लाखे नाच प्रतियोगितामा इन्द्रपुर प्रथम
धरान । ढोल, झ्याम्टाको तालमा रौद्ररुपमा नाच्दै हिड्ने नेवारी सँस्कृति लाखे नाच कृष्ण जन्मअष्टमीपछि रोकिएको थियो । अब अर्को बर्षमा मात्रै लाखे नाच देख्न पाइने अनुमान विपरीत शनिबार धरान फेरि लाखे नाचले तातियो ।
नेवा देय् दबु नगर समितिले भानुचौकमा आयोजित नेवा साँस्कृतिक प्रर्दशन तथा पूर्वाञ्चलव्यापी लाखे प्रतियोगितामा धरानबाट मात्रै होइन, पूर्वका विभिन्न १३ जिल्लाबाट नेवार समुदायले लाखे नाच प्रर्दशन गरेका थिए । ती जिल्लाबाट २४ वटा समुहले विभिन्न भाव एवं शैलीमा लाखे नाच प्रस्तुत गर्यो । औपचारिक नाच शुरु हुनुअघि धरानमा वृहत र्याली निकालिएको थियो ।

नेवा सँस्कृतिमा लाखे नाच लोकप्रिय मानिन्छ । नयाँ पुस्तालाई सँस्कृतिप्रति आकर्षित गर्न तथा धरानलाई साँस्कृतिक शहरकोरुपमा पहिचान दिलाउन कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष अनिल मास्केले बताए । ‘यही कार्यक्रमको अवसरमा पूर्वमा नेवार सँस्कृतिमा के कस्तो विविधता छ भन्ने पनि थाह भयो, सँस्कृति संरक्षणमा युवा पिढीलाई आर्कषित गर्न पनि यो कार्यक्रमले टेवा पुर्याउछ’–अध्यक्ष मास्केले भने ।

Comments
Post a Comment