एकल महिला समुहको कार्यालयमा आगालागी


धरान । मानवअधिकारको लागि महिला, एकल महिला समुहको धरान १७ स्थित क्षेत्रीय कार्यालय तथा छहारी भवनमा सोमबार राती आगलागी भएको छ । विद्युत सर्ट भएर मध्यरातमा कार्यालयमा आगलागी भएको समुहको क्षेत्रीय कार्यालयले जनाएको छ ।
आगालागीबाट करिब अढाई लाखको क्षति भएको समुहकी संस्थापक अध्यक्ष सविता राईले जानकारी दिइन् । कार्यालयको ३ वटा कम्प्युटर, प्रिन्टर एक थान, फर्निचर, युपिएस २ थान, दराज र कार्यालयको महत्वपुर्ण कागजपत्र जलेको राईले बताइन् । ‘धन्न, अन्य कोठातिर आगो फैलिन पाएनछ र, ठुलो क्षति हुनबाट जोगियो’–राईले भनिन् । भवनको ६ वटा कोठामध्ये अफिस कक्षभित्र आगो लागेको हो ।


उनका अनुसार भवनमा एक कर्मचारी रहने भएपनि कार्यालय कक्षभित्रको आगालागीबारे बिहान मात्रै थाह पाएर जानकारी गराएका थिए । घटनाबारे थाह पाएलगत्तै प्रहरीमा खबर गरेर मुचुल्का उठाइसकेको राईले बताइन् । परिवार तथा समाजबाट तिरस्कृत भएका एकल महिलाहरुको हकअधिकारको लागि स्थापित समुहको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको छहारी भवन ०६५ सालमा निर्माण भएको थियो । केन्द्रीय कार्यालय, नगरपालिका, जिविस, सभासद कोषको साथै धरानमा पुराणसमेत आयोजना गरेर समुहले करिब ३७ लाख रुपैयामा भवन निर्माण गरेको थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे