जिआरयु बर्थडे कपको उपाधि नयनलाई(फोटोफिचर)

धरान । दोस्रो धरान जिआरयु सोसाइटी बर्थडे एमेच्योर गल्फ टुर्नामेन्टको उपाधि नयन राईले जितेका छन् । पार ७० को निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा बिहिबार आयोजित प्रतियोगितामा ५ अण्डर ६५ को कार्ड बनाउदै उनले उपाधि जितेका हुन् ।
स्ट्रोक प्लेको आधारमा भएको प्रतियोगितामा २३ ह्याण्डी क्याप खेलाडी राईले कुल १८ ओभर ८८ स्कोर खेलेका थिए । उनले फ्रन्ट नाइटमा ११ ओभर ४६ को कार्ड बनाए भने ब्याक नाइनमा ७ ओभर ४२ को कार्ड बनाएका थिए । च्याम्पियन राईले रनिङ ट्रफी थापे । च्याम्पियन बनेका राई हाल सिंगापुर पुलिसमा कार्यरत छन् । उनी विदामा घर आएको मौकामा प्रतियोगितामा भाग लिएका थिए ।
यसैगरि, प्रतियोगितामा २ ओभर ७२ कार्ड बनाएर मेजर एम.बि.लिम्बू दोस्रो भए । आठ ह्ण्याडीक्याप खेलाडी रहेका उनले कुल १० ओभर ८० स्कोर गरेका थिए । फ्रन्ट नाइनमा ७ ओभर ४२ को कार्ड बनाएका उनले ब्याक नाइनमा भने १३ ओभर ४८ को कार्ड बनाए । यस्तै, प्रतियोगितामा ९ ह्याण्डीक्याप खेलाडी विरेन लिम्बूले ५ ओभर ७५ को कार्ड खेल्दै तेस्रो भए । कुल १४ ओभर ८४ स्कोर गरेका उनले फ्रन्ट नाइनमा ८ ओभर ४३ र ब्याक नाइनमा ६ ओभर ४१ को कार्ड बनाएका थिए ।
यस्तै, प्रतियोगितामा महिलातर्फको पुरस्कार नोर्किन पाख्रिनले जितिन् भने वेष्ट ग्रोसको पुरस्कार बविन्द्र राईले थापे । यस्तै, लङ्गेष्ट ड्राइभको पुरस्कार तिलक राई, नियरेष्ट टु दि पिनको पुरस्कार तारा राई, मोष्ट बार्डिजको पुरस्कार काजी राईले हात पारे भने उदयीमान खेलाडीको पुरस्कार १० बर्षिय रितेश तामाङले पाए । विजेता खेलाडीहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बू, नेपाल गल्फ संघका केन्द्रीय सस्य मेजर एम.बि. लिम्बू, सुनसरी गल्फ संघका अध्यक्ष डि.बि.राई, सचिव तिलक राई, व्यावसायिक खेलाडी देवराज पाख्रिन, धरान हङकङ मञ्चका अध्यक्ष बुद्धिमान सुनुवारलगायतले पुरस्कार वितरण गरेका थिए । ब्रुनईमा कार्यरत गोर्खा रिजर्ब युनिटको जिआरयु ब्रुनाई गल्फिङ फ्रेन्डस्को आर्थिक सहयोगमा गत बर्षदेखि प्रतियोगिता शुरुवात भएको हो ।





























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे