धान दिवसमा प्लटिङको चिन्ता, पानवारीमा रोपाईको उल्लास(फोटोफिचर)


धरान । दशकअघिसम्म धरान २३ पानवारीका भैरवप्रसाद सुवेदी अढाई बिघा जग्गा अधिया लिएर खेती गर्थे । धान पनि मनग्यै फलाउथे । केही बर्षयता भने उनको अधिया जग्गा घटेर १६ कट्ठा मात्र रह्यो । यो बर्ष पनि उनले बिउ त राखेका छन्, तर धान रोप्न पाउछु कि पाउदिन भन्नेमा उनी ढुक्क छैनन् ।
उनी ढुक्क हुन नसक्नुमा अधिया कमाइरहेको खेतमा प्लटिङ गर्ने चर्चा भइरहेको छ । अढाई बिघा अधिया कमाउने उनी गत बर्षसम्म १६ कट्ठामा झर्नुमा पनि प्लटिङकै कारण थियो । यो बर्ष त त्यही जग्गा पनि रोपाई गर्न हातबाट उम्केला जस्तो उनलाई भइरहेको छ । ‘बिउ त राखेको छु, प्लटिङ गर्ने भन्दैछन् । रोप्न पाउछु कि पाउदिन थाह छैन’–असार १५ कै दिन हलो जोत्दै भेटिएका सुवेदीले भने । उनको आफ्नै २ कट्टा जग्गा छ । उनी त्यही गोरु दाउदै थिए । ‘प्लटिङले खेत जति सक्ने भयो, पुजी हुनेलाई पो राम्रो, हामीजस्ता नहुनेले के गरी खानु ? उब्जनी नहुुदा महंगी पनि बढ्छ’–उनले चिन्ता जताए ।
बुधबार देशभर राष्ट्रिय धान दिवस मनाउदै गर्दा खेतीयोग्य उर्बर भुमि प्लटिङले मासिदै गएकोप्रति चिन्तित हुने कृषक सुवेदी एक्ला भने होइनन् । धरान २३ पानवारीमा दोस्रो रोपाई महोत्सव चलिरहदा अधिकांशले खेती योग्य जमिनमा प्लटिङ हुन नदिन सरकार र स्थानीय निकायले आवश्यक नीति तर्जुमा गर्न पनि आग्रह गरेका छन् । ‘कृर्षिप्रधान देश हो भनिरहने तर विदेशबाट खाद्यान्न आयात गरिरहने र प्लटिङ गरेर खेत बाझै छोडिरहने हो भने हामी कसरी आत्मनिर्भर हुन्छौै?’–साविक पाँचकन्या गाविसका पुर्वअध्यक्ष एवं एमाले जिल्ला उपाध्यक्ष रमेश बस्नेतले भने–‘प्लटिङले धेरै असर गर्दैछ । जग्गा जमिन घडेरीमा बिक्री गर्ने र बाँझो राख्ने चलन निरुत्साहित गर्नुपर्छ । राज्यले, स्थानीयस्तरमा नगरपालिकाहरुले नीति बनाएर रोक्न सक्छ ।’
पानवारी ब्राण्डको चामल उत्पादन हुने क्षेत्र हो धरान २३ । यहाँको पानवारी चामल मिठो, स्वादिलो हुने भएकोले बजारमा माग पनि छ । हाल धरानको २३ वडामा साविक पाँचकन्या गाविसको ३ वटा वडा थियो । त्यहाँ करि ६ सय ३० बिघा अर्थात ४ सय १० हेक्टर क्षेत्रफल खेतीयोग्य भुमि थियो । गाविस धरान उपमहानगरपालिकामा गाभिएपछि भने जग्गा व्यापार मौलायो । प्लटिङले उर्बर भुमि बाँझो छोड्नेक्रम बढेको छ । पुर्व गाविस अध्यक्ष बस्नेत अहिले ५० हेक्टर जतिमा प्लटिङ भएको अनुमान गर्छन् । सहभागी कृर्षि सहकारी संस्था, धरान २३ का अध्यक्ष इश्वर लामिछाने पानवारी क्षेत्रका ३० प्रतिशत जग्गा घडेरीमा परिणत भइसकेको भन्दै चिन्ता व्यक्त गर्छन् । बाँकी उर्बर भुमि पनि प्लटिङले मासिने हो कि भनेर चिन्तत हुदै उनले भने–‘कृर्षि योग्य जमिन नमासौं, त्यहाँ प्लटिङ होइन धानै उमार्नुपर्छ ।’ अग्र्यानिक खेतीका अभियन्ता कृष्ण राई पनि वस्ती कहाँ बसाउने भनेर सरकारले टुंगो लगाएपछि उर्बर भुमिलाई भुगोल, वातावरण अनुकुल कृर्षिजन्य वाली लगाउने व्यवस्था गर्नुपर्ने बताए ।
...................................................................................................

                                        रोपाई महोत्सवको उल्लास

राष्ट्रिय धान दिवसको अवसरमा धरान २३ स्थित सहभागी कृर्षि सहकारी संस्थाको आयोजनामा बुधबार पानवारीमा दोस्रो रोपाई महोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाले स्थानीय लक्ष्मी प्रसाद घिमिरेको १४ कट्ठा जमिनमा सामुहिक रोपाई गरेको हो । संस्थाले गत बर्षदेखि असार १५ मा रोपाई महोत्सव गर्दै आइरहेको छ ।
रोपाईमा स्थानीय गाउँलेहरुको उत्साहजनक सहभागीता भएको थियो । संस्थाको कार्यालय र जग्गाधनिको घरमा पुजा गरी स्थानीयहरु पञ्चेबाजासहित रोपाइस्थलमा पुगेका थिए । गाउँघरमा यस्तो सामुहिक रोपाईलाई वेठी भनिन्छ । जिल्ला कृर्षि सहकारी संघका सचिव नरेश इवारम प्रमुख अतिथि थिए । रोपाईको क्रममा एकअर्कामा हिलो छ्याप्दै रोपाहाहरुले रमाइलो गरेका थिए ।
























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे