पूर्वफुटबलरद्धारा सुनसरी महिला फुटबल टिमलाई सहयोग


धरान । सुनसरी जिल्लाको महिला फुटबल टिमलाई पूर्व महिला फुटबलरले जर्सी सहयोग गरेकी छन् । साथै, धरान मोडेल कलेजका पाँच छात्राहरुले फुटबल प्रदान गरेका छन् ।
पूर्वफुटबलर सुष्मा लिम्बूले सुनसरी टिमलाई १८ थान जर्सी सहयोग गरेकी हुन् । सुनसरी टिम अभ्यासरत धरान १८ स्थित डिपोट उमाविको मैदानमा पुगेर फुटबलर लिम्बूले जर्सी प्रदान गरिन् । धरान ८ स्थायी घर भएकी उनी ७ बर्षदेखि भने हङकङमा छिन् । आफ्नो समयमा जस्तो महिला फुटबलरहरुलाई जर्सी अभावको पीडा भोग्नु नपरोस् भनेर सहयोग गरेको पूर्वखेलाडी लिम्बूले बताइन् । ‘हामीले फुटबल खेल्दा एकै खालको जर्सी थिएन, पुरुष खेलाडीको जर्सी लगाएर खेल्नु पथ्र्यो’–जर्सी प्रदान गरेपछि उनले नागरिकसँग भनिन्–‘अहिले खेल्न नसकेपनि फुटबलप्रति माया छ, त्यसैले जर्सी सहयोग गरेकी हुँ ।’ उनले भविष्यमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

पूर्वफुटबलर लिम्बू ०६० देखि ०६३ सालसम्म सुनसरी जिल्लाको महिला टिमकी महत्वपुर्ण सदस्य थिइन् । उनी मैदानमा स्ट्राइकरको भुमिकामा खेल्थिन् । उनले जिल्लाको प्रतिनिधित्व गर्दै थुप्रै प्रतियोगितामा भाग लिएको पूर्वखेलाडी एवं हालकी सनसरी महिला टिमकी प्रशिक्षक भगवती राना बताउछिन् । ‘उनी एकदमै राम्रो खेलाडी हुन्, थुप्रै प्रतियोगितामा वेष्ट प्लेयर भएकी थिइन्’–प्रशिक्षक रानाले भनिन–‘उनको सहयोगले खेलाडीहरुलाई धेरै हौसला मिल्छ, खेल्न थप जाँगर मिल्छ ।’
यसैगरि, सोही मैदानमा पुगेर धरान मोडेल कलेजकी छात्राहरु ताकिहाङ्मा राई, मौषम लिम्बू, फेमी लिम्बू, पदमा लिम्बू र स्मृति लिम्बूले पनि २ वटा फुटबल प्रदान गरेका थिए । महिला खेलाडीहरुलाई हौसला प्रदान गर्न सहयोग गरेको उनीहरुले बताए ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे