पूर्वराजा ज्ञानेन्द्र शाह धरानमा(फोटोफिचर)


धरान । धार्मिक तथा राजनीतिक उद्देश्य लिएर पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक यात्राको क्रममा नयाँ बर्षको पहिलो दिन सोमबार धरान आइपुगेका छन् ।
पूर्वराजा शाह सुनसरीको चतराधाममा जारी कुम्भ मेलामा सहभागी हुन धरान आइपुगेका हुन् । कुम्भमा सहभागी हुन र मठमन्दिरको दर्शन गर्न भनिएपनि उनी नेपाललाई हिन्दु धर्म कायम राख्नुपर्ने उद्देश्यले आयोजित कुम्भ मेलामा समर्थन जनाउन आएका हुन् । कुम्भ मेला लगाउनुको धार्मिक र राजनीतिक दुवै हिसाबले महत्व राख्छ । दोस्रो जनआन्दोलनको सफलता र नेपालमा गणतन्त्र स्थापना भएपछि राजतन्त्र समाप्ती भएर नागरिक बनेका पूर्वराजालाई पुनः शक्तिमा फर्काउन चाहनेहरुको स्वार्थ पनि गासिएको छ । नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेकोमा असन्तुष्ट हिन्दु धर्मावलम्बीहरु जुनसुकै हालतमा नेपाललाई हिन्दु राष्ट्र कायम बनाउन उद्दत छन् । राजालाई विष्णुको अवतार मान्ने हिन्दु धर्मावलम्बीहरुको लागि पूर्वराजाको आगमन प्रेरक बन्नेछ ।

पूर्वराजा ज्ञानेन्द्रले सोमबार धरानकै निर्वाणा कन्ट्री क्लब एवं गल्फमा रात बिताउनेछन् । त्यहाँ उनको स्वागतमा सोमबार राती साँस्कृतिक कार्यक्रम पनि हुनेछ । मंगलबार बिहानै भने उनी कुम्भ मेलामा सहभागी हुन चतराधाम जानेछन् । कुम्भमेलामा शाहलाई अभिनन्दन गरिने कार्यक्रम रहेको छ भने बराहक्षेत्रस्थित कोका र कोशी नदीको संगममा पुगेर शाही स्नान गर्ने कार्यक्रम रहेको छ । उनी सोमबार सिमराबाट आफ्ना समर्थकहरुको साथमा धरान आइपुगेका हुन् । धरान आउने क्रममा उनलाई भव्य स्वागत गरिएको थियो ।
पूर्वराजा धरान आउने खबर पाएपछि सर्वसाधारणहरु हातमाल फुलमाला लिएर स्वागत गर्नेहरुको घुइचो थियो । धरान प्रवेश गरेपछि शाहले लांघाली चोकदेखि वरगाछीसम्म करिब अढाई सय मिटरसम्म पैदल यात्रा गरे । साथै, वरगाछीस्थित सिद्धिदात्री भगवती मन्दिरमा पसेर केहीबेर पूजासमेत गरेका थिए । शाहको स्वागतमा राप्रपा नेपाल र शाहीकालका सहयोगी(राजावादी)हरुले भव्य तयारी गरेका थिए । लांघाली चोकदेखि शाहको स्वागतमा सडकमा रेडकार्पेटसमेत बिछ्याइएको थियो । शाह गाडीबाट ओर्लने बित्तिकै जयजयकारको नारा लगाइएको थियो । शाह आफ्ना सहयागी एव समर्थकहरुको साथमा ३ दर्जन बढी गाडीको लस्करका साथ धरान आएका थिए । उनको पैदल यात्राको क्रममा सडकमा घुइचो हुँदा आधा घण्टा सवारी जाम भएको थियो ।























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे