कलेजमा प्रहरीको लागुऔषधविरुद्ध अभियान


धरान  । प्रहरीको काम समाजमा अपराध नियन्त्रण एवं शान्ति सुरक्षा कायम गर्नु हो । यसको लागि प्रहरी अहोरात्र खटिएको हुन्छ । तर, धरानमा भने प्रहरीलाई यति काम गरेर मात्रै चैन मिल्दैन । हिजोआज इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सञ्जयसिंह थापा धरानका कलेज एवं उच्चमाविहरुमा पुग्छन् र विद्यार्थीहरुसँग दुई, अढाई घण्टा लामो अन्र्तक्रिया गर्छन् ।
प्रहरीको उद्देश्य हो, किसोर उमेरका विद्यार्थीहरुलाई लागुऔषधको दुव्र्यसनमा फस्नबाट जोगाउनु । धरान लागुऔषध कारोबार हुने पूर्वको एक प्रमुख शहर हो । यहाँ प्रयोगकर्ताहरु पनि अत्यधिक संख्यामा छन् । भर्खर प्लस टु पढ्दै गरेका किसोरहरु धेरै संख्यामा लागुऔषधको दलदलमा फस्ने र तिनै युवाहरु अपराधमा पनि संलग्न हुने गरेको तथ्यांकबाट देखिएपछि यसलाई रोक्न प्रहरीले प्लस टु तथा कलेजहरुमा अभियान चलाएको हो । ‘भर्खर कलेज पढ्न थालेका किसोरहरुलाई लागुऔषध दुव्र्यसनमा फस्नबाट जोगाउने, नखाएकालाई खान नदिने र समाजमा उनीहरुबाट चेतना फैलाउने उद्देश्य हो ।’–अभियानबारे डिएसपी थापाले भने ।

प्रहरीका अनुसार धरानमा हुने अपराधिक घटनामा ८० प्रतिशत कुनै न कुनै नशा एवं लागुऔषधसँ सम्बन्धित हुन्छन् । झै झगडादेखि लुटपाट, हत्याको घटनालाई केलाउदै जादा मादक पदार्थ एवं लागुऔषध सेवनसँग जोडिने डिएसपी थापाले भने । ‘रक्सी पिएर हो हल्ला गर्ने, कुटपिट गर्ने, लागुपदार्थ किन्नको लागि चोरी, लुटपाट हुदै हत्यासम्मको अपराधमा संलग्न हुन्छन्’–उनले भने । गएको साउनमा १९ बर्ष मुनिका १२ जना युवा सार्वजनिक अपराधअन्र्तगत पक्राउ परेका थिए । तिनीहरु सबैले चुरोटमा गाँजा मिसाएर सेवन गर्ने गरेको खुलेको थियो । अपराधको जालो लागुऔषध एवं दुव्र्यसनसम्म जोडिएपछि धरानमा प्रहरीले करिब चार महिना अघिदेखि स्कुल, कलेजमा विद्यार्थीहरुमा चेतना जगाउन लागुऔषध(ड्रग्स) मुक्त शहरः हाम्रो धरान नामको अभियान लिएर पुग्ने गरेको हो । विभिन्न संघसंस्थासँग समन्वय गरेर प्रहरीले समुदायमा पनि यस्तो कार्यक्रम लिएर पुग्ने गरेको छ ।


मंगलबार प्रहरीले धरान १२ स्थित पब्लिक उच्चमाविका कक्षा ११ र १२ का विद्यार्थीहरुमाझ जनेचतनामुलक कार्यक्रम गर्यो । ‘आधा विद्यार्थीले मात्रै पनि हाम्रो कुरा बुझिदिएर घरपरिवार र समाजमा लागुऔषधको विरुद्ध आवाज उठाउन सके भने ठुलो उपलब्धी हो, अहिले त कसैले सुई प्रयोग गरेको वा गोटी खाएको देख्यो भने चुपचाप हिड्ने चलन छ’–डिएसपी थापाले भने–‘यो रोक्ने काम त प्रहरीको मात्रै हो भन्ने धारणा छ, यो धारणा परिवर्तन गर्न खोजिरहेका छौं ।’ प्रहरीले अहिलेसम्म दन्तकाली मावि, नवोदय, माउण्ट हार्मोन, एम्स कलेज, पब्लिक उमाविलगायत शैक्षिक संस्था र विभिन्न वस्तीमा अभियान पुर्याइसकेको छ । उमेरका हिसाबले कक्षा ७ देखि कक्षा १२ मा अध्ययनरत १२ बर्षदेखि २२ बर्षसम्मका विद्यार्थीहरु कुनै न कुनै किसिमको लागुऔषधको तलमा फसेको भेटिएको छ । त्यसैले प्रहरीले यही उमेरलाई लक्षित गरेर अभियान चलाएको जनाएको छ ।


अभियानको क्रममा प्रहरीले विभिन्न घटना, लागुऔषधका डिलरले अपनाउने हथकण्डा, सेवनले हुने क्षति र कानुनी प्रावधानबारे प्रष्ट्याउने गरेको छ । यो उमेर साथी लहैलहैमा चुरोट तान्ने, विस्तारै जाँगा मिसाउने र लागुऔषधको डिलरको हथकण्डामा सजिलै फस्ने, व्यावहारिकताभन्दा भावनामा वहने, समस्यासँग जुध्न नसक्ने हुनाले त्यस उमेरमा उनीहरुलाई मार्गदर्शनको खाचो हुन्छ । तर, विद्यालय एवं कलेजमा लागुऔषधबाट हुने जोखिम र क्षतिबारे जानकारी नदिइने हुदा विद्यार्थीहरु त्यसतर्फ आकर्षित हुने प्रहरीको भनाई छ ।
पब्लिक उमाविका प्राचार्य इन्द्रमोहन झा प्लस टु अध्ययनरत विद्यार्थीहरु गलत बाटोमा हिड्ने जोखिममा भएकोले अभिभावक, शिक्षक सबैले सचेत गराउनु आवश्यक भएको बताउछन् । ‘प्लस टु पढ्ने धेरै विद्यार्थीहरु ड्रेसमा नै चुरोट, वियर पिएको देखिन्छ, यस्तो रोग हाम्रोमा पनि सर्न सक्छ भनेर सचेतना कार्यक्रम गरेका हौं’–प्राचार्य झाले भने–‘बिग्रने उमेर नै ११, १२ पढ्ने विद्यार्थीहरु हो, उनीहरुलाई पहिल्यै सचेत गराउदा आफु पनि जोगिन्छन् र अरुलाई पनि सचेत गराउनसक्छन् ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे