प्रथम अन्र्तराष्ट्रिय लिम्बू सम्मेलन शुरु(फोटो फिचर)

धरान । लिम्बूहरुको पहिचान र प्रतिष्ठानको लागि नारा दिएको तीन दिवसीय प्रथम अन्र्तराष्ट्रिय लिम्बू सम्मेलन बिहिबारदेखि धरानमा शुरु भएको छ ।
किरात याक्थुङ चुम्लुङले रजत जयन्तीको सन्दर्भ पारेर आयोजित सम्मेलनको संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले गरेका थिए । धरान १० स्थित सैनिक भवनमा आयोजित सम्मेलनमा विश्वभर छरिएका रहेका लिम्बूहरुको प्रतिनिधिमुलक सहभागीता रहेको छ । सम्मेलनमा देश र विदेशबाट कम्तीमा २ सय ८० जना विभिन्न लिम्बू बिषयका विज्ञ, बिशेषज्ञहरुको सहभागीता रहेको चुम्लुङले जानकारी दिएको छ ।
विभिन्न कारणले विश्वका विभिन्न मुलुकमा पुगेता पनि लिम्बूहरुको मौलिक साँस्कृति, पहिचान र प्रतिष्ठालाई कायम राख्न एकरुपता दिलाउने उद्देश्यले अन्र्तराष्ट्रिय सम्मेलन गरिएको चुम्लुङको भनाई छ । सम्मेलनमा नेपालको सन्दर्भमा लिम्बुहरुको पहिचान र प्रतिष्ठा,लिम्बु परम्परा र संस्कारहरु, लिम्बु सास्कृतिक पहिचानजन्य विशेषताहरु, याक्थुङ मुन्धुम दर्शन, लिम्बु भाषा र साहित्य, लिम्बुहरुको अन्तराष्ट्रिय सम्बन्ध बिस्तार संयन्त्र, इतिहासलगायत विविध बिषयमा बसह, छलफल हुने महासचिव लीला सिङ्गक लिम्बूले बताइन् । ‘हाम्रो भाषा, लिपि, धर्म, कला, साहित्य, संस्कृति, इतिहासको संरक्षण, संवद्र्धन, विकास र अधिकार प्राप्तिको लागि साझा एकताको आधार तयार गर्ने उद्देश्य हो’–महासचिव लिम्बूले भनिन् ।
चुम्लुङका अनुसार हाल नेपालमा ३ लाख ८७ हजार जनसंख्या रहेको तथ्यांक छ । यसबाहेक, भारतको सिक्किम, मेघालय, असमलगायत क्षेत्रमा ३ लाख, वर्मामा ६० हजार र थाइल्याण्डमा २५ हजारको संख्यामा लिम्बूहरु रहेको अनुमान छ । यस्तै, हङकङ, बेलायत, अमेरिका, मलेसियालगायत मुलुकमा पनि ठुलो संख्यामा उनीहरुको बसोबास रहेको छ । सम्मेलनमा ती सबै मुलुकमा रहेका लिम्बूहरुबीच संस्थागत एवं प्रतिनिधिमुलकरुपमा अनुभव आदानप्रदान हुनेछ भने सम्बन्ध विस्तार गर्न एक संयन्य पनि तयार गरिने चुम्लुङले जनाएको छ । सम्मेलनमा भारत, बेलायत, हङकङ, कारिया, जापान, कतार, इजराइललगायत मुलुकबाट ८० भन्दा बढी लिम्बू विज्ञहरु सहभागी छन् ।
कार्यक्रममा देश विदेशबाट आएका डेढ दर्जन विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् र, त्यसमा गहन बहस हुनेछ । कार्यपत्रको सहजीकरण पुर्वकुलपति तीलविक्रम नेम्बाङ (बैरागी काइला)ले गर्नेछन् । सम्मेलनले लिम्बुहरुलाई अन्र्तराष्ट्रिय स्तरमा संस्थागत र संगठित हुन वातावरण सृजना गर्ने केन्द्रीय अध्यक्ष उत्तमसिंह थाम्देनले बताए ।
..................

                                     मुलुक पछि फर्कदैन: नेम्बाङ


संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्ले पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता र समावेशीताबाट मुलुक पछि फर्कन नसक्ने बताएका छन् । तीन दिने पहिलो अन्र्तराष्ट्रिय लिम्बू सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेम्बाङले ती बिषयहरुको आधार तय भइसकेकोले मुलुक पछि फर्कन नसक्ने धारणा राखेका हुन् ।
अघिल्लो संविधानसभाले गरेका निर्णयहरुको स्वामित्व लिने बारे राजनीतिक दलहरुले प्रतिवद्धता जनाइसकेकोले पनि यी बिषयमा मुलुक पछि नर्फकने जिकिर गरे । अघिल्लो संविधानसभाले थुप्रै काम गरेर उपलब्धी हासिल गरेपनि दलहरुले संस्थागत गर्न भने चुकेको उनले बताए । हाल संविधानसभा अपुर्ण रहेको उल्लेख गर्दै उनले चाडै २६ जना सभासद मनोनित गर्न पनि आग्रह गरे । मनोनित कोटामा हाल संविधानसभामा प्रतिनिधित्व नभएका अल्पसंख्यक, पिछडिएका जाति, वर्ग र समुदायको प्रतिनिधित्व गराउन पनि आफुले प्रधानमन्त्रीलाई सुझाएको उनले खुलाए । पूर्वमा उठेको लिम्बूवान स्वायत्तताको माग कुनै एक जाति वा संगठनको मात्रै नभएर मुलुको नै विषय बस्तु भएको उनको धारणा थियो । लिम्बूवानको मागलाई कुनै एक समुदायको लागि मात्रै नभएको उनले बताए ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे