एक खुट्टाले साइकल चलाउने यमलाल
धरान । उनले साइकल चलाएको देख्नेहरु छक्कै पर्छन् । रोकेर कुरा गर्छन्, सेल्फी खिच्छन् । कसैले त उपहार पनि दिन्छन् । साइकल चलाउनु सामान्य हो, तर सुदुरपश्चिम कैलाली जिल्लाको लम्की–चुवा नगरपालिका २, लम्की बजारका ३८ बर्षीय यमलाल रसाइलीले साइकल चलाएको देख्दा जो कोही अचम्मित हुन्छन् ।
खासमा उनी एक खुट्टाले मात्र साइकल चलाउछन् । त्यो उनको बाध्यता हो । दाहिने खुट्टाको तीघ्रा मुनिको भाग छैन । करिब ४ बर्षको उमेरमा उनको दाहिने खुट्टा काट्नु परेको थियो । सवल व्यक्तिलाई त साइकल चलाउन सजिलो हुन्न । तर, उनी एक खुट्टाको मद्दतले सडकमा मजाले साइकल गुडाउछन् । न बैशाखीको सहरा चाहिन्छ, न कोही व्यक्तिको । उनी मनले चाहेको ठाउँमा पाइडल मार्दै सजिलै पुग्छन् । सुदुरपश्चिमका तिनै साइक्लिष्ट अहिले धरान, इटहरीको सडकमा पाइडल मारिरहेको भेटिन्छ । ‘बाध्यताले साइकल चलाउन थालेको थिए तर अहिले साइक्लिङ मेरो हबि हो । मेरो पहिचान नै साइकलले दिएको छ’–रसाइली भन्छन्–‘साइकलले मेरो जीवनमा धेरै उतावचढाव ल्यायो । बैशाखीको सहारामा हिड्दा कठैवरा भन्थे,साइकलमा हिड्दा भने अहो भन्छन्, सबैको माया पाएको छु, बाटोमा रोकेर सोध्छन्, उपहार दिन्छन् ।’
उनी कैलालीबाट शनिबार सुनसरी आइपुगेका थिए । विश्व वातावरण दिवसको अवसरमा उनी धरानका साइक्लिष्टहरुसँग चेतनामुलक कार्यक्रममा सहभागी भए । त्यसो त उनले ०५९ सालमा साइकलबाट नै नेपालको ३३ जिल्ला भ्रमण गरिसकेका छन् । त्यसबेला उनी विभिन्न पहाडी जिल्ला हुदै राजधानी पुगे । त्यहाँबाट पुर्वी नाका काकडभिट्ट पनि आएका थिए । अपांग व्यक्तिलाई परिवार र समाजले अपहेलना गर्ने गरेको उनको पनि गुनासो छ । ‘अपंग छ भने परिवारले पनि सदस्य नमानिदिने, अनि समाजले पनि साथ नदिएपछि आफै खुम्चिएर, गुम्सिएर बस्नुपर्ने अवस्था बन्छ’–उनी भन्छन्–‘तर, परिवार र समाजको साथ अनि वातावरण पायो भने अपांगले गर्न नसक्ने केही छैन ।’ उनी यही सन्देश छर्न पनि निरन्तर साइकल चलाउछन् ।
यमलालका अनुसार उनले थुप्रै साइक्लिङ च्याम्पियनसिपमा पनि सपांगहरुसँगै सहभागिता जनाइसकेका छन् । सुन्दरीजल, टोखा र बुढानिलकष्ठ हुदै नुवाकोटसम्को २७ किलोमिटर च्याम्पियनसिपमा उनले भाग लिएका थिए । केही च्याम्पियनसिपमा त ८÷१० सपांगलाई पनि आफुले पछि परेको उनले सुनाए । उनले प्रोत्साहन पुरस्कार पनि पाएका थिए ।
अहिले उनी काठमाण्डौंको मण्डला ग्रुपका सेराप शेर्पाले दिएको माउण्टेन बाइक चढ्छन् । साइकललाई नियन्त्रणमा राख्न खुट्टा नभएको पाइडलमा डेढ किलो तौल बाँधेका छन् । ‘उकालोमा केही अफ्ठ्यारो हुन्छ । तराईतिर एक दिनमा एक सय २० किलोमिटरसम्म यात्रा गरेको छुँ’–उनले भने ।
उनले कटिङ पसल चलाएका छन् । सिलाई बुनाई तालिम दिन्छन् । उनी सामाजिक कार्यमा पनि सक्रिय छन् । अपांग चेतना समाज सस्थाको कोषाध्यक्ष छन् । उनी ०५९ सालमा साइकलमा नेपाल भ्रमणमा निस्कदा विभिन्न ठाउँमा सहयोग पाएका थिए । बचेको ४२ हजार रुपैयाको कोष खडा गरेका छन् । उनी धरानबाट अपांग व्यक्तिहरुको लागि ट्राइ साइकल लगेर संस्थाबाट वितरण गर्छन् । कोषको ब्याजबाट बिग्रिएको ट्राइ साइकल मर्मत गरिदिन्छन् । यसपटक ६ वटा ट्राइ साइकल लैजादैछन् । सहयोग माग्दै उनी कोष बढाउने अभियानमा पनि छन् ।
...............................................................
उनी १९ बर्षको थिए । नेपाल अपांग संघबाट सिलाई कटाई तालिम लिएका थिए । प्रशिक्षकको काम पनि पाए । लम्कीबाट ४० किलोमिटर टाढाको धनगढी शहरमा कोठा लिएर बस्नु पर्यो । शुक्रबार घर आउथे । एक दिन उनी अलिक ढिला भए, गाडी हिड्न लागेको थियो । ढोकामा चढ्नै लाग्दा उनलाई घचेटेर खसाइदियो । त्यो घटनाले उनलाई आफु साँच्चै कमजोर छु कि भन्ने पीडा दियो । काकाको साइकल पसल थियो । बाध्यताले उनी साइकल चलाउन सिके । त्यसपछि साइकलमा डुल्न थाले ।
महिनामा एक पटक ४० किलोमिटर साइकलबाटै घर आउजाउ गर्थे । ‘त्यो नमिठो घटनाले आफैलाई चिन्ने मौका पाए, अनि आफ्नो कमजोरी हटाउनतिर लागे’–विगत सम्झदै यमलालले भने–‘साइकल सिकेपछि त घर नि साइकलबाटै गर्न थाले । बाटोमा अचम्म मान्दै हेर्थे, हौसला दिन्थे ।’ एक अमेरिकी अपांग व्यक्ति नक्कली खुट्टाको मद्दतले सगरमाथा चढेको खबरले पनि उनलाई साइकलबाट आफ्नो परिचय बनाउने प्रोरणा दियो । पुष्कर शाह साइकल मार्फत विश्व यात्रामा निस्केको खबरले पनि उनलाई साइकल मोह बढाइदियो । बैशाखीमा हिड्दा अपांगहरुलाई सबैले कठैबरा भन्छन् । त्यसले मनभित्र हिनताबोध जन्माउने रसाइलीको भनाई छ । अपांगहरुलाई हिनताबोधबाट मुक्त गर्न र आत्मविश्वास बढाउन साइकल चढ्न सिकाउनुपर्ने उनको धारणा छ ।
...................................................................................
खासमा उनी एक खुट्टाले मात्र साइकल चलाउछन् । त्यो उनको बाध्यता हो । दाहिने खुट्टाको तीघ्रा मुनिको भाग छैन । करिब ४ बर्षको उमेरमा उनको दाहिने खुट्टा काट्नु परेको थियो । सवल व्यक्तिलाई त साइकल चलाउन सजिलो हुन्न । तर, उनी एक खुट्टाको मद्दतले सडकमा मजाले साइकल गुडाउछन् । न बैशाखीको सहरा चाहिन्छ, न कोही व्यक्तिको । उनी मनले चाहेको ठाउँमा पाइडल मार्दै सजिलै पुग्छन् । सुदुरपश्चिमका तिनै साइक्लिष्ट अहिले धरान, इटहरीको सडकमा पाइडल मारिरहेको भेटिन्छ । ‘बाध्यताले साइकल चलाउन थालेको थिए तर अहिले साइक्लिङ मेरो हबि हो । मेरो पहिचान नै साइकलले दिएको छ’–रसाइली भन्छन्–‘साइकलले मेरो जीवनमा धेरै उतावचढाव ल्यायो । बैशाखीको सहारामा हिड्दा कठैवरा भन्थे,साइकलमा हिड्दा भने अहो भन्छन्, सबैको माया पाएको छु, बाटोमा रोकेर सोध्छन्, उपहार दिन्छन् ।’
उनी कैलालीबाट शनिबार सुनसरी आइपुगेका थिए । विश्व वातावरण दिवसको अवसरमा उनी धरानका साइक्लिष्टहरुसँग चेतनामुलक कार्यक्रममा सहभागी भए । त्यसो त उनले ०५९ सालमा साइकलबाट नै नेपालको ३३ जिल्ला भ्रमण गरिसकेका छन् । त्यसबेला उनी विभिन्न पहाडी जिल्ला हुदै राजधानी पुगे । त्यहाँबाट पुर्वी नाका काकडभिट्ट पनि आएका थिए । अपांग व्यक्तिलाई परिवार र समाजले अपहेलना गर्ने गरेको उनको पनि गुनासो छ । ‘अपंग छ भने परिवारले पनि सदस्य नमानिदिने, अनि समाजले पनि साथ नदिएपछि आफै खुम्चिएर, गुम्सिएर बस्नुपर्ने अवस्था बन्छ’–उनी भन्छन्–‘तर, परिवार र समाजको साथ अनि वातावरण पायो भने अपांगले गर्न नसक्ने केही छैन ।’ उनी यही सन्देश छर्न पनि निरन्तर साइकल चलाउछन् ।
यमलालका अनुसार उनले थुप्रै साइक्लिङ च्याम्पियनसिपमा पनि सपांगहरुसँगै सहभागिता जनाइसकेका छन् । सुन्दरीजल, टोखा र बुढानिलकष्ठ हुदै नुवाकोटसम्को २७ किलोमिटर च्याम्पियनसिपमा उनले भाग लिएका थिए । केही च्याम्पियनसिपमा त ८÷१० सपांगलाई पनि आफुले पछि परेको उनले सुनाए । उनले प्रोत्साहन पुरस्कार पनि पाएका थिए ।
अहिले उनी काठमाण्डौंको मण्डला ग्रुपका सेराप शेर्पाले दिएको माउण्टेन बाइक चढ्छन् । साइकललाई नियन्त्रणमा राख्न खुट्टा नभएको पाइडलमा डेढ किलो तौल बाँधेका छन् । ‘उकालोमा केही अफ्ठ्यारो हुन्छ । तराईतिर एक दिनमा एक सय २० किलोमिटरसम्म यात्रा गरेको छुँ’–उनले भने ।
उनले कटिङ पसल चलाएका छन् । सिलाई बुनाई तालिम दिन्छन् । उनी सामाजिक कार्यमा पनि सक्रिय छन् । अपांग चेतना समाज सस्थाको कोषाध्यक्ष छन् । उनी ०५९ सालमा साइकलमा नेपाल भ्रमणमा निस्कदा विभिन्न ठाउँमा सहयोग पाएका थिए । बचेको ४२ हजार रुपैयाको कोष खडा गरेका छन् । उनी धरानबाट अपांग व्यक्तिहरुको लागि ट्राइ साइकल लगेर संस्थाबाट वितरण गर्छन् । कोषको ब्याजबाट बिग्रिएको ट्राइ साइकल मर्मत गरिदिन्छन् । यसपटक ६ वटा ट्राइ साइकल लैजादैछन् । सहयोग माग्दै उनी कोष बढाउने अभियानमा पनि छन् ।
...............................................................
बाध्यताले चढे साइकल
यमलाल करिब ४ बर्षका थिए । उनको दाहिने तीघ्रा क्र्याक भयो । बुबा भारतमा थिए । परिवार निम्न वर्गको थियो । केही दिनसम्म धामीझाक्री लगाइयो । तीघ्रामा काम्रो बाँधियो । पछि अञ्चल अस्पताल पुर्याउदा खुट्टा काम लाग्ने भएन । तीघ्रा मुनिको भाग काटियो ।उनी १९ बर्षको थिए । नेपाल अपांग संघबाट सिलाई कटाई तालिम लिएका थिए । प्रशिक्षकको काम पनि पाए । लम्कीबाट ४० किलोमिटर टाढाको धनगढी शहरमा कोठा लिएर बस्नु पर्यो । शुक्रबार घर आउथे । एक दिन उनी अलिक ढिला भए, गाडी हिड्न लागेको थियो । ढोकामा चढ्नै लाग्दा उनलाई घचेटेर खसाइदियो । त्यो घटनाले उनलाई आफु साँच्चै कमजोर छु कि भन्ने पीडा दियो । काकाको साइकल पसल थियो । बाध्यताले उनी साइकल चलाउन सिके । त्यसपछि साइकलमा डुल्न थाले ।
महिनामा एक पटक ४० किलोमिटर साइकलबाटै घर आउजाउ गर्थे । ‘त्यो नमिठो घटनाले आफैलाई चिन्ने मौका पाए, अनि आफ्नो कमजोरी हटाउनतिर लागे’–विगत सम्झदै यमलालले भने–‘साइकल सिकेपछि त घर नि साइकलबाटै गर्न थाले । बाटोमा अचम्म मान्दै हेर्थे, हौसला दिन्थे ।’ एक अमेरिकी अपांग व्यक्ति नक्कली खुट्टाको मद्दतले सगरमाथा चढेको खबरले पनि उनलाई साइकलबाट आफ्नो परिचय बनाउने प्रोरणा दियो । पुष्कर शाह साइकल मार्फत विश्व यात्रामा निस्केको खबरले पनि उनलाई साइकल मोह बढाइदियो । बैशाखीमा हिड्दा अपांगहरुलाई सबैले कठैबरा भन्छन् । त्यसले मनभित्र हिनताबोध जन्माउने रसाइलीको भनाई छ । अपांगहरुलाई हिनताबोधबाट मुक्त गर्न र आत्मविश्वास बढाउन साइकल चढ्न सिकाउनुपर्ने उनको धारणा छ ।
...................................................................................
Comments
Post a Comment