डाउनहिल राइडर फुर्वाको इन्डोनेशिया जाने चाहना


धरान । करिब साढे पाँच महिनाअघि इन्टरस्कुल नेशनल च्याम्पियन सामुयल धरान आएका बेला डिपोट उच्चमाविमा साइक्लिङको कला(स्टण्ड) प्रर्दशन गरेका थिए । उनको कला हेर्ने सयौं विद्यार्थीमध्ये एक थिए, कक्षा ८ का फुर्वा लामा ।
सामुयलको साइक्लिङ कला देखेपछि उनको मन त्यतै तानियो । तत्काल अभिभावकलाई भनेर उनले माउण्टेन बाइक पनि किने । साइक्लिङप्रति आकर्षित भएको छोटो अवधिमा चौथो राष्ट्रिय डाउनहिल च्याम्पियनसिपमा जुनियरतर्फ तेस्रो पनि भए । च्याम्पियनसिपमा तेस्रो भएपछि १२ बर्षीय लामाले इन्डोनेसियामा हुने एसियन च्याम्पियनसिपमा भाग लिने अवसर पनि पाएका छन् । आगामी अक्टोवरमा हुने एसियन च्याम्पियनसिपमा नेपाल साइक्लिङ एशोसिएशन(एनसिए)ले उनीसहित पहिलो र दोस्रो हुनेलाई पठाउनुपर्छ । तर,एशोसिएशनले पठाउछ भन्नेमा भने उनी ढुक्क छैनन् । ‘आफ्नै खर्चमा त जान सक्दिन, च्याम्पियनसिपमा भाग लिने ठुलो इच्छा छ, एनसिएले पठाउछ कि भन्ने आशा चाहि छ’–डाउनहिल राइडर फुर्वाले भने–‘जान पाए भने यहाँको भन्दा राम्रो गर्छु, टप १० भित्र आउन सके भने पनि वल्र्ड र्यांकिङमा पर्नसकिन्छ भन्ने आशा छ ।’

मार्च १५ मा काठमाण्डौंको हात्तिवनमा भएको च्याम्पियनसिपमा उनी तेस्रो भएका हुन् । साढे पाँच महिनाको अवधिमा दोस्रो पटकको सहभागीतामा उनले यो सफलता हात पारेका हुन् । एनसिएले आयोजना गरेको च्याम्पियनसिपमा उनले ३ मिनेट ४० सकेण्डमा निर्धारित अढाई किलोमिटरको डाउनहिलको दुरी पार गरेका थिए । नेपालमा हुने च्याम्पियनसिपमा सहभागी हुन उनलाई सहयोग गर्दै आएको ग्रिनह्विल्स साइकल शो रुमले एसियन च्याम्पियनसिपमा पनि सहभागी हुन सहयोग गर्ने आश्वासन दिएको छ । ‘एनसिएले नपठाएपनि ग्रिनह्विल्सले प्रायोजन खोजिदिने भनेकोले जान पाउछु कि भन्ने आशा छ’–उनले भने । ग्रिनह्विल्सका प्रमुख हेम लिम्बूले लामालाई एसियन च्याम्पियनसिपमा पठाउन संस्थाको तर्फबाट पनि सहयोग गर्ने र प्रायोजन पनि खोज्ने बताए । ‘च्याम्पियनसिपमा भाग लिदा आप्mनो क्षमता र अन्र्तराष्ट्रियस्तरमा नेपाललाई चिनाउने अवसर हो, त्यसैले भाई(फुर्वा)लाई पठाउन प्रायोजन खोज्दैछौं, हामी पनि सहयोग गछौं’–उनले भने ।
साक्लिङमा डाउनहिल विधा जोखिमपुर्ण मानिन्छ । तर, साइक्लिङ शुरु गरेको केही समयमा नै यी किसोरले त्यही जोखिमपुर्ण विधा रोजे । डाँडाको टुप्पोबाट जम्प गर्दै साइकल कुदाउनु नै हाउन हिल विधा हो । ग्रिनह्विल्स साइकल शो रुममा भिडियो क्लिप हेरेपछि आफुलाई त्यही विधा मन परेको फुर्वाको बताउछन् । डाउन हिलप्रतिको उनको चाहनालाई साइकल सिटि अभियन्ता एवं आफ्नै स्कुलका शिक्षक दिपक राईले थप मलजल गरिदिए । उनी विदाको समयमा शिक्षक राईसँग कहिले पञ्चकन्या जंगल, कहिले डिपोट बाइक पार्क त कहिले आशो आश्रम ट्रेलमा डाउनहिलको अभ्यास गर्न पुगिहाल्छन् । ‘साइकल त जसले पनि कुदाउछ, तर रिस्क मोलेर कुदाउन मलाई मज्जा लाग्छ’–उनी भन्छन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे