९७ किलोको बोका बिक्री

 धरान । सामान्यतय: एउटा खसी–बोकाको तौल कति होला ? जानकारहरुका अनुसार बढीमा ३० देखि ४० केजी हुनसक्छ र, त्यसको मुल्य पनि २० हजारदेखि २५ हजार भन्दा बढी हुदैन । तर, खसी बोकका जानकारहरुलाई पनि माथ खुवाउदै शुक्रबार धरानमा ९७ केजीको एउटा बोका बिक्री भएको छ ।
सुनसरीको भरौल ३, कालाबञ्जार इक्राहीका बलबहादुर थापाले घरमा पालेको बोकाको तौल शुरुमा अनुमानको भरमा किनबेच भएको थियो । खरीदकर्ता इटहरी ३, तालतलैयाका गोपाल थापाले कृर्षि उपज बजारस्थलको डिजिटल काटामा तौलिदा ९७ केजी पुग्यो । उनले ७० केजी मासु पुग्ने अनुमान गर्दै ३९ हजारमा किनेका थिए । ‘७० केजी मासु त पुग्ला कि भनेर किनेको हुँ । जोख्दा ९७ केजी पुग्यो’–बोका डोर्याउदै थापाले भने ।

९७ केजीको बोकासहित भरौल ३ कालाबञ्जारका बलबहादुर र उनका छोरा ।
छोरा शंकरसहित बोका बिक्री गर्न धरान आएका बलबहादुरले शुरुमा दाम ६० हजार राखेका थिए । कृर्षि उमज बजारस्थलअन्र्तगतको साप्ताहिक खसी बाख्रा बजारमा गाई,भैसीको दामको बोका पुगेपछि खरीद बिक्री गर्न आएका किसान र व्यापारीहरु छक्कै परे । व्यापारी र बोकाधनीरबीच निक्कै बेर मोलमोलाई चल्यो । बलबहादुर ५० हजारमा बोका दिन तयार भए, तर व्यापारीहरुले ३५ हजार भन्दा बढी मुल्य लगाउन तयार भएनन् । अन्तिममा, इटहरीका थापाले ३९ हजारमा किने । ‘पाल्नै गाह्रो छ, फर्काएर पनि के गर्नु ?’–छोरा शंकरले भने–‘यसलाई खान्की पुर्याउनै सकिन्न, महिनाको त २ हजार नै खर्च हुन्छ ।’

भरौलमा खेती किसानी गर्ने थापा परिवारले तीन बर्षअघिदेखि उक्त बोका पालेका थिए । सुनसरीको पाँचकन्या गाविसका एक किसानबाट बाख्रालाई सन्तान उत्पादनको लागि ‘बिऊ’ भनेर लगेको बलबहादुरले बताए । उनका अनुसार बोकाले महिनामा एक बोरा बढी चोकर खाने गर्छ । ‘गाई भैसी पाल्नुभन्दा साह्रो भो, त्यसैले बिक्री गर्न ल्याएका हौं’–उनले भने । घरमा पालेको बोकालाई पहिलो पटक बिक्री गर्न बजारमा ल्याएको उनले बताए । कृर्षि उपज बजारस्थलअन्र्तगत धरानमा प्रत्येक शुक्रबार खसीबाख्रा बजार लाग्ने गर्छ ।
व्यापारी कुलबहादुर कार्कीले अहिलेसम्म ४० केजीदेखि ४५ केजीसम्मको मात्रै बोका देखेको बताए । ‘एउटाको २०, २५ हजारमा कारोबार भएको छ, यो त एकदमै सिनियर बोका हो’–कार्कीले भने । अर्का, खसी व्यापारी दिलबहादुर पौडेलले पनि ब्याड पाल्छु भन्ने किसानहरुमा पनि यतिको ठुलो बोका नदेखेको बताए ।
खरीद गरेको ९७ केजीको बोका डोर्याउदै इटहरी ३, तालतलैयाका गोपाल थापा ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे