बैशाखमा पूर्वाञ्चलव्यापी ब्याडमिन्टन प्रतियोगिता हुने


धरान । बैशाख पहिलो साता धरानमा पूर्वाञ्चलव्यापी खुला ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुने भएको छ । आयोजक साँगुरी हार्डहिटर ब्याडमिन्टन क्लबले शुक्रबार पत्रकार सम्मेलन गरेर बैशाख ३, ४ र ५ गते धरानमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।
प्रतियोगिता धरान ९ स्थित सुनसरी जिल्ला खेलकुद विकास समितिको खेलकुद भवन(कवर्ड हल)मा आयोजना हुनेछ । प्रतियोगितामा मेन्स डबल, मेन्स सिंगल, विमेन्स डबल, विमेन्स सिंगल, मिक्स डबल र भटरन(४५ बर्ष माथिका) गरि ६ वटा इभेन्टहरु खेलाइने आयोजक क्लबका अध्यक्ष धनबहादुर लिम्बूले जानकारी दिए । ‘प्रतियोगितामा कम्तीमा डेढ सय खेलाडीहरु सहभागी हुने अनुमान गरेका छौं, बढीभन्दा बढी महिला खेलाडीहरु पनि सहभागी गराउने प्रयन्त गरिराखेको छौं’–अध्यक्ष लिम्बूले भने ।
प्रतियोगितामा पूर्वाञ्चलका १६ वटै जिल्लाबाट खेलाडीहरु सहभागी गराउन सम्बन्धित जिल्लाबाट संघलाई पत्राचार भइसकेको छ । प्रतियोगिता खुला भएकोले खेलाडीहरु सिधैं आयोजकसँग सम्पर्क गरेर पनि सहभागीता जनाउन सक्ने आयोजकले जनाएको छ । कुनै पनि इभेन्टस्मा ८ वटा भन्दा कम टिम सहभागी हुने अवस्था आएमा उक्त इभेन्ट्स आयोजना नै नगरिने अध्यक्ष लिम्बूले बताए । उनका अनुसार प्रतियोगितामा राष्ट्रिय प्रतियोगिता खेलिसकेका र मेडल जितेका खेलाडीहरु पनि सहभागी हुनेछ ।


प्रतियोगितामा मेन्स डबलको विजेता जोडीले १५ हजार, दोस्रो हुनेले ७ हजार ५ सय र तेस्रो हुनेले ३ हजार २ सय ५० नगद पुरस्कार पाउनेछन् भने विमेन्स डबलको विजताले नगद ८ हजार, दोस्रो हुनेले नगद ४ हजार र तेस्रो हुनेले नगद २ हजार पाउनेछन् । यस्तै, मेन्स सिंगलको विजेताले नगद १० हजार, दोस्रो हुनेले ५ हजार तेस्रो हुनेले नगद २५ सय पाउनेछन् भने वेमेन्स सिंगलतर्फ विजेताले ८ हजार, दोस्रो हुनले ४ हजार र तेस्रो हुने खेलाडीले नगद २ हजार पाउने क्लबका कोषाध्यक्ष गणेश निरौलाले जानकारी दिए । यसैगरि, मिक्स डबलतर्फ पहिलो हुने टिमले ८ हजार, दोस्रोले ४ हजार र तेस्रोले २ हजार नगद पाउनेछ भने भेट्रानतर्फको विजेताले नगद ६ हजार र दोस्रो हुनले ३ हजार पाउने उनले बताए ।
खेलको माध्यमबाट स्वस्थ्य जीवन र मनोरञ्जन प्राप्त गर्न सकिने साथै पूर्वाञ्चलका खेलाडीहरुले आफ्नो खेल प्रतिभा देखाउन पाउने हुनाले प्रतियोगिता आयोजना गरेको क्लबले जनाएको छ । तीन दिने प्रतियोगिता आयोजना गर्न कुल एक लाख ८५ हजार खर्च हुने अनुमान गरिएको छ । जसमा ६५ हजार आन्तरिक स्रोत र एक लाख २० हजार अनुदान तथा सहयोगबाट खर्च जुटाउने क्लबले जनाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे