धरानमा अन्तरविद्यालय साइक्लिङ प्रतियोगिता(फोटोफिचर)

धरान । बालबालिका एवं विद्यार्थीहरुमा पनि साइकलप्रति रुचि जगाउने उद्देश्यले धरानमा एक दिने अन्तर विद्यालय साइक्लिङ प्रतियोगिता आयोजना भएको छ । रोट्याक्ट क्लब अफ धरान घोपाअन्र्तगतको इन्ट¥याक्ट क्लब अफ डिपोट स्कुलको आयोजनामा शनिबार डिपोटको खेल मैदानमा टाइम ट्रेल साइकल रेस सम्पन्न भएको हो ।
प्रतियोगितामा सिनियरतर्फ दिल्ली पब्लिक स्कुलका नितिहाङ लिम्बू प्रथम भए । उनले २ ल्याप(८ सय मिटर)को निर्धारित दुरी २ मिनेट ९ सेकेडण्डमा पुरा गरेका थिए । यस्तै, विष्णु मेमोरियल उच्चमाविका मिक्सन लिम्बु दोस्रो भए भने डिपोट उच्चमाविका अर्पण गुरुङ तेस्रो भए । मिक्सनले निर्धारित दुरी २ मिनेट १४ सेकेण्ड र अर्पणले २ मिनेट १८ सेकेण्डमा पुरा गरेका थिए ।
यसैगरि, जुनियरतर्फको प्रतिस्पर्धामा सुनाखरी एकेडेमीका मिकुहाङ राई प्रथम भए । उनले निर्धारित एक ल्याप(४ सय मिटर)को दुरी १ मिनेट ५ सकेण्डमा पुरा गरेका थिए । जेम सेकेण्डरी बोर्डिङ स्कुलका सुसन राई दोस्रो र सियोन इन्टरनेशनल इङ्लिस स्कुलका निखिल तामाङ तेस्रो भएका थिए । सुसनले निर्धारित दुरी १ मिनेट ११ सेकेण्ड र निखिलले १ मिनेट १२ सेकेण्डमा पार गरेका थिए ।
यस्तै, खुला महिलातर्फको स्पर्धामा जेम सेकेण्डरी इङिलस स्कुलकी सुहाना राई प्रथम भइन् । उनले निर्धारित एक ल्याप(४ सय मिटर)को दुरी १ मिनेट ३२ सेकेण्डमा पार गरिन् । साथै, डिपोट उमाविकी आशा राई दोस्रो र डिपोटकै प्रनिसा खतिवडा तेस्रो भइन् । आशाले निर्धारित दुरी १ मिनेट ३३ सेकेण्ड र प्रनिसाले १ मिनेट ३५ सेकेण्डमा पुरा गरेकी थिइन् । विजेता खेलाडीहरुलाई सुनसरी साइक्लिङ संघका अध्यक्ष श्याम तामाङ, साइक्लिष्टहरु वन्दन राई, दिलिप रोनाहाङलगायतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा तीन वटा विधामा कुल २५ विद्यार्थीहरुले भाग लिएका थिए । सिनियरतर्फ कक्षा ९ र १० का १२ जना विद्यार्थीहरु थिए भने जुनियरमा कक्षा ७ र ८ का ७ जना र लेडिजतर्फ ६ जना विद्यार्थीले भाग लिएका थिए ।
विद्यार्थीहरुमा मोटरसाइकल, स्कुटीमा आकर्षण बढ्दै गएकोले साइकलप्रति रुचि जगाउन र एकआपसमा मित्रता बढाउन प्रतियोगिता आयोजना गरेको इन्टर्याक्टका सदस्य उज्वल उरावले बताए । ‘मोटरसाइकल, स्कुटर होइन साइकल चढौं भनेर आह्वान गर्न कार्यक्रम गरेका हौं । स्कुलमा साइकल चलाउने थुप्रै छांै, ती सबै साइक्लिष्टहरुबीच मित्रता गासियोस् भनेर पनि प्रतियोगिता गरेका हौं’–इन्ट¥याक्टका अध्यक्ष सहिल शाहले भने । सुनसरी साइक्लिङ संघका अध्यक्ष श्याम तामाङले स्वास्थ्य र वातावरणमैत्री साइकलमा विद्यार्थीहरुमा आकर्षण बढ्नु ज्यादै खुशीको कुरा भएको बताए ।




















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे