किरातेश्वर कृर्षि सहकारीको खोर पुजा(फोटोफिचर)


धरान । भुपु लाहुरेहरुको नेतृत्वमा सञ्चालित किरातेश्वर कृर्षि सहकारी संस्थाले सोमबार खोर पुजा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले धरान २६, माछामारास्थित आफ्नो कृर्षि एवं पशुपालन क्षेत्रमा पुजा कार्यक्रम सम्पन्न गरेको हो ।
पुजा कार्यक्रममा पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गोपाल किराती पनि सहभागी थिए । आफन्तको लगानी भएकोले उनी त्यहाँ स्थलगत भ्रमणमा आएका थिए । सहकारीले सोमबार तीन छुट्टाछुट्टै स्थानमा नाग पुजा, सिहंदेवी थान पुजा र सन्सारी पुजा गरेको थियो । पुजाको क्रममा सिंहदेवी थानमा खसी र सन्सारीमा कुखुरा वली चढाइएको थियो ।
०७० मा किरातेश्वर कृर्षि सहकारी संस्था भुपु लाहुरेहरुले स्थापना गरेका हुन् । सहकारीमार्फत उनीहरुले कृर्षि र पशुपालनमा लगानी गरेका छन् । सहकारीका ६५ सेयर सदस्यमध्ये ५५ जना भुपु लाहुरे हुन् । सहकारीका अध्यक्ष पुन्याबहादुर राईका अनुसार सहकारीले माछामारा डाँडास्थित बाहिङ राई उत्थान समाजको करिब ८ बिघा जमिन लिजमा लिएर वंगुरपालन र विभिन्न फलफुल, मसला, वेसारलगायत खेती गरेको छ । सहकारीको ३ सय बढी वंगुर छ । माउ मात्र ४० वटा बढी छ । बारीमा आप, टिक, खयर, सिमल, मसलाको ४० हजार विरुवा हुर्कदै गरेको सचिव तेजबहादुर राईले बताए ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे