राष्ट्रिय युवा मोर्चाको १० बुँदे संकल्पहरु


धरान । सोह्र बर्ष उमेर पुगेका युवाहरुलाई संविधानमै मताधिकारको व्यवस्था गर्न अभियान सञ्चालन गर्ने, जोखिम न्युनिकरण युवा कोष स्थापना गर्नेलगायत विभिन्न १० बुँदे संकल्पहरु पारित गर्दै राष्ट्रिय युवा मोर्चाको छैटौं राष्ट्रिय सम्मेलन धरानमा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीको युवा भातृ संगठन मोर्चाको चैत २२, २३ र २४ गते तीन दिनसम्म धरानमा राष्ट्रिय सम्मेलन भएको थियो । सम्मेलनबाट पारित संकल्पहरुबारे मंगलबार जानकारी दिर्दै मोर्चाका केन्द्रीय अध्यक्ष राजेन्द्र राईले युवाहरुलाई स्वदेशमा रोजगारको ग्यारेन्टी वा न्यायिक बेरोजगार भत्ताको व्यवस्था गर्न दबाबस्वरुप साझा युवा जागरण अभियान सञ्चालन गर्ने बताए । ‘हामीले बरोजगारी ३ प्रकारको छ भनेर न्यायिक बेरोजगार भत्ता भनेका हौं । पहिलोमा सर्टिफिकेट भएको तर काम गर्ने इच्छा नभएका सम्भ्रान्त वर्गका बेरोजगार युवा, दोस्रोमा सर्टिफिकेट छ तर पहुँच नभएका युवा र तेस्रोमा सर्टिफिकेट पनि छैन, उसको पहुँच पनि छैन’–अध्यक्ष राईले भने ।
विदेशमा पसिना चुहाएर रेमिट्यान्स भित्र्याउने युवाहरुलाई समस्या पर्दा राज्यले भने वेवास्ता गरिरहेकोले उनीहरुलाई सहयोग पुर्याउने उद्देश्यले जोखिम न्युनिकरण युवा कोष स्थापना गर्ने संकल्प गरेको मोर्चाले जनाएको छ । विदेशमा समस्यामा परेका युवासँगै युवा कोषले स्वदेशमा पनि राजनैतिक अधिकार, सामाजिक उत्तरदायित्व र आर्थिक उर्पाजनमा युवा जनशक्तिलाई मद्दत पुर्याउने लक्ष्य राखिएको अध्यक्ष राईले बताए । ‘भर्खरै अनिश खालिङ राईको घटनामा पनि राज्य मौन रह्यो, तर देश विदेशबाट ब्लड मनि संकलन भएपछि उसको ज्यान बच्ने भएको छ । रेमिट्यान्स भित्र्याउन युवाहरुको हालत यस्तो नहोस् भनेर युवा कोष स्थापना गरौं भनेको हो’–उनले भने ।

सम्मेलनले भ्रष्टचारलाई राष्ट्रदोह सरहको अपराध घोषणा गरी भ्रष्टचारीलाई सर्वश्वसहित जन्मकैदको सजाय संविधानमै व्यवस्थ ागर्न संविधानसभालाई गम्भीर ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाउने संकल्प पनि पारित गरेको छ । यस्तै, राज्यको हरेक निकायमा कम्तीमा ५० प्रतिशत युवाहरुको समानुपातिक प्रतिनिधित्व गराउन संविधानमा व्यवस्था गर्न भुमिका खेल्ने, पहिलो संधिवानसभाको स्वामित्वलाई ग्रहण गरी सिघ्र पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान निर्माणको लागि सभासदहरुलाई खबरदारी गर्ने, वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित, मर्यादित तथा भविष्यमुखी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने संकल्प पारित गरेको छ । प्रत्येक जिल्लामा ३ जना राजनैतिक सांगठनिक प्रशिक्षक उत्पादन गर्न तालिम आयोजना गर्ने संकल्प पनि पारित भएको मोर्चाले जनाएको छ । यस्तै, पार्टीको लिम्बूवान राज्य परिषदका केन्द्रीय सचिव विष्णु थाम्देन र पार्टीको सुनसरी क्षेत्र नम्बर २ का सचिव अनुरोध थापालाई केन्द्रीय सदस्यमा चयन गरेको मोर्चाले जनाएको छ । तीन दिने सम्मेलनमा ६५ जिल्लाका ३ सय २० प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी भएको मोर्चाले जनाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे