पूर्वाञ्चल स्टार २ मा १५ प्रतियोगी छनौट

धरान । युवा गायन प्रतिभाहरुको खोजी गर्न सञ्चालन भइरहेको पूर्वाञ्चल स्टार–२ को सातौं चरणेको अडिशनबाट १५ जना प्रतियोगीहरु छनौट भएका छन् । धरान १२, चतरालाइनस्थित सुनाखरी एकेडेमीको हलमा सोमबार आयोजित स्पर्धाबाट उत्कृष्ट १५ जना प्रतियोगीहरु छनौट भएका हुन् ।
सातौं चरणमा विभिन्न जिल्लाका १८ प्रतियोगीहरु सहभागी थिए । छनौट हुन सफल हुनेहरुमा उदयपुरबाट टिकाराम राई, निरज राई, राकेश माले, मुकेश घतानी र पुष्पराज बस्याल गरि पाँच जना छन् भने सुनसरीबाट कौशिला लिम्बू, हिमाली सुब्बा र उत्तम राई छन् ।
यसैगरी,संखुवासभाका वसन्त याक्खा र राज कटवाल, झापाका सञ्जिता गुरागाई, तेह्रथुमका हरि लुइटेल, धनकुटाका विश्वास तामाङ पनि छनौट हुन सफल भएका छन् । साथै, भोजपुरबाट रामध्वज राई र ताप्लेजुङबाट प्रकृति थलङ चयन हुन सफल भएकी छिन् ।
सातौं चरणको स्पर्धाबाट तेह्रथुमका ऋतुराज लिम्बू, धनकुटाका उपेन्द्र चेम्जोङ र झापाका सन्तोष रसाइली असफल भए । सातौं चरणको स्पर्धामा गायक ए.पी.शेर्पा निर्णायक थिए । प्रतियोगीहरुलाई ५० प्रतिशत एसएमएस भोटिङ र ५० प्रतिशत निर्णायकको मतको आधारमा छनौट गरिएको आयोजक पूर्वाञ्चल वगिना कलाकेन्द्रले जनाएको छ । उत्कृष्ट १५ मा छनौट हुन सफल प्रतियोगीहरुको आठौं चरणको स्पर्धा जेठ पहिलो साता आयोजना हुने कार्यक्रम संयोजक तथा गायक भक्तिराज राईले जानकारी दिए ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे