कैद फैसला भएर पनि भुक्तान नगरेका थमन गुरुङ पक्राउ

थमन गुरुङले आफ्नो भनेपछि प्रहरीले नियन्त्रणमा लिएको कार ।
धरान । जर्बजस्ती चोरी मुद्दामा अदालतबाट कैद फैसला भएर पनि फरार रहेका पूर्व भलिवल खेलाडी एवं ठेक्कापटटाका नाइके थमन थमन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । धरान १०, राँगाचोकस्थित एक होटलबाट इलाका प्रहरी कार्यालय धरानले सोमबार साँझ गुरुङलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरले जर्बजस्ती चोरी मुद्दामा अदालतबाट कैद फैसला गरेपनि फरार रहेकोले खोजतलास गरी दाखिला गर्न धरान प्रहरीलाई पत्राचार गरेपनि उनी पक्राउ परेका हुन् । परिसरले इलाका प्रहरी कार्यालय धरानलाई भदौ ११ गते पत्र पठाएको थियो । प्रहरीले गुरुङले चलाउने गरेको बा ५ च ८०९६ नम्बरको कार पनि नियन्त्रणमा लिएको छ । ‘ महानगरीय प्रहरी परिसरबाट पत्र पाएपछि खोजीमा थियौं, हिजो बेलुका पक्राउ गर्न सफल भयौं । आजै(मंगलबार) भक्तपुर चलान गरिसकेकाछौं’–डिएसपी सञ्जयसिंह थापाले भने ।

डिएसपी थापाका अनुसार गुरुङले चलाएको गाडी भने काठमाण्डौंका यादव कुँवरको भएको कागजात भेटिएको छ । गुरुङले आफ्नै गाडी भनेकोले नियन्त्रणमा लिएको उनले जानकारी दिए । गुरुङमाथि करिब १३ बर्षअघि जर्बजस्ती चोरीको अभियोगमा मुद्दा चलेको थियो । तत्कालीन समयमा उनी तारेखमा रिहा भएपनि मुद्दा विचाराधिन थियो । सुरेश तामाङले दिएको जाहेरीमा जिल्ला अदालत भक्तपुरले २०६१ सालमा मुद्दाको फैसला गरेर गुरुङलाई एक बर्ष ८ महिना २६ दिन कैद फैसला सुनाएको थियो । तर, उनले कैद भुक्तान भने गरेका थिएनन् ।
संखुवासभाको नुनढाकी गाविस १ पुख्यौली घर भएका गुरुङ केही बर्षयता भने धरानमा बस्दै आएका थिए । भलिवलका खेलाडी रहेका गुरुङले प्रहरी प्रशासनसँग राम्रो सम्बन्ध बनाएर ठेक्का पट्टामार्फत सम्पत्ति कमाउन पनि सफल भएका थिए । करिब पाँच बर्षअघि धरानका पत्रकार लिलानाथ घिमिरेमाथि सांघातिक आक्रमणको घटनामा उनीसहित तत्कालीन कोशी अञ्चल प्रहरी कार्यालयका एसएसपी मिङ्मार लामा मुछिएर दुवै जना विवादको घेरामा परेका थिए । उनको र एसएसपी लामाबीच राम्रो सम्बन्ध थियो । अदालतले ०६१ सालमै कैद फैसला गरेपनि उनी धरान र पूर्वक्षेत्रमा खुलेआम हिड्थे । भलिवल संघमा पनि आवद्ध रहेका गुरुङको संयोजकत्वमा धरानमा राष्ट्रियस्तरको महिला भलिवल च्याम्पियनसिप पनि आयोजना भएको थियो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे