धरान एकेडेमीसँग पुलिसको कठिन जित


धरान । चार पटकको विजेता नेपाल पुलिस क्लब १६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनल पुगेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आइतबार आयोजकको धरान फुटबल एकेडेमीसँग १–० को कठिन जित हात पार्दै पुलिस क्वार्टरफाइनल पुगेको हो ।
विर्सनलायक प्रर्दशन गरेको पुलिसले युवा (यु–२०) खेलाडीहरुले भरिएको एकेडेमीसँग जित हात पार्न अतिरिक्त समयसम्म संघर्ष गर्नुपर्यो । वैकल्पिक खेलाडीकोरुपमा मैदानमा छिरेका पुलिसका भरत शाहले खेलमा निर्णायक गोल गरेका थिए । उनले अतिरिक्त समयको ७ औंं मिनेटमा जुमानु राईको पासमा हेडमार्फत गोल गरे । विजेता पुलिसले चैत १८ गते प्रतियोगितामा वाई पाएको सहारा क्लब पोखरासँग क्वार्टरफाइनल खेल्नेछ ।
ठुलो प्रतियोगिताको अनुभव नभएका खेलाडीहरु रहेको एकेडेमीलाई पुलिसले खेलअवधिभर दबाबमा राखेपनि स्कोर गर्न भने सकेनन् । युवा खेलाडीहरुले पुसिललाई खुलेर खेल्नै दिएनन् । यद्यपी, पुलिसले खेलमा थुप्रै गोल गर्ने अवसर खेर फालेको थियो । निर्धारित समयको ५औं मिनेटमा जमानु राईले डि बक्सभित्रैबाट गरेको प्रहार आकासियो । तेह्रो मिनेटमा भोला सिलवालको फ्रिकिक प्रहारलाई एकेडेमीका गोलकिपरले पञ्च गरेर गोल हुन दिएनन् । लगत्तै भोलाको पासमा दिपेन श्रेष्ठले गरेको हेड गोलपोष्टमा ठोक्किएर बाहिरिएको थियो ।
प्हिलो हाफकै ३३ औं मिनेटमा डिफेन्सले दिएको पासलाई धरानका गोलकिपरले क्लियर गर्न नभ्याउदा जुमानुले गोलकिपरलाई विट गर्दै हेडमार्फत गोलपोष्टको दिसा दिएपनि धरानका जोन श्रेष्ठले बचाए भने ३६ औं मिनेटमा गणेश खड्काको कडा प्रहारलाई धरान किपरले बचाए । दोस्रो हाफमा लयमा फर्कने प्रयास गरेको पुलिसले १० मिनेटभित्रै २ पटक खतरनाक मुभ बनाएपनि असफल भयो । अजित भण्डारीले प्रहारलाई धरानका गोलकिपरले पञ्च गरेर बचाएपनि पुलिसका भोलाले पाएर डिबक्स भित्र पास दिएपनि बिक्रम धिमालले बाहिर हाने । यस्तै, २७ औं मिनेटमा गणेश खड्को कर्नर प्रहारमा बिक्रमले हेडप्रहार गरेपनि डिफेन्सले गोल हुनबाट बचाए ।
खेलअवधिभर रक्षात्मक खेले पनि धरानले पुलिसमाथि गोल गर्ने केही प्रहार भने गरेको थियो । पहिलो हाफको २३ औं मिनेटमा प्रशान्त बुढाथोकीको फ्रिकिक प्रहारलाई पुलिसका गोलकिपरले समाते भने ४४ औं मिनेटमा जनक सुनुवारको पासमा सौजन राईको प्रहारलाई पनि गोलकिपरले नै समाते । दोस्रो हाफको ३ मिनेटमा वर्तमान राईको कर्नर प्रहारमा जोन श्रेष्ठको हेड बाहिरिएको थियो भने ३४ औं मिनेटमा पनि सुदिप राईको पासमा वर्तमान राईको हेड बाहिरिएको थियो ।
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले खेलमा टिम वर्क र वल नियन्त्रणमा लिन नसकेको भन्दै असन्तुष्टी जनाए । साथै, उनले विपक्षी टिमले जित्ने भन्दा पनि डिस्टर्ब गर्ने रणनीतिमा खेलेकोले गोलअन्तर धेरै हुन नसकेको बताए । ‘विपक्षीले म्यान टु म्यान खेलेर डिस्टर्ब गर्ने रणनीति लिए, यस्तो खेलमा गाह्रो नै हुन्छ’–प्रशिक्षक श्रेष्ठले भने–‘खेलाडी जितिहालिन्छ भन्ने सोचले खेले, दोस्रो हाफमा इफोर्टले खेलेपनि समय वितेसँगै वल नियन्त्रण हुन सकेन ।’ धरान एकेडेमीका प्रशिक्षक मनिल महराले अनुभवको कमी भएपनि नेपाल पुलिसजस्तो स्तरीय टिमलाई ९० मिनेटसम्म रोक्न सक्नु नै उपलब्धी भएको बताए । ‘दबाबमा खेलेपनि सत प्रतिशत तागत लगाएर खेलाडीहरु खेले, तर अनुभवको कमी र मिडफिल्डको कमजोरी रह्यो’–उनले भने । प्रतियोगितामा सोमबार गत सँस्करणको उपविजेता त्रिभुवन आर्मी क्लब र शहीद स्मारक लिग विजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे