ब्याडमिन्टनमा भेट्रान र वुमन सिंगलमा सेमीफाइनल खेल सम्पन्न

धरान । पूर्वाञ्चलव्यापी खुला ब्याडमिन्टन च्याम्पियनसिपमा बिहिबार भेट्रान डबल र वुमन सिंगल विधातर्फका सेमीफाइनल खेलहरु सम्पन्न भएको छ भने मिक्स डबल, मेन्स ंिसगल र मेन्स डबल विधातर्फ क्वार्टरफाइनल खेलमात्रै सम्पन्न भएको छ ।
धरानस्थित सुनसरी जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन भेट्रान डबलतर्फ धरानका चन्द्रशेखर लामा र नयन लिम्बूको जोडी फाइनल पुगेको छ । यो जोडीले उदयपुरका दिपक राई र श्याम लामाको जोडीलाई २२–२० र २३–२१ को सोझो सेटमा हराउदै फाइनल पुगेको हो । यस्तै, भेट्रान डबलतर्फ नै पाँथचरका महेन्द्र थाम्सुहाङ र इन्द्र योङहाङको जोडी फाइनल पुगेको छ । यो जोडीले विराटनगरका लयनबहादुर लावती र विश्वप्रताप शाक्यको जोडीलाई २१–११ र २१–१० को सोझो सेटमा हराउदै फाइनल पुगेको छ ।
यसैगरि, बिहिबार नै सम्पन्न वुमन सिंगल विधातर्फको खेलमा इलामकी सुलोचना भक्तराज(पूर्वाञ्चल च्याम्पियन)ले आयोजक साँगुरी हार्डहिटर ब्याडमिन्टन क्लबकी सुजा राईलाई पराजित गर्दै फाइनल पुगिन् । सेमीफाइनल खेलमा भक्तराजले साँगुरीकी राईलाई २१–१२ र २१–१३ को सोझो सेटमा पराजित गरिन् । यस्तै, अर्को सेमीफाइनल खेलमा धरानकी अनु राईले धरानकै धनमाया लिम्बूलाई हराउदै फाइनल पुगिन् । विजेत राईले सेमीफाइनल खेल २१–१० र २१–७ को सोझो सेटमा आफ्नो पक्षमा पारिन् ।
मिक्स डबल विधातर्फको क्वार्टरफाइनल खेलमा विवेक श्रेष्ठ र हेङखामा राई(भोजपुर)को जोडीले वाक ओभरको आधारमा विजेता हुदै सेमीफाइनल पुगेको छ । सोही विधामा धरानको प्रकाश लिम्बू र अनु राईको जोडीले आयोजकको रबिन साउदेन र सुजा राईको जोडीलाई ११–२१, २१–१२ र २१–१४ को सेटमा पराजित गर्दै सेमीफाइनल यात्रा तय गर्यो । यसैगरि, धरानकै सुमन लिम्बू र धनमाया लिम्बूको जोडीले सप्तरीका विष्णु कटवाल र दिलु लिम्बूको जोडीलाई २१–१२,१२–२१ र २१–१० को सेटमा पराजित गर्दै सेमीफाइनल पुग्यो । यस्तै, सुजन श्रेष्ठ र सुलोचना भक्तराजको जोडी पनि आयोजकको रकम लिम्बू र सीता राईको जोडीलाई २१–१० र २१–९ को सेटमा हराउदै सेमीफाइनल पुग्यो ।
प्रतियोगितामा मेन्स सिंगल विधातर्फको क्वार्टरफाइनल खेलमा भोजपुरका विवेक श्रेष्ठले धरानका सूर्य श्रेष्ठलाई पराजित गर्दै सेमीफाइनल पुगेका छन् । विजेता श्रेष्ठले १४–२१, २१–७ र २१–१३ को सेटमा जित हात परेका थिए । यसैगरि, पञ्चकन्या क्लब धरानका सुमन लिम्बुले धरानकै सन्तोष खड्कालाई २१– १५, २१–१४ को सोझो सेटमा हरादै सेमीफाइनल पुगे भने धरानकै सुजल श्रेष्ठले ताप्लेजुङका मनकुमार लिम्बूलाई २१–१७ र २१–१५ को सोझो सेटमा हराउदै सेमीफाइनल पुगे । अर्को क्वार्टरफाइनल खेलमा सप्तरीका विष्णु कटवालले धरानका प्रकाश लिम्बूलाई २१–१६, १८–२१ र २१–१७ ले हराउदै सेमीफाइनल पुगे । प्रतियोगिताको बाँकी रहेको मिक्स डबलको सेमीफाइन र फाइनल, मेन्स ंिसगलको सेमीफाइनल र फाइनल, भेट्रान्स र वुमेन्स ंिसंगलको फाइनल खेल शुक्रबार हुने आयोजक साँगुरी हार्टहिटर ब्याडमिन्टर क्लबका अध्यक्ष धनबहादुर लिम्बूले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे