एघार महिनादेखि बीपी प्रतिष्ठान रजिष्टारबिहिन

धरान । करिब एघार महिनादेखि रिक्त रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टार पदमा हालसम्म नियुक्ती हुन सकेको छैन ।
तत्कालीन रजिष्टार नन्दकुमार थापाको गत जेठ १९ गते पदावधि सकिएपछि प्रतिष्ठान रजिष्टारबिहिन बनेको हो । लामो समयसम्म रजिष्टार नियुक्ती हुन नसक्दा प्रतिष्ठानको कर्मचारी प्रशासन, आर्थिक एवं सुरक्षासम्बन्धी महत्वपुर्ण बिषयमा असर पुग्छ । रजिष्टार कार्यकारिणी समितिको सदस्य सचिव पनि हुने भएकोले महत्वपुर्ण निर्णय प्रक्रिया पनि प्रभावित हुन्छ । रजिष्टार नहुदा कार्यकारिणी समितिको पुर्ण बैठक बस्न सक्दैन । नयाँ सरकार गठन भएपनि रजिष्टार नियुक्तीको अवरुद्ध प्रक्रियाले गति लिएको छैन ।
लामो समयसम्म नियुक्ती हुन नसकेमा रजिष्टारको कार्यभारसमेत प्रतिष्ठानका अस्पताल निर्देशकले सम्हाल्नु पर्ने हुन्छ । प्रतिष्ठानले दैनिक कार्यसञ्चालनको लागि डेपुटी मेनेजर अमित श्रीवास्तवलाई जिम्मेवारी सुम्पिएपनि उनीबाट महत्वपुर्ण बिषयमा निर्णय हुन सक्दैन । ‘रजिष्टारले कर्मचारी, खरीदबिक्री, सुरक्षा, आर्थिकलगायतको जिम्मेवारी बोकेको हुन्छ’–प्रतिष्ठानका सहायक प्रवक्ता डा.पशुपति चौधरीले भने–‘प्रत्यक्ष असर नदेखिएपनि अप्रत्यक्षरुपमा भने परिरहेको हुन्छ, आवश्यक नीति र योजनामा असर पुग्छ ।’
प्रतिष्ठानका अर्का एक चिकित्सकका अनुसार अस्पताल निर्देशकले रजिष्टारको पनि जिम्मेवारी लिदा कामको चापले सेवाग्राहीलाई मर्का पुग्छ । अस्पताल निर्देशकलाई आफ्नै कामको बोझ हुन्छ भने रजिष्टारको पनि काम थपिदा सेवाग्राहीको काम ढिलो हुन्छ । ‘रजिष्टारबाट हुने काम डाइरेक्टरकोमा लिएर जादा ढिलाई हुन्छ, २ दिनमा हुने काम ५ दिन लाग्न सक्छ’–ती चिकित्सकले भने । प्रतिष्ठानका उपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले भने रजिष्टार नियुक्ती नहुदा प्रशासनिक कामकाज प्रभावित नभएको जिकिर गरे । अघिल्लो सरकारको पालामा शुरु भएको नियुक्ति प्रक्रिया रोकिएको खुलाउदै उनले नयाँ स्वास्थ्य मन्त्रीले सबै प्रक्रिया बुझ्न समय लागेकोले ढिलाई भएको बताए । ‘दैनिक कामकाजको लागि सिनियर कर्मचारीलाई जिम्मेवारी दिएकै छौं, प्रशासनीक काम रोकिएको छैन’–उपकुलपति दासले भने–‘नयाँ मन्त्री आउनुबित्तिकै नियुक्ती गर्ने कुरा पनि भएन, विस्तारै हुन्छ ।’
प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेपछि स्वास्थ्य मन्त्रीले तिनै मध्येबाट एक जनालाई रजिष्टार नियुक्ति गर्ने प्रावधान छ । यसअघि रजिष्टारमा राजनीतिक नियुक्ति हुदै आएको थियो । अघिल्लो सरकारको पालामा खुला प्रतिस्पर्धाबाट रजिष्टार नियुक्तीको प्रक्रिया शुरुवात गरिएपनि संविधानसभा निर्वाचन र सरकार परिवर्तनसँगै नयाँ प्रक्रियाले गति लिन सकेन । गएको साउन महिनामा तत्कालीन स्वास्थ्य मन्त्रीको निर्देशनअुनसार प्रतिष्ठानले एक अबखरमा सुचना प्रकाशित गरेर दरखास्त आह्वान गर्दै प्रक्रिया थालेको थियो । त्यसवमोजिम निवेदन परेकाहरुसँग अन्र्तवार्तासमेत लिइसकेको भएपनि सरकार परिवर्तनसँगै त्यो प्रक्रिया स्थगित भएको सहायक प्रवक्ता चौधरीले बताए ।

                    रजिष्टार बन्न नेताहरुको कसरत


नियुक्ति प्रक्रिया ढिलाईसँगै स्वास्थ्यमन्त्री आवद्ध दलका नेताहरुबीच रजिष्टार बन्ने होडबाजी पनि शुरु भइसकेको छ । हाल स्वास्थ्य मन्त्री नेकपा एमालेका भएकोले प्रतिष्ठानको रजिष्टारमा नियुक्ती हुने आशामा सुनसरी र मोरङका नेताहरु दौडधुपमा लागेको स्रोतले जनाएको छ । राजनीतिक दौडधुपप्रति असन्तुष्ट प्रतिष्ठानका कर्मचारीहरुले भने यसअघि उपकुलपति र रेक्टर प्रतिष्ठानभित्रैबाट नियुक्ती भएकोले रजिष्टार पनि यहीबाट हुनुपर्ने आवाज उठाउन थालेका छन् । ‘नयाँ मन्त्री आएसँगै नेताहरुको दौडधुम शुरु भइसकेको सुनेका छौं, उपकुलपति र रेक्टर यहीबाट भए, रजिष्टारको लागि योग्य व्यक्ति पनि छन्’–कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङ–‘रजिष्टार मात्रै किन बाहिरबाट नियुक्ती गर्ने ? प्रतिष्ठानलाई बुभ्mने व्यक्ति यही छन् ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे