चलचित्र निशानीबाट नायिका विष्णु उत्साहित


धरान । चलचित्र ‘निशानी’की नायिका विष्णु चेम्जोङ्ग सोमबार धरानको गणेश टाकिजमा भेटिदा उत्साहित थिइन् । चलचित्र रिलिज भएपछि दर्शकहरुबाट प्राप्त प्रतिक्रियाले उनलाई उत्साह दिलाएको रहेछ । ‘फिल्मबारे सकरात्मक प्रतिक्रिया पाइराखेको छुँ, फिल्म हलमा जुनकिसिमले चलेको छ, त्यसले पनि सन्तुष्टी नै छ’–नागरिकसँग प्रतिक्रिया दिदै उनले भनिन् ।
सन् १९९९ को भारत–पाकिस्तानबीच कार्गिलमा युद्धमा आधारित बनेको चलचित्र निशानी गएको शुक्रबार रिलिज भएको हो । यो फिल्ममा नायिका चेम्जोङ्गको मुख्य भुमिका छ । फिल्मको हरेक पात्र एवं चरित्र उनकै सेरोफेरोमा छ । ‘फिल्ममा मेरो भुमिका एकदमै महत्वपुर्ण छ, हरेक पात्रको कनेक्सन मसँगै छ, फिल्मको शुरुवात र अन्त्य मबाटै भएकोछ’–आफ्नो भुमिकाबारे उनले भनिन् । नायिका चेम्जोङ्गको खास परि यभ ने गायन क्षेत्रमा छ । उनी सन् २००६ की नेपाल स्टार उपाधि विजेता हुन् । उनले अहिलेसम्म ५ सयको हाराहारीमा गीत गाइसकेकी छिन् भने एक साथ नामको गीति एल्वम पनि बजारमा ल्याइसकेकी छन् । थुप्रै नेपाली चलचित्रमा पनि उनले स्वर दिएकी छिन् ।

गायन मुख्य पेशा भएपनि उनको अभिनयसँगको नाता भने पुरानै हो । यसअघि उनले लिम्बू सँस्कृतिमा आधारित फिल्म ‘चेसुङ’ र लिम्बू भाषाको ‘थोक्ला’मा अभिनय क्षमता प्रर्दशन गरिसकेकी थिइन् । उनकै शब्दमा मुलधारको चलचित्रमा भने निसानी उनको ‘डेब्यु’ फिल्म हो । ‘अभिनय त पहिला पनि गरेकै हुँ, त्यसैले खासै गाह्रो थिएन । तर, कथा बस्तु, चरित्रको हिसाबले पहिलाको भन्दा यो फिल्म धेरै फरक छ’–उनले भनिन् ।
स्वरसँगै रुपले पनि साथ दिएपछि उनलाई फिल्ममा अभिनयको अफर आउन थालेको हो । भविष्यमा पनि राम्रो कथा र चरित्र भएको फिल्ममा अभिनय गर्ने इच्छा प्रकट गरेपनि उनले आफ्नो पहिलो प्राथमिकता भने गायन क्षेत्र नै भएको प्रष्ट्याइन् । ‘राम्रो स्क्रिप्ट र चरित्र लाग्यो भने फिल्म खेल्छु, तर पहिलो प्राथमिकता गायन नै हुनेछ’–गायिका÷नायिका चेम्जोङ्गले भनिन्–‘बाल्यकालदेखि नै म गीत,संगीतमा छु,ँ मलाई यो स्थानमा मेरो गायनका समर्थकहरुले नै पुर्याउनु भएको हो, त्यसैले गायन क्षेत्र कुनै हालतमा पनि छोड्दिन ।’


चलचित्र निशानीमा पनि चेम्जोङ्गले चर्चित गायक एवं नायक प्रशान्त तामाङसँग एउटा युगल गीत पनि गाएकी छिन् । कलाकार एवं फिल्मका प्रस्तुतकर्ता प्रेम सुब्बाका अनुसार निशानीमा चेम्जोङ्गको भुमिका मेरुदण्डकोरुपमा छ । ‘पूर्वपश्चिम सबैतिर फिल्म राम्रो चलेको छ, बुढापाकादेखि बच्चा र प्लस टु पढ्दै गरेकाहरु सबैले नै फिल्म रुचाइदिनुभएको छ’–सुब्बाले भने । विनोद सेरेङले निर्देशन गरेको चलचित्र निशानी कार्गिल युद्धमा गोर्खाली सेनाले देखाएको बहादुरीमा आधारित छ । यसमा इण्डियन आइडल प्रशान्त तामाङ, विष्णु चेम्जोङ्ग, जयनन्द लामा, सिरु विष्ट, किसोर सम्बाहाम्फे, सुरज रानाभाट, कोपिला थापा, प्रेम सुब्बालगायतको अभिनय रहेको छ । सरोज भण्डारी, श्रीमति ललिता धौवडेल निर्माता, किसोर इङ्माली राई सहनिर्माता र प्रेम सुब्बा प्रस्तुतकर्ता रहेको यो फिल्मको छाँयाकन युवराज राई र द्धन्दमा जनक गुरुङ, कोरियोग्राफरमा गोविन्द राई र शिव शर्मा रहेका छन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे