फुटसलको उपाधि होटल व्यावसायीलाई


धरान । व्यावसायिक समुहबीच भएको झरना बचत फुटसलको उपाधि धरानको होटल व्यवसायी संघले जितेको छ । धरान १८ स्थित बुढासुब्बा फुुटसलमा सोमबार राती सम्पन्न फाइनलमा हाडवेयर र कस्मेटीक व्यावसायीको टिमलाई ९–४ गोलअन्तरले हराउदै होटल व्यावसायी संघले उपाधि जितेको हो । जितसँगै होटल व्यावसायीले नगद २० हजार, ट्रफी, प्रमाणपत्र र ट्रयाक सुट हात पारेको छ । उपविजेता हार्डवेयर कस्मेटिक टिमले नगद १० हजार, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउनु पर्यो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी होटल व्यवसायीका तर्फबाट मनोज लिम्बु घोषित भए । उनले नगद २ हजार थापे । प्रतियोगितामा जिल्ला सहकारी संघका उपाध्यक्ष नरेश इवारम,झरना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र परालीले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरेका थिए । झरना वचत तथा ऋण सहकारी संस्थाले पाँचौ बर्ष पूरा गरी छैठौ बर्षमा प्रवेश गरेको अवसरमा फुटसल प्रतियोगितामा आयोजना भएको थियो । धरानमा रहेका व्यापारी, व्यवसायी र व्यापारिक प्रतिष्ठानबीच सुमधुर सम्बन्ध राख्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको झरनाका प्रबन्धक तथा प्रतियोगिताका संयोजक मानबहादुर मगरले बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे