कोल्ड स्टोर बनाउन कृर्षि उपजलाई जग्गाको किचलो
धरान । धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा किसान तथा व्यापारीलाई अतिआवश्यक रहेको कोल्ड स्टोर निर्माण गर्न सरकारी एवं दातृ निकायले चासो दिएपनि जग्गा अभावले बाधा पुगेको छ । कोल्ड स्टोर बनाउन कृर्षि मन्त्रालयअन्र्तगतको कृर्षि व्यावसाय प्रर्वद्धन तथा बजार विकास निर्देशनालय र एसियाली विकास बैंकअन्र्तगतको व्यावसायिक कृर्षि विकास आयोजनाले चासो दिइरहेको छ । तर, कोल्ड स्टोरको लागि आवश्यक एवं पर्याप्त जग्गा नपुग्दा योजना अघि बढ्न सकेको छैन ।
कोल्ड स्टोर निर्माण गर्न कृर्षि उपजसँग पर्याप्त जग्गा हुदै नभएको भने होइन । कृर्षिको जग्गामा हाल ६ घर परिवार सुकुम्बासी बसोबास गरिरहेकोले पर्याप्त जग्गा हुँदा हुदै पनि समस्या भएको हो । कृर्षि उपजले ती घरपरिवारलाई अन्यत्र स्थानान्तरण गराउन विभिन्न सरकारी निकायमार्फत प्रयास गरेपनि सफल हुन सकेको छैन । कृर्षि उपज बजारस्थलका अनुसार ती ६ घर सुकुम्बासीहरुले करिब ५ कट्ठा जग्गा ओगटेर बसेका छन् । शुरुमा कच्ची घर मात्रै बनाएर बसेका उनीहरुले अहिले पक्की घर नै बनाएपछि स्थान्तरणको लागि कृर्षि उपज थप संकटमा परेको छ । पूर्वी पहाडका किसानलाई राहत दिलाउने उद्देश्यले ०५१ सालमा एडिबिको अनुदानमा नेपाल सरकारले स्थानीय अम्बिका श्रेष्ठबाट एक बिघा १३ कट्ठा जग्गा खरीद गरेको थियो । ‘यो जग्गा खरीद गर्दाको समयदेखि नै ६ घरपरिवारको बसोबास थियो, यसले कृर्षि क्षेत्रको विकास र प्रर्वद्धनमा प्रत्यक्ष असर पुगिरहेको छ’–बजारस्थलका व्यवस्थापक लक्ष्मण भटराई भन्छन्–‘किसान र व्यापारीको लागि कोल्डस्टोर बनाउने योजना यही कारणले सफल भएको छैन ।’
व्यवस्थापक भटराईका अनुसार एडिबि अन्र्तगतको आयोजनालाई प्रस्ताव गरिएपछि पछिल्लो समय असार तेस्रो साता मेनेजर बद्रीनारायण चौधरी धरान आएका थिए । उनले कोल्ड स्टोर बनाउन इच्छा देखाएपनि जग्गा अभाव भएको भन्दै पन्छिए । आयोजनाले अर्को अघु उद्योग स्थापनाको लागि पनि चासो देखाए पनि जग्गा अभाव नै बाधब बन्यो । कृर्षि मन्त्रालयअन्र्तगतको निर्देशनालयले त बुधबार पनि कोल्ड स्टोर निर्माणमा चासो दिएको व्यवस्थापक भटराईको भनाई छ । ‘थोरै जग्गामै भएपनि बनाउनुपर्छ भन्ने प्रस्ताव गरेका छन्, तर हामीले पछि पछुतो हुने काम नगरौं, बनाउने हो भने पर्याप्त जग्गामै ठुलो बनाउनुपर्छ भनेका छौं’–उनले थपे ।
व्यापारीहरुका अनुसार कृर्षिजन्य वस्तु एवं फलफुल कुहिएर नष्ट हुन नदिन, बजारमा कृर्षिजन्य वस्तुको अभाव हुन नदिन र मुल्यमा स्थिरता कायम गराउन पनि कोल्ड स्टोरको महत्वपुर्ण भुमिका हुन्छ । किसानबाट धेरै उत्पादन भएको बस्तु भण्डार गरी राख्ने र खुद्रा बजारमा आवश्यक पर्ने बित्तिकै यहाँबाट बिक्री गर्दा अभाव हुदैन र मुल्य पनि बृद्धि हुदैन । जसबाट किसानसँगै आमउपभोक्ताले पनि राहत पाउछ । कोल्ड स्टोरको अभावमा अहिले बिक्री हुन नसकेको फलफुल तथा कृर्षिजन्य वस्तुहरु कुहिएर नष्ट भइरहेको छ । ‘त्यसैले थोक बजारमा कोल्ड स्टोर अतिआवश्यक हुन्छ’–उनले भने ।
बजारस्थलका अनुसार ६ घरपरिवारलाई ०५२ सालतिर तत्कालीन मेयर ध्यानबहादुर राईको पालामा नगरपालिकाले नै अर्को विकल्प व्यवस्था नभएसम्मको लागि भन्दै त्यहाँ बस्न दिएको थियो । दुई दशक बित्न लाग्दा पनि नगरपालिकाले अर्को व्यवस्था गरेर स्थानान्तरण नगर्दा समस्या जटिल बन्दै गएको बजार सञ्चालक समितिका अध्यक्ष काजी गिरीको भनाई छ । पक्की भवन निर्माण गर्दा नगरपालिकालाई रोक्न पत्राचार गरेपनि चासो नदिएको उनले गुनासो गरे । ‘कोल्ड स्टोर बन्न पायो भने किसानलाई धेरै लाभ मिल्छ, बिक्री नभएको उत्पादन स्टोर गरे पनि कुहिएर खेर जाने डर हुदैन, अफ सिजनमा पनि अभाव हुदैन’–अध्यक्ष गिरीले भने–‘कृर्षि क्षेत्रको क्षमता बढाउन, प्रर्वद्धन तथा विकास गर्ने हो भने यो घरपरिवारलाई व्यवस्थित गर्न नगरपालिकाले तत्काल पहल गर्नुपर्छ, नत्र ठुलो आयोजनाहरु गुम्छ ।’ त्यहाँ कोल्ड स्टोरसँगै व्यवस्थित पार्किङस्थल पनि बनाउने योजना छ ।
तत्कालीन मेयर राई कम्पाउण्डवाल लगाउनुअघि नै बसोबास भइसकेकोले विकल्प दिएर मात्रै उठाउने सोच बनाएपनि कार्यान्वयनमा ढिलाई हुँदा समस्या भएको बताउछन् । नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडा समग्र सुकुम्बासीको समस्या रहेकोले त्यहाँका घरपरिवारलाई मात्रै तत्काल स्थानान्तरणको पहल गर्न सकिने बताउछन् । अहिले जनप्रतिनिधिविहिन अवस्थामा राजनीतिक मुद्दा बन्ने भएकोले नगरपालिकाले सहजीकारणको भुमिका मात्रै निर्वाह गर्न सक्ने उनले बताए । यी छ घरपरिवारको बिषयमा नेपाल बसोबास बस्ती संरक्षण समाज, कृर्षि उपज र नगरपालिकाबीच त्रिपक्षीय छलफल भएपनि ठोस निष्कर्षमा भने पुग्न सकेको छैन । समाजका पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष कुमार कार्की ऐलानी जग्गामा बसेका ६ घरपरिवारलाई अर्को विकल्पको व्यवस्था नभएसम्म बस्न दिने निर्णय भएकोले जर्बजस्ती हटाउन नमिल्ने बताउछन् । ‘त्यो कृर्षिको जग्गा पनि होइन, ऐलानी हो । तर इच्छाएको विकल्प, घरको क्षतिपूर्ति दिने हो भने स्थानान्तरण हुनसक्छ’–कार्कीले भने । बजारस्थलका व्यवस्थापक भटराई पनि नगरपालिकाले स्थानान्तरणको पहल गरेमा बजारस्थलले आर्थिक, भौतिक सहयोग गर्न तयार रहेको बताउछन् ।
छ घरमध्येकी एक सन्सरी राई आफुहरु कृर्षि उपजको जग्गा खरीद हुनभन्दा अघि नै ०४९ सालदेखि त्यहाँ बसोबास गरेको दाबी गर्छिन् । राम्रो ठाउँमा विकल्पमा जग्गा दिएर घरको क्षतिपूर्ति दिएमा आफुहरु छोड्न तयार रहेको उनी बताउछिन् । अर्का, मदन राई चाहि अमिन ल्याएर कृर्षि बजारको जग्गा छुट्याइसके पनि जर्बजस्ती उठाउन खोजेको आरोप लगाउछन् ।

Comments
Post a Comment