काटा नहुदा हुण्डीमुण्डीमा खसी, बाख्राको कारोबार
धरान । धनकुटाको आहाले ५ हर्दिया गाउँबाट ८ वटा खसी लिएर धरान झरेका दिलिप र कृष्ण राईको शुक्रबार बिहान मुश्किलले ६ वटा खसी बिक्री भयो । बाँकी दुई वटा खसी बिक्री गर्न भने उनीहरुलाई हम्मे पर्यो ।
धरान १३ स्थित साप्ताहिक खसी बाख्रा बजारमा दुवैसँग भेट हुदा व्यापारीले २ वटा खसीको दाममा चर्को मोलमोलाई(दलाली) गरिरहेका थिए । खसी व्यापारी १५ हजारमा दुईटा खसी बिक्री गर्न कर गरिरहेका थिए । दिलिप र कृष्ण भने २० हजार भन्दा तल नझर्ने अडानमा थिए । त्यही बजारमा सुनसरीको भरौल ३, कालाबञ्जारका बलबहादुर थापाले कम्तीमा ६५ किलो अनुमान गर्दै आफ्नो बोका बिक्री गरे, तर पछि डिजिटल काँटामा जोख्दा बोकोको तौल ९७ किलो पुग्यो । शुरुमा ६० हजार मुल्य राखेका थापाले अन्त्यमा ३९ हजारमै बोका बिक्री गरेका थिए ।
यी दुई उदाहरण धरानको कृर्षि उपज बजारस्थलअन्र्तगत प्रत्येक शुक्रबार हाट लाग्ने खसी बाख्रा बजारमा पशुपालक किसान र व्यापारीहरुबीच हुने चर्को मोलमोलाई(दलाली) को नमुना हो । यो बजारमा सुनसरीको विभिन्न गाउँ र अन्य पहाडी जिल्लाबाटसमेत किसान तथा गाउँलेहरु खसी,बाख्रा बिक्री गर्न आउछन् । तर, बजारमा तौल नापेर खसी, बाख्रा बिक्री गर्न नपाउदा अनुमान(हुण्डीमुण्डी)को भरमा बिक्री गर्न बाध्य हुन्छन् । तौलेर किनबेच गर्ने चलन नहुदा व्यापारी र किसानबीच चर्को मोलमोलाई(दलाली) हुने गर्छ । धेरै मोलमोलाईले कतिपयको खसी, बाख्रा बिक्री नै हुदैन । त्यही खसीको मासु भने मासु व्यापारीले तौलेर बिक्री गर्छन् ।
‘अन्दाजी यति किलो होला भनेर बेच्नु पर्छ, कुनै बेला त धेरै नोक्सानी हुन्छ’–धनकुटाका दिलिपले भने । उनका अनुसार गाउँघरमा पनि हुण्डीमुण्डी(अनुमान)कै भरमा खसी,बाख्रा बिक्री हुन्छन् । गाउँघरमा कृर्षिजन्य उत्पादनहरु सबै तौलेर खरीदबिक्री हुदा किसानलाई नोक्सानी हुदैन । तर, खसी,बाख्राको तौल अनुमानकै भरमा बिक्री गर्दा व्यापारीलाई मात्रै धेरै फाइदा पुग्ने उनले बताए । ‘अदुवा,कोपी,आलु सबै तौलेर बिक्री गछौं । खसी, बाख्रामा पनि काटा(तौल) गरेर बिक्री गर्न पाए राम्रो हुन्थ्यो’–उनले थपे । सुनसरीको झुम्कामा मासु पसल खोलेका महम्मद इम्तिहाज पनि जोखेर बिक्री गर्ने व्यवस्था भए धेरै दलाली गर्नु नै नपर्ने बताउछन् । ‘जोखेर किन्दा कसैलाई पनि घाटा हुदैन, बजारमा जे भाउ छ त्यसैअनुसार बिक्री हुन्छ, दलाली पनि हुदैन’–उनले भने ।
यो साप्ताहिक बजारमा सुनसरीको विभिन्न शहर, गाउँबाट मात्र नभई मोरङ र कोशी पारी उदयपुरको मैनामैनीबाट पनि खसी, बाख्रा बिक्री गर्न ल्याउने गर्छन् । यहाँ सबैभन्दा बढी धनकुटा जिल्लाबाट खसी,बाख्रा बिक्री गर्न ल्याउने गरेको कृर्षि उपज बजार स्थलले जनाएको छ । धरानमा किनबेच हुने खसी, बाख्रा अधिकांश काकडभिट्टा नाका हुदै भारततर्फ निकासी हुनेगर्छ भने स्थानीय बजारमा पनि खपत हुने गर्छ । बजारमा प्रतिकिलो ६ सय रुपैयाले बिक्री हुने खसीको मासु ज्युदोमा भने अनुमान गरेर बढीमा साढे ४ सय रुपैयाको दरमा खसी, बाख्रा बिक्री हुन्छ ।
कृर्षि उपजका व्यवस्थापक लक्ष्मण भटराई किसान र व्यापारी दुवैलाई मर्का नपर्ने गरि खसी,बाख्रा बजारमा डिजिटल काँटा आवश्यक भएको बताउछन् । यसको लागि जिल्ला पशु सेवा कार्यालयमार्फत पशु सेवा विभागमा र हेफर नामको संस्थासँग कुराकानी भइरहेको उनले बताए । ‘जोखेर किनबेच हुन सक्यो भने किसान, व्यापारी र उपभोक्तालाई पनि मर्का पर्दैन’–भटराईले भने–‘हुण्डीमुण्डीमा किनबेच हुदा व्यापारीहरु मिलेर कार्टेलिङ पनि गर्न सक्छन्,धेरै दलाली हुदा कतिको बिक्री पनि हुदैन ।’
...........
कारोबार २० प्रतिशतले बढ्ने संकेत
कृर्षि उपज बजारस्थलका अनुसार गत आर्थिक बर्षको तुलनामा यो बर्ष खसी,बाख्राको कारोबार २० प्रतिशतले बढ्ने संकेत गरेको छ । चालु आर्थिक बर्षमा सेवा शुल्क वापतको आम्दानी बढेकोले कारोबार पनि २० प्रतिशतले बढ्ने कृर्षि उपजले जनाएको छ ।
व्यवस्थापक लक्ष्मण भटराईका अनुसार गत आर्थिक बर्ष ०६९÷७० मा १० करोड ६० लाख ८८ हजार ५ सय ४० रुपैया बराबारको खसी,बाख्राको कारोबार भएको थियो । जुन तौलको हिसाबले ३ सय ४९ मेट्रिक टन हुनआउछ । त्यही आर्थिक बर्षमा सेवा शुल्कवापत कृर्षि उपजले अढाई लाख आम्दानी गरेको थियो । तर, चालु आर्थिक बर्षमा चैत मसान्तसम्म नै सेवा शुल्क ३ लाख नाघिसकेको छ । ‘आर्थिक बर्ष सकिन अझै बाँकी छ, त्यसैले अहिलेसम्मको सेवा शुल्कबाट भएको आम्दानी हेर्दा यो बर्ष २० प्रतिशतले कारोबार बढने अनुमान गरेको छौं’–व्यावस्थापक भटराईले भने ।
कृर्षि उपजले खसी एक रात बास राखेवापत प्रतिगोटा ५ रुपैया शुल्क लिने गरेको छ । यस्तै, बिक्री भएपछि पाठाको प्रतिगोटा २० रुपैया, बाख्राको प्रतिगोटा २५ रुपैया र खसीको प्रतिगोटा ३० रुपैया सेवा शुल्क लिने गरेको छ । परार साल अर्थात आर्थिक बर्ष ०६८÷०६९ मा भने यो बजारमा ८ करोड १५ लाख ५७ हजार ८० रुपैयाको कारोबार भएको थियो ।

Comments
Post a Comment