चतरामा दोस्रो बराह गोल्डकपको तयारी


धरान । सुनसरीको बराहक्षेत्र गाविसमा दोस्रो बराह गोल्डकप ०७१ को तयारी शुरु भएको छ । बराहक्षेत्र खेलकुद विकास समितिको आयोजनामा असोज ७ गतेदेखि १४ गतेसम्म बराह गोल्डकपको दोस्रो सँस्करणको तयारी भएको हो । समितिले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ८ वटा टिमले सहभागीता जनाउने जानकारी दिएको छ ।
प्रतियोगिताको टाइसिटसमेत तयारी भइसकेको आयोजकले जनायो । प्रतियोगिता आदर्श उच्चमाविको खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा धनकुटा फुटबल क्लब, धरान फुटबल क्लब, झापा फुटबल क्लब, सशस्त्र प्रहरी वल दमक, बराहक्षेत्र फुटबल क्लब, पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, न्यु स्टार फुटबल क्लब भरौल र गाईघाट फुटबल क्लब उदयपुरले सहभागी हुने आयोजक समितिका उपाध्यक्ष सुनिल मगरले बताए । ‘उद्घाटन खेलमामा धरान फुटबल क्लब र पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानीबीच हुनेछ, प्रतियोगिताको फाइनल असोज १४ गते हुन्छ’–उपाध्यक्ष मगरले भने ।

आयोजकका अनुसार गोल्डकपको प्रचार एवं प्रर्वद्धन गर्ने उद्देश्यले असोज ६ गते बिहान पत्रकारहरुको मिडिया स्पोर्टिङ क्लब र आयोजकबीच मैत्रीपुर्ण खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद ८१ ह्जार र ट्रफी हात पार्नेछ भने उपविजेताले ५१ ह्जारसहित ट्रफी पाउनेछ । पहिलो सँस्करणमा भने पुरस्कार राशी विजेता र उपविजेतालाई क्रमशः ५१ ह्जार र ३१ ह्जार रुपैया थियो । यसैगरी, प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद २ हजार दिइने आयोजक समितिका अध्यक्ष दिनेश भटराईले बताए । यस्तै, उच्च गोलकर्ता, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपरलाई पनि जनही २ हजार नगद र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ३ हजार प्रदान गरिने उनले जानकारी दिए ।
प्रतियोगितामा कुल १३ लाख ६० हजार रुपैया आय व्याय हुने अनुमान गरिएको आयोजकले जनाएको छ । टिकट बिक्री, विभिन्न संघसंस्थाबाट आर्थिक सहयोग, बराहक्षेत्र गाविस र विदेशमा रहेका स्थानीयबासीहरुबाट हुने आर्थिक सहयोगले प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ । पहिलो सँस्करणमा कुल ८ लाख ८४ हजार १ सय ३३ रुपैया खर्च भएकोमा आयोजकलाई २ लाख ५० हजार ४ सय ४६ रुपैया घाटा लागेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा ६० देखि ७५ हजारसम्म दर्शकले प्रत्यक्ष खेल हेर्ने आयोजकको अपेक्षा छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे