करातेमा शिक्षा सदन टिम च्याम्पियन


धरान । राष्ट्रपति रनिङ शिल्डअन्र्तगतको जिल्लास्तरीय अन्तरविद्यालय कराते छनौट प्रतियोगितामा धरानको शिक्षा सदन उच्चमावि प्रथम भएको छ । सुनसरी जिल्ला खेलकुद विकास समितिको धरानस्थित कवर्डहलमा आइतबार सम्पन्न प्रतियोगितामा कुल ४ स्वर्ण पदक जितेर शिक्षा सदन प्रथम भएको हो ।
प्रतियोगितामा २ स्वर्ण जितेको धरानकै शिक्षा निकेतन उमावि दोस्रो बन्यो भने एक स्वर्ण जितेको पञ्चायत(दन्तकाली) मावि तेस्रो भयो । छनौट प्रतियोगितामा शिक्षा सदनको लागि पुरुषतर्फ ४७ केजी तौल समुहमा मनोज बिक, ४३ केजी तौलमा मौषम राई र महिलातर्फ ४० केजी तौल समुहमा रुविना राईले स्वर्ण पदक जितेका थिए । यस्तै, कातातर्फ मनोज बिकले शिक्षा सदनलाई थप एक स्वर्ण दिलाए भने ४५ केजी तौल समुहमा रक्षा राईले एक रजत पदक दिलाइन् ।


यसैगरि, दोस्रो बनेको शिक्षा निकेतनको लागि दुवै स्वर्ण इन्द्रमाया तामाङले जितिन् । उनले ५० केजी तौल समुहमा र कातातर्फ एक÷एक स्वर्ण जितेकी थिइन् । प्रतियोगितामा तेस्रो बनेको पञ्चायत(दन्तकाली)लाई ५२ केजी तौल समुहमा सुवास राईले स्वर्ण दिलाए । यस्तै, महिलातर्फ ५० केजी तौल समुहमा निशाम राई र ४० केजी तौल् समुहमा अस्मिता राईले रजत पदक दिलाएकी थिइन् । प्रतियोगितामा धरानकै ल्याबोरेटरी माविका आशिका तामाङले पनि ४५ केजी तौल समुहमा आफ्नो विद्यालयलाई एक स्वर्ण दिलाएक थिइन् ।


विजेता खेलाडीहरुलाई सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङबाङ, बिशेष अतिथि अनुप लामा, नेपाल सितेरियो कराते संघ सुनसरीका अध्यक्ष एवं कार्यक्रम संयोजक कुबेर राईलगायतले ट्रफी, मेडल र प्रमाणपत्र बाँडेका थिए । संयोजक राईका अनुसार छनौट प्रतियोगितामा प्रथम भएर स्वर्ण पदक जितेका खेलाडीहरुले बैशाख १० गते लाहानमा हुने क्षेत्रीय छनौट प्रतियोगितामा भाग लिने अवसर पाएका छन् । राष्ट्रपति रनिङ शिल्ड अन्र्तगतनै अघिल्लो दिन(शनिबार) सोही कवर्ड हलमा आयोजित जिल्लास्तरीय अन्तर विद्यालय तेक्वान्दो छनौट प्रतियोगितामा भने दुई तेक्वान्दो संघबीचको विवादले खेलाडी छनौट हुन सकेको थिएन । विवाद समाधान गर्न दुवै पक्षबीच सहमति नभएसम्म तेक्वान्दो छनौट स्थगित भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे