शुक्रबार सुरेश कुमारको एकल साँझ हुने

धरान । संगीत पारखीहरुमाझ मेलोडी किङकोरुपमा परिचित गायक सुरेशकुमार क्षेत्रीको शुक्रबार धरानमा एकल सांगीतिक साँझ हुने भएको छ । नेक्स्ट जेनेरेशनको इभेन्ट मेनेजमेन्टमा शुक्रबार धरान १९ स्थित ब्रिटिश कम्युनिटी हलमा क्षेत्रीको एकल साँझ हुन लागेको हो ।
गायक क्षेत्रीको पुराना फ्यानहरुसँग साक्षात्कार गराउन र नयाँ पुस्तालाई परिचित गराउन कार्यक्रम गर्न लागेको आयोजक संस्थाले जनाएको छ । ‘उहाँलाई मेलोडी किङ भनेर चिनिन्छ, एक समय उहाँको गीतहरु सबैले रुचाउथ्यो । तर, अहिले नयाँ पुस्ताले उहाँलाई त्यति सुन्दैनन्’–कार्यक्रम संयोजक प्रेम क्षेत्रीले भने–‘उहाँको पुराना फ्यानहरुलाई मेलोडीको स्वाद चखाउन र नयाँ पुस्तासँग परिचित गराउन कार्यक्रम गर्न लागेका हौं ।’
गायक क्षेत्रीको यदि भुल भए, प्रिय तिम्रो सम्झना, एउटै संसारमा रहेर पनि, गाजलु ती आखैमा छोपी जस्ता कर्णप्रिय र सदावहार गीतहरु छन् । हाल काठमाण्डौंमा शिक्षण पेशामा रहेका गायक क्षेत्रीको नयाँ एल्वम रिलिज हुने तयारी रहेकोले त्यसको प्रर्वद्धन गर्ने उद्देश्यले पनि एकल साँझ आयोजना गर्न लागेको आयोजक संस्थाका सल्लाहकार किरण श्रेष्ठले जानकारी दिए । ‘खास त पुर्वमा गायक सुरेशकुमारको फ्यान धेरै छन्, उनीहरुलाई एक पटक मेलोडीको स्वाद चखाउनुपर्छ भन्ने हो । रिलिज हुन लागेको एल्वमको प्रर्वद्धन गर्नलाई पनि एकल साँझ गरिएको हो’–उनले भने ।
आयोजक संस्थाका संस्थापक सन्देश लामाका अनुसार गायक क्षेत्रीको एकल साँझ भएपनि गायिका हुर्ष राई र विकेन ल्वागुनको पनि बीच बीचमा प्रस्तुती हुनेछ । गायक क्षेत्रीको लाइभ प्रस्तुतीमा नयाँ र पुरानो गरि दुई दर्जन जति गीतहरुले फ्यानहरुलाई मुग्ध पार्नेछन् । उनलाई ब्याक अपमा धरान संगीत प्रतिष्ठानका कलाकारहरुले साथ दिनेछन् । एक हजार र जोडीको लागि १ हजार ६ सय टिकट दर रहेको जानकारी दिदै आयोजकले स्रोताहरुलाई टेवल, कुर्सीमा बसेर खाने, सुन्ने सुविधा दिइने संस्थापक लामाले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे