ट्यांकरमा पानी ल्याउन नदिएपछि धरान काकाकुल


धरान । शान्तिनगर २, इटहरीका स्थानीयले बोरिङ गरेको पानी ल्याउन प्रतिबन्ध लगाएपछि दुई दिनदेखि धरानमा पानीको हाहाकार भएको छ । ट्यांकरले बाटो बिगारेको, धुलो उडेको, ध्वनी प्रदुषण बढाएको भन्दै स्थानीयले बोरिङ गरेर पानी ल्याउन शनिबारदेखि रोक लगाएपछि पछि धरानबासीहरु मारमा परेका छन् ।
ट्यांकरबाट पानी किनेर होटल सञ्चालन गरिरहेका व्यावसायीहरु पनि थप चिन्तामा डुबेका छन् । सुख्खायाममा खानेपानी संस्थानले माग वमोजिम पानी आपूर्ति गर्न नसक्दा नगरबासी र होटल व्यावसायीहरुले ट्यांकरबाट पानी किनेर उपभोग गर्छन् । ट्यांकर व्यावसायीहरुले पनि पानी दिन नसकेपछि व्यावसायबाट नै हात धुनुपर्ने अवस्था भएको होटल साँझका सञ्चालक शिवराज श्रेष्ठले बताए । ‘बोरिङ गरेर भएपनि पाहुनाहरुलाई पानी उपलब्ध गराउदैथ्यौं, तर शनिबारदेखि ट्यांकरले पनि ल्याउन सकेको छैन’–व्यावसायी श्रेष्ठले भने–‘यो स्रोत पनि बन्द भयो भने व्यावसाय नै बन्द गर्नुपर्छ ।’
हेटल व्यावसायीहरुले ट्यांकरबाट प्रतिलिटर ५० पैसाको दरमा पानी किनेर होटल सञ्चालन गरिरहेका छन् । पानी अभावले पाहुनाहरुले मिनरल वाटरले नै मुख धुनु बाध्य भइरहेको व्यावसायीहरुको भनाई छ । धरानमा बर्षेनी चैत महिनादेखि जेठअन्तिम सातासम्म खडेरीको समयमा होटल व्यावसायीसँगै नगरबासीलेसमेत पानी ट्यांकरबाट किन्न बाध्य हुन्छन् । सर्दु र खर्दुको स्रोत सुकेकोले अहिले खानेपानी संस्थानले दिन बिराएर एक घण्टामात्रै धारामा पानी वितरण गरिरहेको छ ।
ट्यांकर व्यावसायीहरुका अनुसार स्थानीयले स्पिड गाडी चलाएको, बिहानै ध्वनी प्रदुषण भएको, तरहराको पानीको मुहान सकेकोलगायत कारण देखाउदै बोरिङ गरेर पानी ल्याउन प्रतिबन्ध लगाएका हुन् । ‘हिजो(शनिबार)देखि स्थानीयले पानी ल्याउन नदिएकोले ढुवानी गर्न सकेको छैनौं, यसको मार धरानका जनतालाई पर्छ । ट्यांकरबाट पानी नआए धरान काकाकुल हुन्छ’–ट्यांकर सञ्चालक एवं बराह ज्वेलरी इष्ड्रष्ट्रिजका सुपरभाइजर गंगा कालिकोटेले भने–‘गाउँलेसँग छलफल गरेका छौं, एक महिना नरोक्नुस भनेका छौं, उहाँहरुले बैठक बसेर निर्णय गछौं भनेका छन् ।’ स्थानीय टोल विकास संस्थालाई बोरिङ गरेको पानी ल्याएवापत ट्यांकर व्यावसायीहरुले प्रतिट्रिप डेढ सयरुपैया बुझाउदै आएका छन् ।
यो तस्बिर धरान १७ स्थित कुम्भीआहाल भन्ने ठाउँको हो, जहाँ एडिबिको सहयोगमा शुरु खानेपानी आयोजनाले टेष्ट ड्रिलिङ गरेर पानी निकालेको छ ।
ट्यांकर व्यावसायीहरुका अनुसार धरानबाट सञ्चालित २० वटा ट्यांकरहरुले माग अनुसार पानीको आपूर्ति गरिरहेको छ । अत्यधिक माग भएकोले एउटा ट्यांकरले दिनमा ५ ट्रिपसम्म पानी ओसार्नु पर्छ । ट्यांकरले पानी ओसार्न नपाए धरान काकाकुल हुन्छ । टोल विकास समितिका अध्यक्ष रुद्रबहादुर बस्नेतले समितिले नभई बोरिङस्थल नजिकका गाउँलेले ट्यांकरलाई पानी लैजान रोकेको बताए । ‘समितिले भन्दा पनि पानी नजिकको जनताले रोकेको हो, उनीहरुलाई नै व्यावसायीहरुले मनाउनुपर्छ’–अध्यक्ष बस्नेतले भने ।
ट्यांकर व्यावसायीहरुका अनुसार बोरिङ गरेको पानी आपूर्ति गर्दा दुःख पाएको यो पहिलो पटक भने होइन । विगत बर्षसम्म स्थानीय दादा प्रवृत्तिका युवालाई एक सिजनमा प्रतिट्यांकर २० हजार बुझाएपछि मात्रै ट्यांकरमा पानी ल्याउन दिन्थे । यसपाली त्यसरी अवैधानिकरुपमा पैसा नबुझाउने भन्दै ट्याकर व्यावसायीहरु संगठित भएर २० हजार मात्रै बुझाएका थिए । दादा समुहका नाइकेकारुपमा देखा परेका हुकुम राईले ६ हजार अग्रिज पेश्की पनि लिइसकेका थिए । पछि तिनै हुकुमले टोल विकास समितिको रसिदमा प्रतिट्रिप डेढ सय रुपैया लिनथालेको थियो । व्यावसायीहरुले प्रहरीमा उजुरी दिएपछि दुई साताअघि छलफल हुदा बाटो मर्मतलगायतको लागि सय रुपैया शुल्क दिने निर्ण भएको थियो । तर, निर्णय विपरीत उक्त समुहले डेढ सय रुपैया नै उठाउदै आएको थियो । ‘हामीले शुल्क तिरेको बाटो बिग्रियो भने मर्मत गर्न भनेर नै हो, अहिले त्यही बिषयमा अनावश्यक विवाद झिकियो’–एक व्यावसायीले भने । संस्थाका अध्यक्ष बस्नेतले भने संस्थाको अनुमतिविना नै हुकुमले रसिद प्रयोग गरेको र उनले के कति रकम उठाए भनेर हिसाबकिताब हुन बाँकी रहेको बताए ।

Comments

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे