बाढी आउदा ढुंगा टिप्नेको लर्को(फोटोफिचर)

सर्दु उर्लेर आउदा मनमा ढुंगा टिप्ने लालसा बोकेर छटपटिने चन्द्रबहादुर एक्ला भने होइनन् । बर्षा कम भएपछि सर्दुमा ढुंगा टिप्नेहरुको लस्कर हुन्छ । आसपासका वस्तीबाट सयौं स्थानीयहरु बाढीले बगाएर ल्याएको ढुंगा संकलन गर्न पुग्छन् । त्यसरी ढुंगा संकलन गर्नु गैरकानुनी हो । धरानको सर्दु खोला चुरे क्षेत्रमा पर्छ । चुरे क्षेत्रमा ढुंगा, मिसगिट्टी संकलन तथा उत्खनन गर्न प्रतिबन्ध छ । असार १ गतेदेखि भदौसम्म सबै खोलाबाट ढुंगा, मिसगिट्ट िसंकलनमा रोक छ । तर, स्थानीयलाई कानुनले छेक्दैन । ढुंगा टिप्न पाइदैन भनेर स्थानीयलाई रोक्न पहल गर्ने सरकारी निकाय त्यहाँसम्म पुग्दैनन् । ‘हामीलाई त बाढी आउदा राम्रो पो हुन्छ, बाढीले ढुंगाहरु बगाएर ल्याउछ, त्यो टिप्छौं र बेच्छौ । बिक्री नभएको गिट्टी कुट्छौं’–चन्द्रबहादुरले भने ।

खोलाको ढुंगा टिपेर तत्काल स्थानीयलाई आर्थिकरुपमा लाभ पुग्छ । तर, त्यसले खोला गहिरिने, दायाँ बाया कटान गरेर क्षति पु¥याउने जस्ता जोखिम बढ्छ । ‘ढुंगा ननिकाल्ने हो भने बाढीले वालुवा, गिट्टी बगाएर लैजादैन र जथाभावी कटान गर्ने जोखिम पनि हुदैन । बर्षेनी तारजाली लगाइरहनुपर्ने बाध्यता पनि हुदैन’–किरातेश्वर कृर्षि सहकारी संस्थाका अध्यक्ष एवं पुर्व गोर्खा लाहुरे पुन्याबहादुर राई भन्छन्–‘ढुंगा टिप्न रोक्नको लागि सम्बन्धित निकायहरुले चासो दिएको देखिदैन ।’
Comments
Post a Comment