाराहारीमा वंगुर छन् । माउको संख्या मात्र ३० भन्दा बढी छ । त्यहाँ उनको मात्र लगानी ५० लाख नाघिसक्यो ।
पेन्सन थापेर वा बेलायत गएर आरामको जिन्दगी बिताउन छोडेर किन वंगुरपालन र पाखोभित्ता खोस्रिरहनु परेको होला ? जवाफमा भुपु स्टाफ सार्जेन्ट राई भन्छन्–‘४० बर्ष विदेशमा नोकरी गरे, अर्काको लात खाए । अब बाँकी जीवन आफ्नै देशको माटोमा केही गर्नुछ, हाम्रो सन्ततीलाई यही केही गर है भनेर देखाउनु छ ।’ आफ्ना सन्ततीहरु लात खाने गरी विदेशको नोकरीमा नजाउन् भन्ने उनी चाहन्छन् । सोह्र बर्षको उमेरमा ब्रिटिश सेनामा भर्ती भएका राईले १९ बर्ष नोकरी गरेका थिए । अवकाश पाएपछि उनी पुनः जिआरयुबाट ब्रनईमा १२ बर्ष बिताए । पछि, थप ३ महिना अफ्गानिस्तान र अफ्रिकामा पनि २ बर्ष बिताए ।
जीवनको युवा र उर्बर समय विदेशमा बिताएपनि अहिले वंगुरपालन र कृर्षिमा संलग्न हुने भुपु लाहुरेमा पुन्याबहादुर एक्ला भने होइनन् । ०७० मा किरातेश्वर कृर्षि सहकारी संस्था गठन भएपछि अन्य भुपु लाहुरेहरु पनि कृर्षि र पशुपालनमा आकर्षित हुदै गए । सहकारीका ६५ सेयर सदस्यमध्ये ५५ जना जति त भुपु लाहुरेहरु नै छन् । पुन्याबहादुर सहकारीका अध्यक्ष पनि हुन् । सहकारीले माछामारा डाँडास्थित बाहिङ राई उत्थान समाजको करिब ८ बिघा जमिन लिजमा लिएको छ । आवकाश पाएर घर फर्कने बेला कादुरी फाउण्डेशनबाट कृर्षि र पशुपालन सम्बन्धि पाएको तालिमलाई उनीहरुले सदुपयोग गरिरहेका छन् । ‘हाम्रो रिटायर्ड लाइफ हो, ब्रिटिशले पशुपालन र कृर्षिको ज्ञान दिएकै छ । सहकारीमार्फत कृर्षिमा केही गरौं भनेर जुटेका हौं’–कर्पोरलमा अवकास पाएका ५७ बर्षीय गोमबहादुर राईले भने ।
सहकारीले शुरुमा बाख्रा पालन गरेको थियो । अहिले वंगुरपालनमा केन्द्रीत भएर लगानी बढाएको छ । सहकारीको ३ सय बढी वंगुर छ । माउ मात्र ४० वटा बढी छ । बेसार खेती लगाएको तीन बर्ष पुग्यो । बारीमा आप, टिक, खयर, सिमल, मसलाको ४० हजार विरुवा हुर्कदै छ । कागतीको विरुवा १ हजार लगाएपनि पानी अभावले सप्रिएन । हालसम्म सेयर सदस्यहरुबाट ३० लाख र राष्ट्रिय सहकारी बैकको २० लाख रुपैया कृर्षि र पशुपालनमा लगानी भइसकेको सचिव तेजबहादुर राईले बताए । ‘संस्थामा धेरै भुपुहरु हुनुहुन्छ, थोरै संख्यामा मात्र गैर भुपुहरु छांै, उहाँहरु खान नपुगेर आउनु भएको पनि होइन । अरुलाई लाभ होस्, भावी पिढीले सिकुन् भन्ने उहाँहरुको भावना छ’–सचिव राईले भने । करिब ३० बर्ष ब्रिटिश सेना र ब्रुनाई(जिआरयु)मा नोकरी गरेर फर्किएका ५८ बर्षीय सुर्यधन राई सहकारीका कोषाध्यक्ष हुन् । ‘अब जे गछौं, आफ्नै देशमा गछौं । भावी पिढीलाई पनि स्वदेशमै केही गर पनि भन्छौं’–उनी भन्छन्–‘घरमै बसिरहे अल्छै भइन्छ, रोगले च्याप्छ । श्रम गरेर समय सदुपयोग गर्नु उचित हो ।’ उनीहरु आफैले पाखो बारीमा खने, खोस्रिए अनि विरुवा रोपे । बाख्रा र वंगुरको खोर बनाउन पनि आफै खटिए ।
सात प्रदेशको खाकासहित नयाँ संविधान जारी भएपछि चर्किएको मधेश आन्दोलन र नाकाबन्दीले सहकारीको लगानी झण्डै डुब्ने अवस्थामा पुगिसकेको थियो । शुरुवाती बाख्रा पालनले पनि अपेक्षित प्रतिफल दिएको थिएन । मधेश बन्दले चारो नपाउदा खान नपाएर वंगुरहरु सखाप हुने अवस्थामा पुगिसकेको थियो । त्यसबेला केराको बोट पकाएर चारो खुवाएको अध्यक्ष राईले बताए । ‘चारो नपाएर र वंगुर बिक्री नभएर थुप्रै फर्म बन्द भए, हामीले अनेक उपाय रचेर जोगायौं । ४ हजार पर्ने पाठा अरुले ३ सयमै बेच्नुप¥यो, धन्न हामीले त्यसरी बेच्नु परेन’–उनले भने ।
............................................................................
वंगुरलाई सरकारी मापदण्डअनुसार प्रशोधन गर्ने र डिपफ्रिजमा राखेर मासु बिक्री गर्ने उनले सुनाए । ‘हामी मट्टितेल प्रयोग गर्दनौं, पानी तताएर पिल्साउछौं र डिप फ्रिजमा राखेर बिक्री गछौं’–उनले भने । नेपाल सरकारको नीतिअनुसार २४ घण्टा डिप फ्रिजमा राखेर मात्र मासु बिक्री गर्नुपर्ने भए पनि उपभोक्ताहरु त्यस्तो मासु रुचाउदैनन् । डिप फ्रिज सिस्टमलाई उपभोक्ताहरुले रुचाएर प्याकेजिङ गरेर पनि बिक्री गर्ने उनीहरुको योजना छ । वंगुरको ससेज उत्पादन गर्न पनि पहल भइरहेको छ । यस्तै, बेसार र मसलालाई पनि प्रशोधन गरेर बिक्री गर्ने योजना छ । भविष्यमा माछापालन गरेर सिकाई(अध्ययन)स्थलको केन्द्र बनाउने लक्ष्य पनि संस्थाको छ ।
........................................................................
करिब ४० बर्ष विदेशमा नोकरी गरेर फर्किएका राईले सर्दु खोला परी धरान २६, माछामारामा ११ कट्टा जमिन खरीद गरेका थिए । ०६५ सालदेखि उनले त्यहाँ वंगुरपालन गरेका छन् । सय भन्दा बढी रुद्राक्षको बोटमा फल लाग्न थालिसकेको छ । तेजपात, कागती, कफी र केरा खेती पनि छ । माछामारा डाँडामा हुर्किएको त्यही बोटविरुवा र वंगुर स्याहार्दै उनी समय कटाउछन् । उनको वंगुर फर्ममा अहिले अढाई सयको हाराहारीमा वंगुर छन् । माउको संख्या मात्र ३० भन्दा बढी छ । त्यहाँ उनको मात्र लगानी ५० लाख नाघिसक्यो ।
पेन्सन थापेर वा बेलायत गएर आरामको जिन्दगी बिताउन छोडेर किन वंगुरपालन र पाखोभित्ता खोस्रिरहनु परेको होला ? जवाफमा भुपु स्टाफ सार्जेन्ट राई भन्छन्–‘४० बर्ष विदेशमा नोकरी गरे, अर्काको लात खाए । अब बाँकी जीवन आफ्नै देशको माटोमा केही गर्नुछ, हाम्रो सन्ततीलाई यही केही गर है भनेर देखाउनु छ ।’ आफ्ना सन्ततीहरु लात खाने गरी विदेशको नोकरीमा नजाउन् भन्ने उनी चाहन्छन् । सोह्र बर्षको उमेरमा ब्रिटिश सेनामा भर्ती भएका राईले १९ बर्ष नोकरी गरेका थिए । अवकाश पाएपछि उनी पुनः जिआरयुबाट ब्रनईमा १२ बर्ष बिताए । पछि, थप ३ महिना अफ्गानिस्तान र अफ्रिकामा पनि २ बर्ष बिताए ।
जीवनको युवा र उर्बर समय विदेशमा बिताएपनि अहिले वंगुरपालन र कृर्षिमा संलग्न हुने भुपु लाहुरेमा पुन्याबहादुर एक्ला भने होइनन् । ०७० मा किरातेश्वर कृर्षि सहकारी संस्था गठन भएपछि अन्य भुपु लाहुरेहरु पनि कृर्षि र पशुपालनमा आकर्षित हुदै गए । सहकारीका ६५ सेयर सदस्यमध्ये ५५ जना जति त भुपु लाहुरेहरु नै छन् । पुन्याबहादुर सहकारीका अध्यक्ष पनि हुन् । सहकारीले माछामारा डाँडास्थित बाहिङ राई उत्थान समाजको करिब ८ बिघा जमिन लिजमा लिएको छ । आवकाश पाएर घर फर्कने बेला कादुरी फाउण्डेशनबाट कृर्षि र पशुपालन सम्बन्धि पाएको तालिमलाई उनीहरुले सदुपयोग गरिरहेका छन् । ‘हाम्रो रिटायर्ड लाइफ हो, ब्रिटिशले पशुपालन र कृर्षिको ज्ञान दिएकै छ । सहकारीमार्फत कृर्षिमा केही गरौं भनेर जुटेका हौं’–कर्पोरलमा अवकास पाएका ५७ बर्षीय गोमबहादुर राईले भने ।
सहकारीले शुरुमा बाख्रा पालन गरेको थियो । अहिले वंगुरपालनमा केन्द्रीत भएर लगानी बढाएको छ । सहकारीको ३ सय बढी वंगुर छ । माउ मात्र ४० वटा बढी छ । बेसार खेती लगाएको तीन बर्ष पुग्यो । बारीमा आप, टिक, खयर, सिमल, मसलाको ४० हजार विरुवा हुर्कदै छ । कागतीको विरुवा १ हजार लगाएपनि पानी अभावले सप्रिएन । हालसम्म सेयर सदस्यहरुबाट ३० लाख र राष्ट्रिय सहकारी बैकको २० लाख रुपैया कृर्षि र पशुपालनमा लगानी भइसकेको सचिव तेजबहादुर राईले बताए । ‘संस्थामा धेरै भुपुहरु हुनुहुन्छ, थोरै संख्यामा मात्र गैर भुपुहरु छांै, उहाँहरु खान नपुगेर आउनु भएको पनि होइन । अरुलाई लाभ होस्, भावी पिढीले सिकुन् भन्ने उहाँहरुको भावना छ’–सचिव राईले भने । करिब ३० बर्ष ब्रिटिश सेना र ब्रुनाई(जिआरयु)मा नोकरी गरेर फर्किएका ५८ बर्षीय सुर्यधन राई सहकारीका कोषाध्यक्ष हुन् । ‘अब जे गछौं, आफ्नै देशमा गछौं । भावी पिढीलाई पनि स्वदेशमै केही गर पनि भन्छौं’–उनी भन्छन्–‘घरमै बसिरहे अल्छै भइन्छ, रोगले च्याप्छ । श्रम गरेर समय सदुपयोग गर्नु उचित हो ।’ उनीहरु आफैले पाखो बारीमा खने, खोस्रिए अनि विरुवा रोपे । बाख्रा र वंगुरको खोर बनाउन पनि आफै खटिए ।
सात प्रदेशको खाकासहित नयाँ संविधान जारी भएपछि चर्किएको मधेश आन्दोलन र नाकाबन्दीले सहकारीको लगानी झण्डै डुब्ने अवस्थामा पुगिसकेको थियो । शुरुवाती बाख्रा पालनले पनि अपेक्षित प्रतिफल दिएको थिएन । मधेश बन्दले चारो नपाउदा खान नपाएर वंगुरहरु सखाप हुने अवस्थामा पुगिसकेको थियो । त्यसबेला केराको बोट पकाएर चारो खुवाएको अध्यक्ष राईले बताए । ‘चारो नपाएर र वंगुर बिक्री नभएर थुप्रै फर्म बन्द भए, हामीले अनेक उपाय रचेर जोगायौं । ४ हजार पर्ने पाठा अरुले ३ सयमै बेच्नुप¥यो, धन्न हामीले त्यसरी बेच्नु परेन’–उनले भने ।
............................................................................
वधशाला र मासु बिक्री पसल खोल्दै
कृर्षि र वंगुरपालनमा केन्द्रीत भएको सहकारीले माछामारामा नै व्यवस्थित वधशाला तयार गर्दैछ । बिक्री नभएको वंगुरलाई मासुकोरुपमा बिक्री गर्ने उनीहरुको योजना छ । त्यसको लागि धरानको रागा चोकमा ४ वटा कोठा पनि लिइसकेका छन् । अध्यक्ष राईका अनुसार वंगुरको मासु सहुलियत दरमा बिक्री गरिनेछ । उपभोक्ताको स्वास्थ्यप्रति पनि बिशेष ध्यान दिइनेछ ।वंगुरलाई सरकारी मापदण्डअनुसार प्रशोधन गर्ने र डिपफ्रिजमा राखेर मासु बिक्री गर्ने उनले सुनाए । ‘हामी मट्टितेल प्रयोग गर्दनौं, पानी तताएर पिल्साउछौं र डिप फ्रिजमा राखेर बिक्री गछौं’–उनले भने । नेपाल सरकारको नीतिअनुसार २४ घण्टा डिप फ्रिजमा राखेर मात्र मासु बिक्री गर्नुपर्ने भए पनि उपभोक्ताहरु त्यस्तो मासु रुचाउदैनन् । डिप फ्रिज सिस्टमलाई उपभोक्ताहरुले रुचाएर प्याकेजिङ गरेर पनि बिक्री गर्ने उनीहरुको योजना छ । वंगुरको ससेज उत्पादन गर्न पनि पहल भइरहेको छ । यस्तै, बेसार र मसलालाई पनि प्रशोधन गरेर बिक्री गर्ने योजना छ । भविष्यमा माछापालन गरेर सिकाई(अध्ययन)स्थलको केन्द्र बनाउने लक्ष्य पनि संस्थाको छ ।
........................................................................
Comments
Post a Comment