मिस नेवा पूर्वाञ्चल २०१४ आयोजना हुने


धरान । पूर्वाञ्चलमा रहेका प्रतिभासम्पन्न नेवार युवतीहरुलाई अवसर दिने तथा नेवारी सँस्कृति, परम्परालाई थप उजागर गर्ने उद्देश्यले मिस नेवा पूर्वाञ्चल २०१४ को आयोजना हुने भएको छ । वि फर चेञ्ज नामको संस्थाले धरानमा रहेको सबै नेवार संस्थाहरुको सहयोगमा मंसिर २० गते योमरीः पुन्हीको दिन ग्राण्ड फिनाले आयोजना गर्न लागेको जानकारी दिएको छ ।
आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर प्रतिभासँगै सँस्कृति, भेषभुषा तथा परम्पराको प्रर्वद्धन एवं प्रर्दशन गर्न मिस नेवा आयोजना गर्न लागेको प्रष्ट्याएको छ । कार्यक्रमका संयोजक सुर्वण पलिखेले सुन्दरी प्रतियोगितालाई मात्रै फेशन, ल्यामरसँग जोडेर नकरात्मकरुपमा लिने गरिएपनि मिस नेवा अन्यभन्द फरक कार्यक्रम हुने दाबी गरे । ‘नेवारी भेषभुषा,सँस्कृतिलाई आधुनिकतामा ढालेर प्रस्तुती हुनेछ, फेशनका हरेक गतिविधि पनि नेवारी सँस्कृतिसँग जोडिइनेछ’–उनले भने–‘यसले युवा पुस्तालार्ई सँस्कृतिप्रति आकर्षित गर्नेछ ।’

आयोजकका अनुसार प्रतियोगिताको अडिशन असोज २५ गतेदेखि ३१ गतेसम्म विभिन्न स्थानमा सञ्चालन हुनेछ । पूर्वका इलाम, दमक, धनकुटा, गाईघाट, विराटनगर, धरान र काठमाण्डौंमा पनि अडिशन हुनेछ । पूर्वाञ्चलका जिल्लाहरुबाट संसारभरि छरिएका नेवारी युवतीहरुले सहभागी हुन पाउने प्रतियोगिताका क्रिएटिभ डाइरेक्टर राजेन्द्र रिमालले जानकारी दिए । उनका अनुसार सहभागीको न्युनतम उचाई ५.२ फिट अग्लो र उमेर १८ बर्षदेखि २३ बर्षसम्म हुनुपर्नेछ । ‘प्रतियोगितामा वालिगले सहभागी हुन सकोस भनेर उमेरको हद तोकेका हौं, फाइनलमा बढीमा २५ जना युवतीहरु छनौट गर्ने योजना छ’–रिमालले भने ।
प्रायोजकको टुंगो नलागेको कारण विजेताहरुलाई के पुरस्कार दिने भनेर पछि नै निर्णय गरिने आयोजकले जनाएको छ । सहभागीहरुलाई सकेसम्म न्युनतम शुल्क लिइने र आर्थिक अभावकै कारण प्रतिभा प्रस्तुतीबाट बञ्चित हुने अवस्था सृर्जना नहुने पनि आयोजकको भनाई छ । नेवाः देय दबुका नगर अध्यक्ष अनिल मास्केले प्रतियोगिताले व्यक्तित्व विकासमा टेवा पुर्याउने आशा व्यक्त गर्दै सँस्कृति, भेषभुषासँगै प्रतियोगीहरुलाई भाषिक पक्षमा पनि जोड दिन आग्रह गरे । ‘भाषा,सँस्कृति अनुकरण गर्नुपर्छ भन्ने भावना सहभागीहरुमा जागोस्, उनीहरुलाई भाषिक कुरामा पनि जोड दिनुपर्छ’–उनले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे