पूर्वाञ्चलव्यापी ब्याडमिन्टन प्रतियोगिता शुरु

धरान । तीन दिने पूर्वाञ्चलव्यापी खुला ब्याडमिन्टन च्याम्पियनसिप ०७१ बुधबारदेखि धरानमा शुरु भएको छ । साँगुरी हार्डहिटर ब्याडमिन्टन क्लबद्धारा आयोजित प्रतियोगिता धरानस्थित सुनसरी जिल्ला खेलकुद विकास समितिको खेलकुद भवन(कवर्ड हल)मा शुरु भएको हो ।
बुधबार मेन्स सिंगल र मेन्स डबलका पहिलो चरणका खेलहरु सम्पन्न भएको आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स डबलमा ३० जोडी खेलाडी सहभागी छन् भने मेन्स सिंगलमा २८ जना खेलाडीहरु सहभागी छन् । मेन्स डबलको खेलबाट पराजित १५ जोडी खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् भने मेन्स सिंगलबाट पनि पराजित १४ जना खेलाडीहरु बाहिरिएका छन् ।
आयोजक क्लबका अध्यक्ष धनबहादुर लिम्बूका अनुसार प्रतियोगितामा वुमेन्स ंिसगलतर्फ ८ जना खेलाडीले भाग लिएका छन् भने मिक्स डबलतर्फ ८ जोडी खेलाडी सहभागी छन् । यस्तै, ४५ बर्ष माथिका भेटेरनतर्फ १२ जोडी खेलाडी सहभागी छन् । शनिबारसम्म आयोजना हुने प्रतियोगितामा पूर्वघोषणा अनुसार महिला खेलाडी अभावले वुमेन्स डबलको विधा भने समावेश गर्न नसकिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पूर्वाञ्चलका सोलु, सिरहा र ओखलढुंगाबाहेक अन्य १३ वटै जिल्लाबाट खेलाडीहरु सहभागी भएको आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स डबलका विजेता जोडीले नगद १५ हजार पाउनेछन् भने दोस्रो हुनेले ७ हजार ५ सय र तेस्रो हुने जोडीले ३ हजार ७ सय ५० रुपैया पाउनेछन् ।

यस्तै, मेन्स सिंगलतर्फको विधामा प्रथम हुनेले नगद १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैया पाउनेछन् । वुमेन्स सिंगलतर्फको विधामा पहिलो हुनेले नगद ८ हजार, दोस्रो हुने खेलाडीले ४ हजार र तेस्रो हुनेले २ हजार नगद पाउनेछन् भने मिक्स डबलतर्फ पहिलो हुने जोडीले नगद ८ हजार, दोस्रो हुनले ४ हजार र तेस्रो हुनेले २ हजार नगद पाउनेछन् । यसैगरि, भेटेरनतर्फ पहिलो हुनेले नगद ६ हजार र दोस्रो हुनेले नगद ३ हजार पाउने आयोजकले जनाएको छ ।
    प्रतियोगिताको उद्घाटन समारोहमा बुधबार बिहान प्रमुख अतिथि एवं आन्तरिक राजश्व कार्यालयका प्रमुख तुलसीराम सेढाई, कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी यादवराज खनाल, सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङवाङलगायतले शुभकामना मन्तव्य दिएका थिए । समारोहमा नेपाल ब्याडमिन्टर संघका केन्द्रीय सदस्य चन्द्रशेखर लामा र राजश्व प्रमुख सेढाईले कोर्टमा ब्याडमिन्टन खेलेर प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे