आज मिस एसएलसीको फाइनल

धरान । एसएलसी परीक्षा दिएर बसेका छात्राहरुमा अन्तरनिहित क्षमता अभिवृद्धि गराई समाजमा प्रस्तुत गराउने उद्देश्यले जारी तेस्रो टेस्टी टेस्टी मिस एसएलसी २०१६ को आज(शुक्रबार) फाइनल हुदैछ । आयोजक धरान जेसिजले बिहिबार कार्यक्रस्थल सभागृहमा अन्तिम पत्रकार सम्मेलन गर्दै ग्राण्ड फाइनलको सम्पुर्ण तयारी पुरा भइसकेको जानकारी दिएको छ ।
अडिशन पश्चात छनौट भएका प्रतियोगीहरुको क्षमता बढाउन विभिन्न तालिमहरुमा सहभागी गराएको आयोजकले जनाएको छ । ‘फाइनलको सबै तयारी पुरा भइसकेको छ । सहभागीहरुलाई विभिन्न तालिम, अन्र्तक्रियामा सहभागी गराएर उनीहरुको आत्मविश्वास बढाउने, प्रतिभालाई अझ तिखार्ने काम भएको छ’–क्रिएटिभ डाइरेक्टर दोर्पध्वज राईले भने–‘सामाजिक कार्य, व्यावसायिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठानमा अन्र्तक्रिया र पर्यटन प्रर्वद्धनलगायतमा पनि सहभागी गरायौं ।’
जेसिजले अडिशनबाट छनौट भएका ३१ छात्राहरुलाई जेठ ७ गतेदेखि विभिन्न तालिम दिलाएको थियो । प्रचारप्रसार संयोजक अतुल श्रेष्ठका अनुुसार ¥याम्प वर्क, क्याट वक, स्टेज कभर, उद्घोषणकला, प्रभावकारी भाषणकला, वेसि मेकअप, समय व्यावस्थापन, सकरात्मक सोचाई अभिवृद्धि, स्वयं आत्मरक्षा, योगा, जुम्बालगायत तालिम दिइएको थियो । यस्तै, फोटोसेसन, विगतका विजेताहरुसँग अन्र्तक्रिया, क्वालिटी औद्योगिक ग्राम, बराह कम्प्लेक्स, शैक्षिक प्रतिष्ठान भ्रमण र पर्यटन प्रर्वद्धनको लागि भेडेटार भ्रमण तथा पर्यटन गोष्ठी, सोताङ अग्र्यानिक एग्रीकल्चर रिसर्च सेन्टर भ्रमण गराएको उनले बताए ।
मुख्य विजेताले ताजसँगै नगद ३५ हजार, सिल्ड पाउनेछन् भने धरान उच्चमाविमा पुर्णछात्रवृत्ति, एक थान आकर्षक मोवाइल सेट र क्वालिटी प्रोडक्टहरुमा ब्राण्ड एम्बेसडरकोरुपमा प्रर्वद्धन गरिने आयोजकले जनाएको छ । यस्तै, फष्ट रनरअपले ताजसहित नगद २५ हजार र सेकेण्ड रनरअपले ताजसहित नगद २० हजार पाउने अध्यक्ष अतुलदिप श्रेष्ठले जानकारी दिए । फष्ट रनरअप र सेकेण्ड रनरअपलाई पनि धरान उच्चमाविले ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनेछ । यसबाहेक, प्रतियोगितामा मिस ट्यालेण्ट, मिस ब्युटिफुल, मिस फ्रेण्डसिप, मिस क्याटवक, मिस फोटोजेनिक, मिस डिसिप्लीन, मिस वेष्ट ड्रेसअप र मिस पर्सनालिटीको पनि अवार्ड दिइने आयोजकले जनाएको छ । ‘मिस एसएलसी नगद पुरस्कारमा भन्दा पनि सहभागीहरुको क्षमता अभिवृद्धिमा बढी फोकस भएको कार्यक्रम हो’–क्रिएटिभ डाइरेक्टर राईले भने ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे