धरान प्रवेशस्थलमा सफाई(फोटोफिचर)

धरान । फोहोर र झाडीले धरान प्रवेशस्थलको सौन्दर्य बिगारेको भन्दै एक्स्ट्रीम धरानले तीनकुने क्षेत्रमा सरसफाई गरेको छ । विश्व वातावरण दिवसको अवसरमा आइतबार एक्स्ट्रीम धरानसम्बद्ध युवाहरुले सफाई अभियान गरेको हो ।
उनीहरुले फोहोर संकलन गर्नुका साथै कोशी राजमार्गको दायाँ बाँया किनारमा उम्रिएको वनमारा र विभिन्न लहराको झाडीहरु फाडेका थिए । करिब २ सय मिटरसम्म बिहान ७ बजेदेखि मह्यान्ह १२ बजेसम्म युवाहरुले सफाई गरे । तीनकुने चेकपोष्ट दक्षिण राजमार्ग दायाँ बाँयामा झाडी उम्रिएको कारण सर्वसाधारणहरुले घरको फोहोर फाल्ने गरेका छन् । जसले यो क्षेत्रको सौन्दर्य बिग्रनुका साथै दुर्गन्धित पनि बनाएको छ । सफाई अभियानमा एक्स्ट्रीमआवद्ध साइक्लिङ संघ, राइडर्स एण्ड एमटिबि जोन, धराने फोटोग्राफी, इष्र्टन रोयल इन्फिल्डर्स, स्टाटिक्स एण्ड इन्ग्रेभर्सलगायत समुहका प्रनिनिधिहरु सहभागी थिए ।
यस्तै, रुपान्तरण नेपालकी अध्यक्ष सविता राईले पनि सफाई कार्यक्रममा साथ दिएको थियो । धरानको प्रवेशस्थल फोहोर देखिएकोले वातावरण दिवसको अवसरमा सफाई कार्यक्रम गरेको एक्स्ट्रीमका अध्यक्ष लेखमणी जिमीले बताए । ‘यो क्षेत्र धरान प्रवेशस्थल हो । झाडी र फोहोरले गर्दा धरान घुम्न आउनेहरुलाई नराम्रो छाप बस्छ । त्यसैले वातावरण दिवसको अवसर पारेर सफाई गरेका हौं’–उनले भने । मुख्य सडकलाई सफा बनाईराख्न नियमितरुपमा सफाई अभियान चलाउनेबारे संस्थाले छलफल गर्ने पनि उनले बताए ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे