पूर्वाञ्चल स्टार २ मा टप १८ छनौट


धरान । युवा गायन प्रतिभाहरुको खोजी गर्न सञ्चालन भइरहेको पूर्वाञ्चल स्टार–२ को छैटौं चरणको अडिशनबाट १८ जना प्रतियोगीहरु छनौट भएका छन् । धरान ९, आचार्यलाइनस्थित सुनसरी गीत गजल तथा लोकदोहोरी साँझको हलमा आयोजित अडिशनबाट उत्कृष्ट १८ जना प्रतियोगीहरु छनौट भएका हुन् ।
छैटौं चरणमा विभिन्न जिल्लाका २० जना प्रतियोगीहरु सहभागी थिए । टप १८ मा छनौट हुनेहरुमा सबैभन्दा बढी ५ जना उदयपुर जिल्लाका छन् । उदयपुरबाट छनौट हुनेहरुमा टिकाराम राई, निरज राई, राकेश माले, मुकेश घतानी र पुष्पराज बस्याल छनौट हुन सफल भएका छन् ।


यसैगरि, सुनसरी जिल्लाबाट कौशिला लिम्बू, हिमाली सुब्बा र उत्तम राई गरि ३ जना छनौट भएका छन् भने संखुवासभाबाट वसन्त याक्खा र राज कटवाल चयन भएका छन् । यस्तै, झापा जिल्लाबाट सन्तोष रसाइली र सञ्जिता गुरागाई छनौट भएका छन् भने तेह्रथुमबाट हरि लुइटेल र ऋतुराज लिम्बू चयन भएका छन् । यस्तै, धनकुटा जिल्लाबाट उपेन्द्र चेम्जोङ र विश्वास तामाङ चयन भएका छन् भने भोजपुरबाट रामध्वज राई र ताप्लेजुङबाट प्रकृति थलङ चयन हुन सफल भएकी छिन् ।
छैटौं चरणको अडिशनमा उदयपुरकी सृजना राई र संखुवासभाका खगेन्द्र कार्की सफल हुन सकेनन् । छैटौं चरणको अडिशनमा गायक ए.पी.शेर्पा र संगीतकार विदुर कार्की निर्णायककारुपमा थिए । प्रतियोगीहरुलाई ५० प्रतिशत एसएमएस भोटिङ र ५० प्रतिशत निर्णायकको मतको आधारमा छनौट गरिएको आयोजकले जानकारी दिएको छ । टप १८ मा छनौट भएका प्रतियोगीहरुको सातौं चरणको अडिशन बैशाख १५ गते हुने कार्यक्रम संयोजक तथा गायक भक्तिराज राईले जानकारी दिए । युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान नारा दिएर पूर्वाञ्चल बगिना कलाकेन्द्रले पूर्वाञ्चल स्टार आयोजना गरेको हो ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे