मिस पुर्वाञ्चलको ताज कृर्तिकालाई(फोटोफिचर)


धरान । शनि अर्जुन नगरपालिका ७, झापाकी १९ बर्षीय कृर्तिका गिरीले मिस पुर्वाञ्चल २०१६ को ताज पहिरिएकी छिन् । धरान ८ स्थित सभागृह हलमा शनिबार राती सम्पन्न सुन्दरी प्रतियोगितामा १९ प्रतियोगीहरुमध्ये आफुलाई अब्बल सावित गर्दै उनले मिस पुर्वाञ्चलको ताज पहिरिएकी हुन् । दुई चरणबाट उत्कृष्ट ५ मा छनौट भएका प्रतियोगीहरुलार्य मुख्य निर्णायक जिल्ला अदालत सुनसरीका न्यायाधिश अर्जुन कोइरालाले प्रश्न सोधेका थिए,–‘तपाईले नेपालकी महिला राष्ट्रपतिसँग केही घण्टा भेट गर्ने अवसर पाउदा के कस्ता बिषय उठाउनुहुन्छ र किन ?’
पाँच मिनेटको समयमा कृर्तिकाले यस्तो उत्तर लेखेकी थिइन्,–‘नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने अवसर पाउदा अहिलेसम्म भुपकम्प पीडितहरुले किन राहत पाएको छैन भन्ने बिषय उठाउछु । भुकम्प पीडितहरुले राहतको आशमा बसेको हप्ता, महिना र बर्षौं बितिसक्यो । उनीहरुप्रति ध्यान दिनुप¥यो र तत्काल राहत दिनुप¥यो भन्छु ।’ गत बर्षको बैशाख १२ र २९ गतेको महाभुकम्प पीडित नेपालीको अवस्थाप्रति चिन्तित हुदै कृर्तिकाले दिएको यो जवाफले उनलाई मिस पुर्वाञ्चलको ताज पहिराएको थियो ।
उनले ताजसँगै यामाहा फेसिनो स्कुटी हात पारिन् भने एक साताको बैंकक भ्रमणको अवसर पनि पाइन् । साथै, उनलाई होटल एशोसिएशन भेडेटारले पर्यटन सद्भावना दुत पनि घोषणा गरेको छ । विजेता कृर्तिकालाई नृत्य र कुकिङमा रुचि छ । उनलाई गत बर्षकी विजेता प्रियंका श्रेष्ठले ताज पहिराइदिएकी थिइन् । उनले वेष्ट पर्सनालिटीको टाइटलसँगै थप नगद १० हजार पनि पाइन् । यसैगरि, धरान ४ की ममता कार्की फष्ट रनरअप हुदै नगद ५१ ह्जार हात पारिन् । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ पेशामा छिन् । उनलाई गत बर्षकी विजेता अनु राईले ताज पहिराइदिएकी थिइन् । यस्तै, धरान १० की १८ बर्षीय इक्सा मादेन सेकेण्ड रनरअप हुदै नगद ३१ ह्जार थापिन् । उनलाई गत बर्षकी विजेता प्रमिशा बज्रचार्यले ताज पहिराइदिएकी थिइन् । इक्साले मिस चार्मिङको टाइटलसहित थप नगद १० हजार पनि पाइन् ।
फाइनलमा १९ प्रतियोगीहरुमध्ये टप १० हुदै टप ५ छनौट गरिएका थियो । टप ५ मा कृर्तिका, ममता र इक्सासँगै दिपिका कार्की र अपेक्षा ढुंगाना पनि छनौट भएकी थिइन् । प्रतियोगितामा सृर्जना राना मगरले मिस वेष्ट वाक, अनु श्रेष्ठले मिस पब्लिक च्वाइस, सृष्टी आचार्यले मिस ट्यालेण्ट, अपेक्षा ढुंगानाले मिस फ्रेण्डसिप, मिरा दुमी राईले मिस हेल्थ र अस्मिता खड्गीले मिस फोटोजेनिकको टाइटल जितिन् । उनीहरु सबैले नगद १० हजार थापे ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे